बि.स २०२३ साल माघ २ गते पिता गुणप्रसाद फुयाल र माता गुणप्रभावको पाँच सन्तान मध्ये तेस्रोको सन्तानको रुपमा काठमाडौको मूलपानीमा जन्मिनु भएका मणिराम फुयाल पंचायतकालदेखि वाम राजनीतिमा सक्रिय हुुनुहुन्छ . २०४० सालमा अनेरास्ववियुबाट राजनितिमा सक्रिय हुन भएको हो । उहाँले स्ववियु सदस्यदेखि पार्टीको गाउँ कमिटी सचिव, इलाका सदस्य हुँदै सचिव र जिल्ला कमिटी सदस्य तथा काठमाडौ क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी बहन गर्दै आइरहनु भएको छ ।.
व्यवस्थापन तथा शिक्षा संकायमा स्नातक साथै शिक्षा संकायमा स्नाकोत्तर समेत गर्नुभएका फुयाल लामो समय शिक्षण पेशामा कियाशील हुनु हुनुहुन्थ्यो । उहाँ मूलपानी स्थित नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको कुशल प्राचार्यको रुपमा परिचित हुुनुहुन्छ । प्राचार्यको जिम्मेवारी समालेपछि विद्यालयले शैक्षिक स्तरमा फड्को मारेको छ । नेपाल राष्ट्रिय निर्माण मा वि लाई गुणस्तरीय बनाउनमा उहाँको उल्लेखनीय योगदान छ । विद्यार्थीकाल देखिनै सक्रिय रुपमा राजनीतिलाई अगाडि बढाउँदै आउनु भएका फुयाल काठमाडौ क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा बाम गठबन्धनको उम्मेवार बन्नु भएको छ । प्रस्तुत छ उहाँसँगको कुराकानी
यहाँ बाम राजनीतिम कसरी प्ररित हुनु भयो ?
बुबाहरु, दुई दाजुभाई हो । मेरो बुवा सरकारी सेवामा हुनुहुन्थ्यो । काका ऋषिराम भने पहिल्यैदेखि बाम राजनीतिमा सक्रिय हुँदै आउनु भएको रहेछ । यो क्षेत्र जननेता मदन भण्डारी र मनमोहन अधिकारीको राजनीतिक कार्यक्षेत्र पनि बन्यो.। काका र क.नाराण ढकालको सरसंगत अनि मदन भण्डारी र मनमोहनको प्रेरणबाट कम्युनिष्ट आन्दोलनमा सरिक हुँदै क्रियाशील भइयो । हाम्रो परिवार पहिल्यैदेखि सामाजिक सेवामा संलग्न छ, त्यस्तै ममा पनि सानैदेखि समाजको लागि केही गर्नुपर्छ भन्ने भावना जागृत भइरहेको थियो । यी यावत कारणले म बाम राजनीतिमा प्ररित भएँ र सक्रिय हुने अवस्था आयो । .
लामो समय शिक्षण पेशाको अनुभवपछि प्रदेशसभा उम्मेदवार बन्नु भएको छ, कस्तो महशुस भइरहेको छ ?
शिक्षण पेशामा रहँदा सेवाको दायरा अलिक साँगुरो थियो भने अहिले जिम्मेवारीको दायरा धेरै फराकिला भएको महशुस गरेको छ’ . यो अवस्थालाई मैले सुनौला अवसरका रुपमा लिएको छु ।
एमालेले २ नम्बर क्षेत्रलाई उपयोग मात्र गर्योे, विकास खास्सै गरेन भन्ने विपक्षीको आरोप नी ?
