समृद्ध भक्तपुरको निर्माणमा एमालेको ठूलो जिम्मेवारी थपिएको छ : महेश बस्नेत

अनलाइन दर्पण 2017-09-03
img


स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि भक्तपुर जिल्लामा पहिलो पटक ऐतिहासिक रुपमा नेकपा एमालेले जीत हासिल गरेको छ । खासगरी भक्तपुरमा नेकपा एमालेले जसरी विजयी सुनिश्चित गरेको छ । भक्तपुरको निर्माणमा एमालेको कस्तो दायित्व र जिम्मेवारी थपिएको छ त ? भन्ने बिषयमा पूर्व उद्योग मन्त्री एवं नेकपा एमाले प्रदेश नंं ३ का सदस्य महेश बस्नेतसँग गरिएको  विशेष कुराकानीको सारांश: 

  • अहिले लामो समयपछि स्थानीय तहको निर्वाचन भएको छ ? जनप्रतिनिविहीन अवस्थामा रहेको स्थानीय तहले आफ्ना प्रतिनिधिहरु प्राप्त गरेको छ, यसलाई कसरी लिनुभएको छ ?

यो निकै ठूलो उपलब्धी हो । हामीले २० बर्षपछि चुनाव गरायौं । स्थानीय निकायमा १५ बर्षदेखिको जनप्रतिनिधिविहीनको अवस्थालाई अन्त्य ग¥यौं । यस बीचमा कहिले कर्मचारी त कहिले सर्वसदीय सयन्त्रमार्फत स्थानीय निकाय सञ्चालन गर्ने गल्ती दलहरुले जुन गरे । त्यसले जनताको दिनानुदिनको समस्यालाई सम्बोधन गर्न सकेन । यसको साथै लोकतन्त्रको आधार स्तम्भ स्थापित गर्न पनि सकेन । त्यसमा विकास निर्माणका कुरामा निकै अप्ठ्याराहरु देखिएका थिए । त्यसको साथै स्थानीय निकायमा भ्रष्टाचारपनि संस्थागत रुपमै मौलाएको थियो । यस्तो अवस्थामा स्थानीय निर्वाचन हुनु हामीले ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्रलाई संस्थागत गर्नको निम्ति पनि निकै ठूलो उपलब्धी हो । अहिले स्थानीय तह व्यवस्थापकीय, कार्यपालिकीय र न्यायपालिकीय अधिकार दिएर यसलाई शक्ति र श्रोतसम्पन्न निकायका रुपमा विकास गर्न लागिएको छ, त्यसमानेमा पनि स्थानीय तहको निर्वाचन लोकतन्त्रको मेरुदण्डका रुपमा समेत लिनु पर्दछ ।

  • तपाईको आफै विगतमा स्थानीय निकायमा नेतृत्व गरेर आउनुभएको थियो । विगतको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा के फरक छ ?

विगतमा हामीले जति स्थानीय निकायमा काम गर्दा झण्डै ४ हजार गाविस र ५८ वटा नगरपालिका थिए । आज विशेष गरेर ०६२÷६३ को आन्दोलनबाट राजनीतिक उपलब्धी प्राप्त गरेपश्चात राज्य पुनसंरचना गर्न हामी सहमत भयौ । जसमा संघ, प्रदेश र स्थानीय सरकारको परिकल्पना गरियो । स्थानीय सरकारमा पनि संख्याको रुपमा परिमार्जित भयो । अहिले जिल्ला विकास समितिको संरचनाको अन्त्य भइ जिल्लामा समन्वय गर्ने निकाय मात्र रहेकोले जिल्लामा रहेका विभिन्न निकायहरु अब नगरपालिका अन्तर्गत रहने र नगरपालिका र वडा कार्यालयहरु स्थानीय जनताका सामान्य भन्दा सामान्य कुराहरु गर्ने सरकारका रुपमा स्थापित भएको छ । त्यसको साथै सरकारले दिने विकास निर्माणको अनुदान पनि हिजो योजना आयोग वा मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै, मूलतः राज्यका ठूला ठूला योजना बाहेक सबैमा स्थानीय तहबाट गर्न सकिने अवधारणा आएको छ । यसमानेमा स्थानीय तह जनताको सरकार हो, यो शक्ति सम्पन्न पनि छ ।

  • स्थानीय तहमा निर्वाचित भएर आउनुभएका जनप्रतिनिहरु नयाँ प्रयोग गर्दै हुनुहन्छ ? उहाँहरु मानसिक रुपले कत्तिको तयार भएको देख्नुहुन्छ ?

