दोलखालाई शिक्षा, स्वास्थ्य र जलस्रोतको हव बनाउन सकिन्छ

अनलाइन दर्पण 2017-12-12
img

एमाले केन्द्रीय सदस्य पार्वत गुरुङ वाम गठबन्धनको तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य रहनु भएका गुरुङ ०७० को संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नं.१ बाट विजयी हुनुभएको थियो । 

राजनीतिका चतुर खेलाडी मानिने गुरुङ समन्वयकारी नेताको रुपमा परिचित हुनुहुन्छ । तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको दोलखा भ्रमण क्रममा एमाले अध्यक्षको हैसियतले उहाँले पार्टी कार्यालयमा लगेर भव्य स्वागत गर्नुभएको थियो ।  असल राजनीतिक चरित्र प्रदर्शन गरेको भन्दै त्यसबेला उनी  सबैमा  प्रशंसीत हुनुभएको थियो । लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको दोलखा भ्रमणको क्रममा नेपाली कांग्रेसले उनकै नीति अवलम्बन गर्दै ओलीलाई भव्य स्वागत गरेको थियो । 

प्रतिनिधि सभा सदस्यका लागि एमाले दोलखाका सशक्त दावेदार पशुपति चौलागाई र आनन्दप्रसाद पोखरेललाई उछिनेर उम्मेदवार बनेका उहाँलाई पार्टीभित्र शक्तिशाली नेताको रुपमा हेर्न थालिएको छ । एमालेभित्र पशुपति चौलागाई र आनन्दप्रसाद पोखरेल बीच बेला–बेलामा राजनीतिक विवाद हुँद मध्यस्तता गर्नुहुने उहाँले एमालेबाट जननजाति नेताहरुले विद्रोह गर्दा कडा ढंगले प्रतिवाद गर्नुभएको थियो । जनजाति नेता कार्याकर्तालाई एमालेमै राख्न उहाँले त्यसबेला उल्लेख्य भूमिका खेल्नु भएको थियो । 

प्रतिनिधि सभा निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खड्कासँग उहाँको विशेष सम्बन्ध रहेको चर्चा हुने गरेको छ । खड्का कांग्रेस सभापतिमा उठ्दा उहाँले सघाएको र उहाँ एमाले अध्यक्ष उठ्नुहुँदा खड्काले सघाएको चर्चा समेत हुने गरेको छ । यो निर्वाचनमा पनि एक–अर्काप्रति  व्यक्तिगत रुपमा आलोचना नगर्ने सहमति भएको निकटतमको भनाई छ । 

दोलखामा विगतमा एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिनिस्पर्धा थियो । अहिले एकताबद्ध भएर अगाडि बढ्ने अवस्था आयो । स्थिति कस्तो देख्नुभएको छ ? 

एमाले र माओवादी केन्द्रबीचको यो गठबन्धन निर्वाचनका लागि मात्र बनाइएको हैन । मुलुकमा एउटा मात्र कम्युनिस्ट पार्टी बनाउन सुरु गएिको अभ्यासको एउटा रुप हो । त्यसैले यसमा एमाले र माओवादी केन्द्र दुवै पार्टीका नेता कार्यकर्ता इमान्दार भएको पाइएको छ । 

१० वर्षे द्वन्द्वदेखि नै दोलखामा एमाले र माओवादी कार्यकर्ताबीच राजनीनिक समस्या रहँदै आएको छ । स्थानीय तहको निर्वाचनमा पनि दुई पार्टीको लडाइकै कारण एक युवाले ज्यान गुमाउनु प¥यो । यस्तो अवस्थामा दुई पार्टीबीच कसरी सहमति हुन सक्छ ?

स्थानीय निर्वाचनको क्रममा दोखलाको जुँगुमा एमाले कार्यकर्ताको हत्या भयो । स्थिति एकाएक असहज बन्यो । घटना अहिले अदालत पुगेको छ । यस बिषयमा  बोल्नु उपयुक्त नहोला । तर, अहिले घटनाका पीडक र पीडित दुवै परिवारले कानुनी फैसला मान्ने सहमति भएको छ । साथै कम्युनिस्ट एकता र दोलखाको समृद्धिका लागि गठबन्धनका उम्मेदवार जिताउन सक्रियताका साथ हातेमालो गर्ने पनि सहमति भएको छ ।  

जहाँसम्म १० वर्षे जयनयुद्ध ताका एमाले र माओवादीबीच सम्बन्धका बिषय छन् । त्यसमा एमालेले त्यतिबेलै प्रतिवाद गरेको हो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेले नै मुख्य भूमिका खेल्यो  । त्यसैले त्यो विषयलाई अव जोगिराख्नु आवश्यक छैन । इतिहाससम्म पुग्दा नेपालमा पहिले एउटै कम्युनिस्ट पार्टी थियो । पछि अनेक नाममा पार्टी खुले । अहिले एमाले र माओवादी केन्द्रले इतिहासको त्यही बिरासत अनुसरण गर्दै एउटै पार्टी बनाउने अभियान सुरु गरेको छ । यो बेला अन्य कुरामा अल्झिनु आवश्यक छैन । कम्युनिस्ट पार्टीबीच एकता, मुलुकको समृद्धि र विकास अहिलेको आवश्यकता हो । 

दोलखाको विकासका लागि तपाईको प्राथमिकता र एजेण्डा के–के हुन् ? 

पर्यटन बिकास पहिलो एजेण्डा हो । किनकी दोलखालाई शिक्षा, स्वास्थ्य र जलस्रोतको हव बनाउन सकिन्छ । चरिकोटमा माउण्डेट प्लाईटको लागि एयरपोर्ट बनाउन सकिन्छ । कृषिलाई आधुनिकीकरण गर्न सकिन्छ । यसको अग्र्रानिक उत्पादनमा जोड दिनु सकिन्छ । नेपाल–चीन–भारतबीच व्यापारीक मार्गका लागि उत्तरदक्षिण सडक निर्माण गर्न सकिन्छ । मेरो प्रथमिकतामा यीनै बिषय परेका छनु । जसले दोलखा बदल्ने हैसित राख्छ ।

तपाईंले गुण्डागर्दीलाई प्राथमिकता दिएको आरोप छ नी ? 

म सधैं शान्ति, स्थिरता र विकास चाहने मान्छे हुँ । कसले के लेख्छ, के भन्छ  ठूलो बिषय भएन । म नीति र सिद्धान्त विश्वास गर्छु । मेरो लक्ष्य भनेको शान्ति, स्थिरता र विकास नै हो । मैले गुण्डागर्दीलाई प्राथमिकता दिएको भन्दै कांग्रेसका जसले अरोप लगाए, उनीहरुले नै त्यसको खण्डन गरेका छनु । यसमा धेरै बोल्नु मैले आबश्यकै ठान्दिन । 

सम्बन्धित समाचार

Advertisement