कोरोनाका कारण यौनकर्मीको बिजोग

अनलाइन दर्पण 2020-04-19
img

कोरोना भाइरसले यतिबेला विश्व नै संकटमा छ । कोरोनाका कारण सम्भवत हरेक क्षेत्र प्रभावित भएको छ । हो, यतिबेला कोरोनाले यौन व्यवसाय पनि ठप्प जस्तै छ । यौन व्यवसायका लागि च्रचित थाइल्याण्डका यौनकर्मीहरु पनि यतिबेला बेरोजगार छन् । कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनाएपछि यौन व्यवसाय संकटमा परेको हो ।

कोरोनाको जोखिमबाट बँच्न त्यहाँँ हिडडुल तथा सबै गतिविधिमा रोक लगाइएको छ । पार्टी र बारहरु बन्द भएका छन् । जसले गर्दा पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ ।

जसले गर्दा ३ लाख जति यौनकर्मीहरुको पेशा खोसिएको छ । शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुरेण्टहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौनकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे, उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको हो ।

थाइल्याण्डमा २ हजार भन्दा धेरै संक्रमित हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ । थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्युड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् ।

त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो । -एजेन्सीको सहयोगमा 

सम्बन्धित समाचार

Advertisement