आजदेखि ​नयाँ नोट साट्न पाइने,कहाँ कहाँ पाइन्छ नयाँ नोट (नामावली सहित)

अनलाइन दर्पण 2016-10-02
img

काठमाडौं, असोज, १६ । दसैँमा नयाँ नोटको कारोबार बढी हुने भएकाले राष्ट्र बैंकले हरेक वर्ष नोट सटहीको व्यवस्था मिलाउँदै आएको छ । मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । जेष्ठ नागरिक तथा अशक्तका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । लाइन बसेकालाई पहिले कुपन दिईने र कुपनको आधारमा नयाँ नोट वितरण गरीने  विभागले जनाएको छ । एकजनाले बढीमा ३७ हजार रुपैयाँसम्मको नोट साट्न पाउनेछन् । राष्ट्र बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने यसअघि नै नयाँ नोट उपलब्ध गराइसकेको छ । काठमाडौं बाहिरका बैंकबाट पनि नयाँ नोट साट्न पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार दसैँमा २०, ५० र एकसय रुपैंयाका नोट बढी प्रयोग हुन्छ । 

कहाँ कहाँबाट साट्न पाइन्छ नयाँ नोट

नयाँ नोट पाइने विभाग तथा शाखाहरु

१. राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली

२. राष्ट्र बैंक कार्यालय धनगढी 

३. राष्ट्र बैंक कार्यालय वीरगञ्ज

४. राष्ट्र बैंक कार्यालय भैरहवा,  

५. राष्ट्र बैंक कार्यालय विराटनगर,

६. राष्ट्र बैंक कार्यालय पोखरा, 

७.राष्ट्र बैंक कार्यालय नेपालगञ्ज

Related Post

Advertisement