वर्षेनि ७२ करोडकाे चुइङगम पड्काउछन् नेपाली

अनलाइन दर्पण 2019-07-30
img

काठमाडौं । नेपालमा वर्षेपनि व्यापार घाटा चुलिंदो छ । व्यापारघाटा चुलिनुमा अनावश्यक वस्तुको खपत पनि एउटा कारण हो । यसमध्येको एक हो चुइगम ।

चक्लेट तथा चुइङगम उत्पादनका लागि थुप्रै उद्योग सञ्चालनमा आएपनि नेपाल त्यसमा आत्मनिर्भर हुन सकेको छैन् । जसकार कारण ससाना वस्तुमा पनि परनिर्भर हुँदा व्यापारघाटा थप आकाशिने गर्दछ । 

गत आर्थिक वर्ष (२०७५/७६) मा मात्रै ७१ करोड ८६ लाख रुपैयाँको विदेशी चुइगम नेपालमा आयात भएको छ ।

तथ्यांक विभागका अनुसार यो अवधिमा ७१ करोड ८६ लाख रुपैयाँको २१ लाख ४७ हजार ९ सय १७ केजि चुइङगम आयात भएको देखिन्छ ।

यसअनुसार वर्ष भरीमा नेपालीहरुले उक्त रकमको चुइङगम पड्काएका हुन् । 

 

सम्बन्धित समाचार

Advertisement