दसैंमा कुन मोटरसाइकल किन्दा कति छुट ? पूरा विवरण हेर्नुस

अनलाइन दर्पण 2018-10-04
img

काठमाडौं- सबै उमेर समूहका लागि ‘फिट’ हुने विशेषताले मोटरसाइकल र स्कुटरको लाेकप्रियतासँगै व्यापार पनि बढ्दो छ। दसैं-तिहारको अवसर पारी सवारी विक्रेताले विभिन्न अफर ल्याउने भएकाले माेटरसाइकल तथा स्कुटर किन्न दसैंकै अासपासमा भीड लाग्ने गरेको छ।

दसैं-तिहारमा नयाँ बाइक चढ्न चाहने ग्राहक लक्षित गरी मोटरसाइकल कम्पनीहरुले पनि आर्कषक बिक्री योजना ल्याएका छन्। बिक्रेता कम्पनीले नगद छुट, हात खाली नहुने स्क्र्याच कुपन, टुर प्याकेज र नगद योजना सार्वजनिक गरेका छन्। यसले ग्राहकलाई लोभ्याएको छ भने बाइकको व्यापार पनि बढेको छ।

नेपाली बजारमा अहिले १ लाख ५० हजार रुपैयाँदेखि ८० लाख रुपैयाँसम्म पर्ने बाइक/स्कुटर खरिदबिक्री हुने गरेको छ। केही माेटरसाइकल बिक्रेताले सार्वजनिक गरेका बिक्री योजना यसप्रकार छन्।

यामाहा 

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं र तिहार लक्षित ग्राहक योजना ल्याएको छ। ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा ७ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमार्फत एक जनाले ब्रान्ड न्यु यामाहा आर थ्री ३ जित्न सक्ने छन्।

यामाहाका मोटरसाइकल र स्कुटर ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक  फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ। यामाहाका बाइकहरुमा माइलेज बढी दिने गरेको छ।

होन्डा 

बाइक तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ प्रालि हो। कम्पनीले पनि दसैं, तिहार तथा छठ पर्व लक्षित गरी अफर सार्वजनिक गरेको छ। कम्पनीले एक लाख ९५ हजार ९ सय रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मका बाइक तथा स्कुटरमा स्क्र्याचकार्ड अफर ल्याएको छ। जसमा ४ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ। पाँच वर्षसम्मका लागि १४ पटकको सर्भिस फ्रि र पाँच वर्षसम्म पार्टपुर्जा खरिदमा १० प्रतिशत छुट अफर हाेन्डाले ल्याएको छ।

यसैगरी, एक्स आर १५० र १९० सीसीको बाइक खरिदमा भने सिधै १० हजार नगद छुट योजना ल्याएको छ। साथै कम्पनीको सबैभन्दा महँगा बाइक सीबीआरमा भने २० हजार नगद छुट अफर सार्वजनिक गरेको छ।

हिरो 

हिरो बाइक तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालि हो। कम्पनीले दसैं, तिहार तथा छठ लागि लक्षित गर्दै माेटरसाइकल खरीदमा ६ हजार देखि एक लाख रुपैयाँसम्म जित्न सिकिने अफर सार्वजनिक गरेको छ।

स्कुटर खरिदमा ८ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सकिने छ। नेपाली बजारमा हिरोको एक लाख ७१ हजार ५ सय रुपैयाँदेखि ३ लाख ७६ हजार मूल्य सम्मका बाइक तथा स्कुटर पाइन्छ।

बजाज

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द्र एन्ड कम्पनी हो। बजाजको पल्सर मोटरसाइकल नेपालमा बढी लोकप्रिय छ। बजाजले पनि दसैं, तिहार तथा छठ लक्षित गर्दे अफर सार्वजनिक गरेको छ। कम्पनीले प्रत्येक बाइकको खरीदमा हात खाली नहुने गरी न्यूनतम ६ हजारदेखि एक लाख रुपैयाँसम्म जित्न सक्ने योजना ल्याएको बताएको छ।

साथै हरेक साता ‘लक्की ड्र’मार्फत ‘पकेट फुल मनी’ योजना ल्याएको छ। जसअन्तर्गत एक मिनेटसम्म गोजीमा जति रकम हाल्न सक्छन्, त्यति नै रकम पाउनेछन्। नेपाली बजारमा बजाजका झन्डै एक दर्जन भेरियन्टका बाइक  उपलब्ध छन्। न्यूनतम एक लाख ६३ हजार ९ सय रुपैयाँदेखि पाँच लाख ८९ हजार ९ सय रुपैयाँसम्मका बाइक नेपाली बजारमा उपलब्ध छन्।

टिभीएयस र अपाचे

टिभीएस र अपाचे बाइक तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा अटो ग्रुप हो। कम्पनीले सार्वजनिक गरेको दसैं तथा तिहार लक्षित अफरमा सबै बाइक तथा स्कुटर खरिदमा नगद ७ हजार छुटको योजना ल्याएको छ। यसका साथै हरेक दिन लक्की ड्र मार्फत् १० जनालाई १० हजार र एक जनालाई एक लाख रुपैयाँ अफर पनि सार्वजनिक गरेको छ।

नेपाली बजारमा न्यूनतम एक लाख ७५ हजार रुपैयाँदेखि ७ लाख ८० हजार रुपैयाँसम्मको २० भेरियन्टको बाइक तथा स्कुटर कम्पनीले बिक्री गर्दै आएको छ।

सुजुकीे

सुजुकी बाइकका लागि नेपालको आधिकारिक बिक्रेता विशाल ग्रुप हो। ग्रुपले दसैं, तिहार तथा छठलक्षित अफर अन्तर्गत स्कुटर खरिदमा १० हजार नगर र बाइक खरिदमा ८ हजार नगद छुट प्राप्त गर्ने अफर सार्वजनिक गरेको छ।

लक्की ड्र मार्फत जापान टुरको योजना समेत ल्याएको छ।

सम्बन्धित समाचार

Advertisement