आइजीपी नियुक्ति प्रकरणको सुनुवाई पर्सी

अनलाइन दर्पण 2017-02-19

फाल्गुन ८, २०७३ प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण सम्बन्धि मुद्धामा सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाई मंगलबारसम्मका लागि सरेको छ । अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ता कार्यालय र सरकारले नियुक्त गरेका महानिरिक्षक जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सरेको हो । म्याद तामेली आजै हुने रिट निवेदक ढकालले जानकारी दिनुभयो । न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले दुवै पक्षलाई छलफल लागि पर्सि मंगलबार उपस्थित हुन समेत भनेको छ । यसअघि, सर्वोच्च अदाललते आज तोकिएको सुनुवाईमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर दिने कि नदिने भन्नेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले पुरक निवेदन सहित दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो । तर, पुरक निवेदनका बारेमा विपक्षीलाई जानकारी नभएको भन्दै सर्वोच्चले पेशी सारेको हो ।   
 

Related Post

Advertisement