त्यो अत्यन्त गलत लान्छना हो । तुलनात्मक रुमा हेर्ने हो भने काठमाडौको अन्य क्षेत्र भन्दा यहाँ विकास निर्माणमा धेरै प्रगति भएको छ । विकासको पूर्वाधार भनेकै सडक हो । सडक सुविधा नपु¥याई त्यहाँ अन्य कार्य गर्न कठिन हुन्छ । भौगौलिक हिसाबले विकट मानिएको नालेभारे, लप्सेफेदी लगायतका ठाउँमा पनि सडकको पहँुच पुगेको छ । बाटो नभएको ठाउँमा सडक निर्माण गर्ने कार्य भएको छ । कच्ची सडकहरु आवश्यकता अनुसार ग्राभेल र कालोपत्र हुँदै गएका छन् । . एमालेले यस क्षेत्रमा शिक्षा, खानेपानी, पर्यटन, कृषि र वातावरण लगायत सबैलाई महत्व दिएर अगाडि बढाएको छ । मूलपानी क्रिकेट, साँखु टेक्निकल इस्टिच्ुट र मदन आश्रित प्राविधिक शिक्षा जस्ता ठूला आयोजना भित्¥याउने कार्य कस्ले ग¥यो ? एमालेले । वीर अस्पताललाई मूलपानी पारी दुवाकोटमा सार्ने योजना एमालेनै अगाडि बढाएको हो । मनोहरा करिडोर निर्माण तीब्र गतिमा अगाडि बढिरहेका्े छ । तिवारीटोल–मुलपानी चौर सडक, पेप्सीकोला–ब्रमखेल सडक र नोर्लिङ–बोडे सडक पनि पहिला एमालेकै अगुवाईमा कालोपत्रे गरिएको थियो । अहिले भत्किएको छ , त्यसलाई फेरि कालोपत्रे गर्ने कार्य अगाडि बढिरहेको छ । विगतमा स्थानिय निकायमा जनप्रतिनिधि नहुँदा बासिन्दाका दैनिकीसँग गाँसिएका कार्यहरुमा केही समस्या आएको थियो तर अहिले जनप्रतिनिधि आएपछि ती समस्या निराकरण हुँदै गएका छन् । ऐतिहासिक नगर साँखु २०७२ साल बैशाखको भुकम्पले क्षतविक्षत अवस्थामा पुग्यो । त्यो बेला घइतेको उद्धारदेखि जोखिमयुक्त संरचनालार्ई खतरामुक्त पार्ने कार्यमा हामी निरन्तर लाग्यो । त्यस बेला अन्य पार्टीले, काम गरेजस्तोगरेर फोटो खिचेर मात्र फर्कने गरे । तर एमालले भुकम्पबाट घरवार विहीन भएकाहरुको लागि घर टहरा निमार्णको लागि एक महिने अभियान नै चलायो । एमालेका नेता, कार्यकर्ता र शुभेच्छुक सबै जुटे । त्यो जनताले बुझेकै छन्
प्रचारप्रसार के भैराखेको छ, कसरी गर्दे हुनुहुन्छ ?
पहिलो चरणमा हामीले पार्टीका विभिन्न शाखाका पदाधिकारीहरु तथा कार्यकर्ताहरुसँग छलफल ग¥यौ । हामी एमालेको उम्मेदवार भएको हुनाले माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ताहरुसँग पनि छलपल र सरसल्लाह ग¥यौ । त्यसका साथै क्षेत्र भित्र बसोबास गर्ने विभिन्न पेशामा आवद्ध बुद्धिजीविहरुसँग पनि छलफल र सल्लाह ग¥यौ । अब गठबन्धनको ऐजेण्डा मतदातासम्म पु¥याउने योजनामा छौ । त्यसका्े लागि घरदैलो सुरु गर्ने तयारी भइररहेको छ ।
यहाँले जित्ने आधार के छ ?
राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका, राष्ट्रिय स्वामान र स्वाधिनतालाई उच्च बनाउन लिएको अग्रसरता र समृद्ध नेपाल र सुखी नेपाली भन्ने लक्ष्यप्रतिको समपर्णको साथै काठमाडौ क्षेत्र नम्बर २ भित्र विभिन्न तयारीले मैले निर्वाह गर्दै आएको भूमिका नै मैले चुनाव जित्ने आधार हो । क्षेत्रभित्रका विभिन्न समस्या बोक्न म त तयार छु नै । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । त्यस कारण मैले समस्याको ठूलो भारी बिसाउने ठाउँ पनि ठूलै पाएको छु । स्थानीय तहको निर्वाचनमा पनि हामीले यस क्षेत्रमा सफलता प्राप्त गयौ । चुनाव जित्ने त्यो पनि बलियो आधार हो ।
भनेपछि चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?
काठमाठौ २ मा प्रतिनिधिसभा र प्रदेशसभाको २ वटै क्षेत्रमा हामी भारी मतअन्तरले जित्छौ । जित्नेमा हामी ढुक्क छौ ।