नवलपरासीको महेशपुर भन्सार कार्यालयलाई अर्थमन्त्री खतिवडा द्वारा मुल भन्सार कार्यालय रुपमा उद्धघाटन

अनलाइन दर्पण 2018-09-23
img

अंगद यादव / नवलपरासी पश्चिम ७ असोज नवलपरासी पश्चिम पालिन्दन गाउपालिका वडा नं.- १ महेशपुर स्थित रहेका महेशपुर भन्सार कार्यालयलाई अर्थमन्त्री डा. यूवराज खतिवडाले मुल भन्सार काे रुपमा एक कार्यक्रम बीच समुद्धघाटन गर्नु भएकाे छ ।

जिल्लाको महेशपुर भन्सार आइतवारबाट औपचारिक रुपमा मुल भन्सारका रुपमा परिणत भएको छ । बेलहिया भन्सार कार्यालय भैरहवा अन्तर्गत रहेको नवलपरासीमा पाँच वटा छोटी भन्सार कार्यालय मध्ये महेशपुर भन्सार कार्यालयलाई मुल भन्सार कार्यालयको रुपमा अर्थमन्त्री खतिवडाको प्रमुख आतिथ्यतामा उद्धघान कार्यक्रम सम्पन्न गरिएको छ ।

उद्धघाटन कार्यक्रममा तराईमा अहिले २१ वटा जिल्लहरु जिल्ला सदरमुकाम जोडने चार लेन्थको सडक बनिने छ । पूर्व पश्चिम राजमार्गबाट सदरमुकाम जोडिने सडक चार लेन्थ हुन्छ नै तर चार लेन्थलाई दक्षिणी सिमाना सम्म पुरयाउने सरकारको लक्ष्य र जिम्मेवारी छ ।

परासी बजार देखि महेशपुर भन्सार कार्यालय सम्म चार लेन्थको सडक बनाउने लक्ष्य मन्त्री खतिवडा बोले । सडकको माध्यमबाट छोटो र छरितो मार्ग मध्येबाट पहाडी राजमार्ग जोडिने छन । जसबाट हिमाल, पहाड र तराईको सम्बन्धमा अझ सुदृढता हुन्छ । मान्छेको आवगमन बढछ जसबाट मतभेद र विभेदका अन्त हुने खतिवडाले भने ।

भन्सार कार्यालयको उद्धघाटन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् । सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आमनागरिकलाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे ।

स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्दै उनले भने, ‘कर जनताको क्षमता र सम्पत्तिको मूल्यांकनको अधारमा मात्रै लगाऔं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं, कर लगाउँदैमा विरोध नगर्न समेत आमनागरिकलाई अर्थमन्त्रीले आग्रह गरे ।

उद्धघाटन कार्यक्रम मै उखु किसानका लागि सरकारले उखु मुल्य रु.५३१ बाट ५३६ बढायो। उखु मिल मालिकहरुले किसानलाई भुक्तानी दिनका लागि ऋण चाहियो सरकारले केन्द्रीय बैकबाट उहाहरुलाई ऋण उपलब्ध गराए पनि किसानले उखु रकम भुक्तानी पाएनन् । बैक शीत पैसा छ दिन पनि तयार छन । त्यो सरकारको निगरानीमा दशै भित्र भुक्तानी गराउने अर्थमन्त्रीले प्रतिबद्धता गर्नु भयो ।

सम्बन्धित समाचार

Advertisement