साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का (झङ्कार) तत्कालीन माओवादी जनयुद्धका लडाकु हुन् । विद्यार्थीको जिल्ला कमिटी, पार्टी जिल्ला कमिटी सदस्य, जनमुक्ति सेनाका सेक्सन कमाण्डर हुदै कम्पनी कमाण्डर (विशाल कुमार स्मृति बृगेट) दोश्रो बटालियन अन्तरगत कम्पनी कमाण्डर बनेका हुन् । उनी १५ वर्षको उमेरदेखि भुमिगत जीवन बिताएका लडाकु हुन् । तत्कालीन माओवादीले युद्धविराम गरेपछि शान्तिपूर्ण राजनीतिमा होमिएका खड्का खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका गरी दश पालिकामध्ये माओवादीको तर्फबाट विजयी हुने एक्ला हुन् । एसएलसीसम्म उतीर्ण खड्का दश पालिकामध्येकै कान्छो (३० वर्षीय) अध्यक्ष हुन् । उनीसँग गरिएको कुराकानी ।
फरक छ । कमाण्डर हुनु भनेको निश्चित गन्तव्यसम्मका लागि हो । त्यसमा फेरि एउटै विचार भएकाहरु यात्रामा हुन्छन् । तर जनप्रतिनिधि हुनु भनेको फरक विचार भएकाहरुसँग पनि हातेमालो गर्नु पर्ने हुन्छ ।
गाँउपालिकालाई समृद्ध बनाउने योजना अन्तरगत पुर्वाधार विकास, आर्थिक विकास र मानवीय संसाधनको विकासमा जोड दिइएको छ । यस अन्तरगत तत्काल गरिवी निवारण, वातावरणमैत्री, भ्रष्टाचारमुक्त, सहभागिता मुलक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइएको छ । साथै आर्थिक विकासको योजना र मानवीय श्रोत परिचालन हुने खालको गुरुयोजना बनाउँने योजना बनाइएको छ । यसले आगामी पाँच वर्षभित्रमा अनुभूति हुने खालको परिवर्तन आउने छ ।
पूर्वाधार अन्तरगत सडक, विद्युत, सिंचाइ, भवन निर्माण लगायतलाई प्राथमिकीकरण गरेर काम थालनी गरिएको छ । उज्यालो साकेला तीनबर्षभित्रमा घोषणा गर्ने, पालिकाले घोषणा गरेका मुख्य सडकलाई तीनवर्षभित्रै स्तरोन्नति गरिसक्ने, चौथो वर्षदेखि कालोपत्रेको थालनी गर्ने, लिंकरोडहरुको स्तरोन्नति थालनी गरिने छ ।
सडक सबै वडामा पुगे पनि बार्हैमास सञ्चालन भएको छैन तर आगामी तीन वर्षभित्र बार्हैैमास सडक सञ्चालनमा आउने गरी स्तरोन्नतिको काम थालनी गरिएको छ । त्यसपछि कालोपत्रे गर्ने योजना बनाइएको छ ।
कृषिमा पाँच वर्षभित्रमा गाउँपालिकालाई पूरै अर्गानिक पालिका बनाउने उद्देश्यले काम थालनी भएको छ । यस अन्तरगत यो वर्षदेखि रासायनिक मल आयातमा कटौती सुरु गरिएको छ । गत वर्ष २२ टन रासायनिक मल आयात गरिएकोमा यो वर्ष १५ टन मात्र आयात गर्ने र आगामी दिनमा क्रमश कटौती गर्दै पाँच वार्षभित्रमा रासायनिक मल रहित पालिका बनाउने तयारीमा छौ । गाउँपालिकालाई रसायनिक रहित बनाउँन प्राङ्गारिक मल उत्पादनको थालनी समेत गरिएको छ । पाँच वर्षभित्रमा प्राङ्गारिक मलले गाउँपालिकामा पुग्ने छ । त्यसपछि साकेला गाउँपालिका पुर्ण अर्गानिक हुने छ । यसका साथै यो पालिकामा पकेट क्षेत्र बनाई एक वडा एक नमूना कृषि उत्पादन केन्द्र बनाउने नीति पारित गरिएको छ । यसको थालनी समेत भइसकेको छ । उत्पादित बस्तुको प्रशोधन तथा बजार व्यवस्थापनका लागि समेत योजना बनाइने छ ।
बनाइएको छ । सामुदायिक विद्यालयहरुको व्यवस्थापन सुधार, प्राविधिक तथा व्यवहारिक पाठ्यक्रम निर्माण गर्ने योजना बनाइएको छ । बाल तथा अपाङ्गमैत्री कक्षाकोठा निर्माण, सौचालय लगायतका पूर्वाधार निर्माण, पुस्तकालय निर्माण लगायतको योजना बनाइएको छ । गुणात्मक परिणामका लागि उत्कृष्टलाई पुुरस्कृत गरिने छ । शिक्षकहरुमा भएका बेथिति अन्त्यका लागि दण्डको समेत व्यवस्था गरिएको छ ।
सवै नागरिकले स्वास्थ्यमा सहज पहुँचका लागि हरेक वडामा स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने छ । प्रदेश तथा सङ्घीय सरकारको नीति अनुसारको आधुनिक उपकरणसहितको स्तरीय अस्पतालको पहल गरिने छ । हरेक नागरिकले अकालमा मर्नु पर्ने वाध्यतालाई न्युनिकरण गरिने छ ।
मध्यपहाडी लोकमार्गलाई आधार मान्दै टेम्के, सेल्मे मपारुङभीर, साप्सुढाप, तावाताल लगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य वनाउँदै गुरुयोजना तयारीको चरणमा छौ । पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको बाटो समात्ने लक्ष्य लिइएको छ । पर्यटन अन्तरगतै कृषि पर्यटनलाई समेत जोड्ने लक्ष्य लिइएको छ ।
गाउँमा युवा जनशक्तिको खाँचो हुदा–हुदै युवा विदेशीने भएकाले उनीहरुको आय आर्जनका लगि गाउँमै उत्पादन मुलक सीपको व्यवस्था गर्ने र उद्यमशीलताको विकास गर्ने योजना बनाइएको छ । विदेशमा कमाउने पैसा भन्दा वढी गाउँमै कमाउँन सक्ने छन् । वैदेशिक रोजगारीले पारिवारिक विखण्डन पनि भइरहेकाले गाउँमै उत्पादन र विकाससँग युवाहरुको सम्बन्ध रहने र पारिवारिक हिसावले पनि सुखी रहने छन् । यसका साथै उक्त जनशक्ति नै गाउँपालिकाको समृद्धि दिलाउने एउटा महत्वपूर्ण पक्ष भएकाले त्यसै अनुसार व्यवस्थापन गरिने छ ।
सडक, विद्युत, सञ्चार लगायतका पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका सामाजिक विकास, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको सभ्य र दक्ष नागरिक बसोबास गर्ने एउटा नमूना गाउँपालिका हुने छ ।