युएम बाईककाे मुख्य अाकर्षक माेबाईल चार्जर

अनलाइन दर्पण 2018-06-12
img

रमिला बस्नेत

काठमाडौं, 

नेपालका लागि अाधिकारीक विक्रेता अाईएमी अटोमाेटिभ्सले चितवनको कावास्वतीमा ३ दिने एक्सचेञ्ज अफरकाे अायाेजना गरेको छ । एमजी लाईफस्टाईल अटो माेटिभ्स कावास्वती र अासपासका ग्राहकको सुविधाको लागि यो अवसर प्रदान गर्न लगिएको अाईएमी अटो माेटिभ्सका कन्ट्रिमेनेजर दिपेश कायस्थले बताउनु भएको हो ।

यो अवसर जेष्ठ ३० देखिन असार १ गतेसम्म लागि योजना लागु हुने कन्ट्रिमेनेजर कायस्थले बताउनुभएको हो । ग्राहकले साे अवसरमा तपाईंको पुरानो बाईक लिएर अाउनुस नयाँ बाईक लिएर जानुस् याेजना ल्याएको कन्ट्रिमेनेजर कायस्थले बताउनुभएको हो ।

यो अफर ल्याएको अाईएमी ग्रुपले जनाएको हो । नेपाली बजारमा हाल युएम सेगमेन्ट अन्तर्गत क्रुजर तथा डर्ट सेगमेन्टकाे माग लाेकप्रियता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । अहिले भारतस्थित उत्तराखण्ड र पुनेमा रहेको विश्वस्तरीय युएम उत्पादनले नेपाल भारत र अन्य दक्षिण पुर्वी एसियाली बजारकाे लागि ७ बाईकहरु उत्पादन भईरहेकाे र हालै विधुतिय भर्जनमा पनि थ्राेर बाईक उत्पादन सुरु गरेको कम्पनीले बताएको छ । युएम बाईककाे मुख्य अाकर्षणहरु मध्ये डिजाइन तथा रंगहरु माेबाईल चार्जर इन्टेलिजेन्स डासब्राेर्ड लगाएत थ्रुप्रै अार्कर्षण रहेको कम्पनीले बताएको छ ।

यो याेजना अन्तर्गत हरेक युएम बाईक खरिदमा ग्राहकले अाफ्नाे पुरानो बाईकमा मुल्यांकनकाे थप १००००। हजार सम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ र स्कुटरमा भने ५००० हजार मुल्यांकन गरिने कम्पनीले जनाएको हो

सम्बन्धित समाचार

Advertisement