गाईघाटमा आई एम इ पेकाे एकदिने POS तालिम सम्पन्न

अनलाइन दर्पण 2019-08-06
img

चित्रकुमार कार्की

उदयपुर २१, साउन। उदयपुरको सदरमुकाम गाईघाट बजारमा आई एम इ पेकाे एकदिने एजेन्ट POS तालिम सम्पन्न भएको छ । आई एम इ पे ट्रेडिङ एण्ड डेवलपमेन्ट काठमाडौं बाट आएका प्रमुख माधव कटुवालले ब्याबसायीक साझेदारलाई आई एम इ पेकाे सेवा सुविधा र सिस्टम सम्बन्धि जानकारी गराएका थिए र भविष्यमा आईएमी ग्रुप अन्तर्गत थप जाेडिन सकिने व्यावसहरुको बारेम प्रष्ट पारेका हुन ।

उक्त कार्यक्रममा सगरमाथा अंचलका सेल्स प्रतिनिधिहरु असाेक यादव ,अामीरी शाह र विपिन चाैधरीले अाई एम ई पेको बारेमा अहिले भइरहेको बजार साहाजिकरनमा सहज भैरहेको प्रभावबारे अबगत गराएका थिए ।

कार्यक्रममा स्थानीय जिल्ला उदयपुरका डिष्ट्रिब्युटर चिरन श्रेष्ठकाे र सिराहाका डिष्ट्रिब्युटर भाेला चाैधरी पनि उपस्थित रहेको थियोे ।

हाेटल एवान एलम्बरकाे सभाहलमा साेमबार अायाेजित कार्यक्रममा तालिम पश्चात् एजेन्टलाई प्रमाणपत्र वितरण गरिएको थियोे ।

अाईएमी पेकाे हाल नेपालभित्र २५ हजार भन्दा धेरै एजेन्ट रहेको छन् भने अहिले यसको सेवा ७ वटै प्रदेशमा रहेका छन् ।

Related Post

Advertisement