आज जसलाई हामीलाई निर्वाचित गराएर पठाएका छौं । उहाँहरु जनताबाट निर्वाचित भएर आएपश्चात मानसिक रुपमा पनि उत्तिकै तयार हुनुपर्ने अवस्था छ । लोकतन्त्रमा आवधिक निर्वाचनको व्यवस्था गरिएको हुन्छ जहाँ अबको जनप्रतिनिहरु आफू स्थापित हुनको लागि उसले केही न केही नयाँ कुरा गर्नसक्नुपर्दछ । आफ्नो नगरलाई जनताको आवश्यकतासँग जोड्न सक्नुपर्दछ । समृद्धितिर अगाडि बढाउनको निम्ति उ तयार भएर लाग्नुपर्ने अवस्था छ । व्यवस्थित शहर र व्यवस्थित बसोबासमा पनि उसले ध्यान दिनु जरुरी छ । खासगरी वातावरण, कृषि, शिक्षा, स्वास्थ्य जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा अबका जनप्रतिनिधिहरु सक्रिय भएर क्रियाशील हुनु जरुरी छ । जनताले पनि जनप्रतिनिधिहरुसँग धेरै अपेक्षा गरेका छन् । त्यसैले जनप्रतिनिधिहरुले आफ्नो नगर वा गाउँलाई सुहाउँदो विकास निर्माणको योजनासहित अगाडि बढ्नु जरुरी छ । स्थानीय सरकार भनेको जनताले प्रत्यक्ष देख्ने, महसुस गर्ने आत्मसाथ गर्नसक्ने सरकार हो ।

  • अहिले नेकपा एमालेले प्राप्त गरेको निर्वाचन परिमाण अपेक्षित थियो ?

हामीले अपेक्षा गरेको परिणाम यो भन्दा ठूलो थियो । मूलतः हाम्रा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा जुन अडान, उहाँ प्रधानमन्त्री हुँदा भारतसँग जुन राजनीतिक अडान लिनुभयो । भारतसँगको ब्यापारघाटाको विकल्पको रुपमा चीनसँग व्यापार तथा पारवाहन सम्झौता गर्नुभयो र उहाँले समग्र मुलुकको समृद्धिको खाँका तयार गर्नुभयो । त्यसमानेमा एमालेको जुन मत परिणाम आउनुपर्दथ्यो त्यो भने अझैपनि आएन । अहिलेको मतपरिणामको स्वरुप हेर्दा के देखिन्छ भने शहर केन्द्रित नगरपालिकामा एमालेले अगाडि संख्यात्मक रुपमा एमाले प्रति मतदाता आकर्षित देखिन्छन् । मध्यम वर्गमा काँग्रेस र ग्रामीण भेगमा माओवादीको पक्षमा गएकोे देखिन्छ । समग्र जनमतको लहर भने नेकपा एमालेप्रति नै देखिन्छ ।

  • नेकपा एमालेले राष्ट्रियताको सवालमा उठाएका बिषयलाई संस्थागत रुपमा अगाडि बढाउन नसकेको कारण यस्तो परिणाम आएको हो भन्न सकिन्छ ?

पहिलो कुरा त एमालेले उठाएका मुद्धाहरुलाई जनताले आशा गरे विश्वास गरिसकेका छैनन् । एमालेभित्रको जुन खालको गुटबन्दी छ, त्यसलाई जनताले हेरिरहेका छन् । केपी ओली एक्लै नायक भएर मात्रै पुग्दैन, सबैले उहाँलाई साथ दिनुपर्दछ भन्ने मनोविज्ञानले पनि काम गरेको छ । दोश्रो कुरा निर्वाचन भनेको जनताको मनममा रहेको मतलाई सहज ढंगले ब्यालेटमा प्रकट गर्ने वातावरण छ कि छैन भन्ने पनि हो । यो वातावरण २०६४ सालमा निकै कम थियो । २०७० मा आएर ५०–५५ प्रतिशतको हाराहारीमा पुग्यो । आज ७० प्रतिशतमा पु¥याउन सकिएको छ । तर अझैपनि मतदाताहरुलाई खरिद विक्रीबाट प्रभावित गर्न खोजिँदैछ । मतदान प्रक्रियामा जनतालाई जुन भ्रम सिर्जना गर्न खोजिएको छ । त्यसले पनि अहिलेको मत परिणाम निम्त्याएको हो । एमालेले आफ्नो पक्षमा मत खसाल्न सकेन । त्यसको साथै काँग्रेस र माओवादी गठबन्धन सरकारले जनताका सामु जे–जे खालका अपाच्य काम ग¥यो । उदाहरणका लागि जस्तो एनसेलको ३३ अर्बभन्दा बढी राजश्व घोटाला ग¥यो । त्यसलाई एमालेले प्रचार गर्न सकेन । विभिन्न विसंगति, विकृतिका विरुद्ध पनि एमालेले जनताका बीचमा लान सकेन ।

  • जसको कारणले अपेक्षा अनुसार परिणाम आएन भन्ने नै हो ?

हो हामीले सोचेको यो भन्दा धेरै थियो । अब पहिला संसदीय निर्वाचन भएको भए सायद यो परिणाम फरक आउथ्यो । माथिल्लो निकायमा काँग्रेसले गल्ती गरेको भएपनि स्थानीय तहमा संगठित भएको अवस्था थियो । स्थानीय तहमा पार्टी भन्दा पनि व्यक्ति हेरेर मत हाल्ने अवस्था आएकोले काँग्रेसले सोचे भन्दा राम्रो परिणाम ल्याएको हो ।

  • तपाईको गृह जिल्ला भक्तपुरमा नेकपा एमाले ऐतिहासिक रुपमा सफलता हासिल ग¥यो । त्यसको कारण के थियो ?

