एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईं एमाले दोलखाका संस्थापक नेता हुन् । चौलागाईं एमाले दोलखाको जिल्ला कमिटी सदस्य, सचिव, केन्द्रीय सदस्य हुँदै अहिले पार्टीको पोलिटव्यूरो सदस्य छन् । एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय अध्यक्ष समेत भएका चौलागाईं दोलखाबाट दुईपटक सांसद भइसकेका छन् ।
दोलखामा विगतदेखि नै एमालेको बर्चश्व रहँदै आएको र माओवादी केन्द्रको समेत साथ रहेकाले चौलागाईंलाई जितको लागि धेरै मेहेनत गर्नुपर्ने देखिएको छैन ।सालिन र सरल व्यक्तित्वका धनी चौलागाईंलाई विपक्षी राजनीतिक दलका नेता कार्यकर्ताले समेत रुचाउने भएकाले पनि उनलाई निर्वाचन जित्न सहज हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
यो पटकको निर्वाचनमा दोलखाबाट प्रतिनिधिसभाको लागि उम्मेदवार बन्ने चर्चा भए पनि अन्तिम समयमा उनी दाेलखा क्षेत्र नं.२ मा वाम गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । प्रदेश सभामा उनको उम्मेद्वारीलाई तीन नं. प्रदेशको भावि मुख्य मन्त्रीको रुपमा हेरिने गरिएको छ । तर तीन नं. प्रदेशमा काठमाडौंबाट एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, धादिङबाट पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे, सिन्धुपाल्चोकबाट पालिटव्यूरो सदस्य अरुण नेपाल समेत प्रदेश सभा सदस्यको उम्मेदवार रहेकाले चौलागाईंलाई मुख्य मन्त्रीको लागि भने निक्कै मेहेनत गर्नुपर्ने देखिन्छ ।
प्रस्तुत छ, निर्वाचन प्रचारको लागि दोलखाको ग्रामीण क्षेत्रमा व्यस्त रहेका उनै चौलागाईंसँग गरिएको निर्वाचन केन्द्रीत कुराकानी ।
तपाईं प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्थ्यो । अन्तिम समयमा प्रदेश सभाको उम्मेदवार बन्नु भयो । के यो मुख्य मन्त्रीको लागि हो ?
म पार्टीको इमान्दार कार्यकर्ता हुँ । त्यसैले पार्टीले जुन ठाउँमा पठाउँछ । त्यहाँ जानै पर्छ । कतिपय अवस्थामा आफ्नो चाहना भन्दा फरक निर्णय भए पनि त्यसलाई आत्मसाथ गर्नै पर्छ । म पार्टीले निर्णय गरेकैले प्रदेश सभामा उम्मेदवार बनेको हुँ । जहाँसम्म मुख्य मन्त्रीको कुरा छ । त्यो पनि पार्टीको निर्णयमा निर्भर रहन्छ । मैले मुख्यमन्त्री बन्छु या बन्दिन भनेर हुँदैन । तर एउटा कुरा के चाहिँ के हो भने म मुख्य मन्त्रीको लागि योग्य भने पक्कै छु ।
तपाईं आफ्नो जितमा चाहिँ कत्तिको विश्वस्त हुनुहुछ ?
दोलखा एमालेको किल्ला हो । दोलखाको हरेक निर्वाचनमा एमाले विजयी भएको छ । केही निर्वाचनमा प्राविधिक कारणले एमाले पारजित बनेको भए पनि जनमत सधै एमाललेकै पक्षमा छ । त्यसमा पनि अहिले जिल्लामा तेस्रो शक्तिको रुपमा रहको माओवादी केन्द्रको समेत सहभागितामा वम गठबन्धन बनेकोले जितकोे लागि समस्या छ जस्तो लाग्दैन । फेरि व्यक्तिगत रुपम पनि मैले कसैलाई नराम्रो नगरेकोले एमाले मात्र नभई अन्य पार्टीका नेता कार्यकर्ताले समेत मलाई सहयोग गर्ने विश्वास लिएको छु । त्यसैले पनि जितको लागि समस्या छ जस्तो लाग्दैन ।
तपाईंको पार्टीकै नेता लालकुमार केसी अहिले मालेको तर्फबाट प्रतिस्पर्धी भएका छन् । यसले समस्या पार्दैन ?
उहाँ व्यक्तिगत रुपमा मेरो आदरणीय हुनुहुन्छ । दोलखामा एमाले निर्माणको लागि उहाँको योगदान छ । तर पार्टीको निर्णयको अवज्ञा गर्दै अर्को पार्टीबाट उम्मेदवार बनेपछि एमालेमा उहाँको कुनै स्थान छैन । उहाँलाई लालकुमार केही बनाउने एमाले हो । एमाले छोडेपछि उहाँलाई एमालेका नेता, कार्यकर्ता र समर्थकले सहयोग गर्ने कुरै हुँदैन । त्यसैले उहाँको उम्मेद वगारीले मलाई कुनै असर गर्दैन ।
दोलखाको विकासको लागि तपाईंको योजना चाहिँ के छ ?
दोलखालाई समृद्ध बनाउन पहिलो प्राथमिकता जिल्लालाई जलस्रोतको हवको रुपमा विकास गर्ने कुरार्ला राख्नुपर्छ । माथिल्लो तामाकोसी आयोजना, खिम्ती आयोजना लगायत केही साना आयोजनाहरु सञ्चालनमा रहेको र तामाकोशी–३, ठोस खिम्ती ५ सय मेगावाट विद्य ुत आयोजना सञ्चालन गर्न सकियो भने दोलखा जलस्रोतको हव बन्ने र यसले ३ नम्बर प्रदेश तथा देशकै विकासको लागि समेत महत्वपूर्ण टेवा पु¥याउन सक्छ । त्यसको अलवा समृद्ध दोलखा निर्माणको लागि फिल्मशिटी निर्माण, साइन्स पार्क निर्माण, उत्तर चीन र दक्षिण भारत जोड्ने सडक निर्माण, जडीबुटी खेती जस्ता कुरालाई प्राथमिकता दिनुपर्छ ।