भक्तपुरमा नेकपा एमाले ५ बर्ष अगाडि सम्म पनि कमजोर संगठनिक स्वरुपमा थियो । नेकपा एमालेले चुनाव जित्छ भन्दा मान्छे हास्ने गर्दथे । भक्तपुरको मतदाताहरुमा काँग्रेसको विकल्प मजदूर किसान पार्टी र मजदूर किसान पार्टीको विकल्प काँग्रेस थियो । त्यसबेला ५ पटकमा २ पटक नेमकिपाले जित्यो भने ३ पटक काँग्रेसले जित्यो । जब मैले दोश्रो संविधान सभामा निर्वाचनमा भक्तपुरमा २ नं. क्षेत्रमा उम्मेदवारी दिएँ । मैले के सोचेँ भने, म जन्मेको ठाउँमा केही गर्नपर्दछ भनेर सक्रिय भएर लागेँ । भूकम्पको बेला जुन राहत र सहयोग कार्यक्रममा हाम्रो प्रत्यक्ष सहभागिता रह्यो । २१ सय भन्दा बढी घर टहराहरु बनायौं । विभिन्न संघसंस्थाहरुको सहयोगमा ६ करोड भन्दा बढीको सहयोग हामीले जुटाउन सफल भयौं । विगतमा विशेष गरेर मजदूर किसान पार्टीले संसदीय व्यवस्थालाई प्रयोग मात्र ग¥यो जहिलेपनि भक्तपुर सिंहदवारसँग टाढा हुन पुग्यो । म मन्त्री भएको बेला सिहदरवारसँगको सम्बन्ध जोड्ने काम गरेँ । भौतिक विकास र संरचनाको निम्ति राष्ट्रिय गौरवका विभिन्न बिषय ग्रामीण क्षेत्रका गाउँपालिकाहरुमा पु¥याउने काम गरेँ । त्यतिमात्र होइन, ३८ वटा विभिन्न सडक निर्माण गर्न सफल भयौं । यसले जनताको मनमा के प¥यो भने, चुनाव जितेको पार्टी सुनसान भएर बसिरहेका बेला चुनाव हारेको पार्टी र नेताहरु दुःखमा साथ दिन आइपुगेँ । एक खालको सहानुभूति पनि प्रकट भयो । यो अवधिमा ३ बर्ष मैले भक्तपुरमा मैले जुन मिहिनेत गरेँ । यो परिणाम आउने सहजै थियौ । तर, अरुले हेर्दा नसोचेको परिणाम आयो भन्नेहरु पनि छन् । जनताको निरन्तर सेवा गरेका कारण नै भक्तपुर जिल्लाको ४ वटा नगरपालिका मध्ये ३ वटा नगरपालिकामा अहिले एमालेले जितेको छ । यो स्वभाविकै थियो ।

  • ऐतिहासिक जितसँगै पार्टीको जिम्मेवारी पनि थपिएको छ । यसलाई कसरी संस्थागत रुपमा अगाडि बढाउने योजना छ ?

यसपालीको निर्वाचनबाट म माथि लागेका दुईवटा भ्रमहरु चिर्न सफल भएको छु । यसअघि महेश बस्नेत राजनीतिक मान्छे होइन कि ? युथफोर्सहरुको नेतृत्व गरेका कारण वा नेताहरुको पछि लागेर पो मन्त्री भयो कि ? महेश बस्नेतको कुनै पनि जनाधार छैन भन्ने भ्रमलाई पनि चिर्ने काम गरेँ । मेले के कुरा पुष्टी गरेँ । महेश बस्नेतको भक्तपुरभित्र जनाधार छ । आज मेरो व्यक्तिगत रुपमा सही मूल्यांकन भएको छ भन्ने लाग्दछ । अहिलेको निर्वाचन परिणाम पश्चात भक्तपुर निर्माणमा एमालेको निकै ठूलो दायित्व थपिएको छ । अब सिहदबारसँग भक्तपुरको टुटेको सम्बन्धलाई एमालेले जोड्छ । स्थानीय निकाय नभएको आडमा भएको भ्रष्टाचार एमालेले रोक्छ । एमालेले सुशासन दिन्छ । विकासका बजेटहरुलाई जनअपेक्षा अनुसार खर्च गर्नेछ । स्थानीय श्रोत र साधनको व्यापक प्रयोग गर्नेछ । जनसहभागिता र साझेदारीको अवधारणालाई ल्याउनेछ । एमालेले सञ्चालन गर्ने तीन वटा नगरपालिकालाई नमूना नगर बनाउनेछ । जनताले जुन अपेक्षा र भरोसाका साथ एमालेलाई जिताएका छन् । त्यसलाई शिरोधार्य गरेर सदैव जनताको मन जित्ने कार्यलाई अगाडि बढाउनेछ ।

 अनन्त संदेश साप्ताहिकबाट 

सम्बन्धित समाचार

Advertisement