नवलपरासीको त्रिवेणी भंसारबाट २५ हजार सम्मको समानको भंसार काटेर सेवा शुरु

अनलाइन दर्पण 2019-08-19
img

अंगद यादव

नवलपरासी पश्चिम २ भदौ । गण्डकी प्रदेश नवलपरासी पूर्वको भारत संग जोडिएको एक मात्र नाका बिनयी गाउपालिकाको त्रिवेणीमा रहेको छोटी भंसार कार्यालयले आइतवार देखि २५ हजार सम्मको सामानको भन्सार काटेर निकासी पैठारी गर्न शुरु गरेको छ । 

महेशपुर भन्सार कार्यालय माताहतको छोटी भन्सारको रुपमा रहेको त्रिवेणी भंसार कार्यालयले यस अघि पाँच हजार सम्मको सामानको भंसार कटान तथा सवारी सुविधा काट्ने मात्र काम गर्दै आईरहेको थियो । 

गण्डकी प्रदेशको भारत संग जोडिएको एकमात्र नाका त्रिवेणी भएपछि त्रिवेणीमा रहेको छोटी भन्सारलाई मुल भन्सारको रुपमा स्तर उन्नती गर्नुपर्ने चर्चा चलिरहेकै समयमा संघीय सांसद तिलक महतले २५ हजार सम्मको सामानहरुको भन्सार काट्न पाउने गरी आइतवारनै सेवाको सुभारम्भ गर्नु भएको थियो । 

संघीय सांसद महतले भारतबाट नेपालमा सामान ल्याएका ३ जना ब्यापारीहरु सन्तोष सिंह, राजेश शाह र दिनेश उरहुलाई प्रज्ञापन पत्र प्रदान गरी सेवाको प्रारम्भ गर्नुभएका थिए । छोटी भनसार कार्यालयको सेवा प्रारम्भ गर्दै सांसद महतले धेरै बर्षदेखि बन्द अवस्थामा रहेको त्रिवेणी भंसारले गत बर्षदेखि गाडिहरुको सुविधा काट्न सुरु गरेकोमा जन चाहना अनुरुप २५ हजार सम्मको भन्सार काट्न सुरु गरेकोमा एक दुई महिनामै १ लाख बराबरको भन्सार काट्न सक्ने गरी स्तर उन्नती गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

सांसद महतले भन्सारको स्तर उन्नती संगै त्रिवेणी बगुवन हुदै दुम्कीबास सम्मको सडक संचालन गर्नु अपरिहार्य भएको बताउनुभयो । 

राष्ट्रिय निकुञ्ज, युनेस्कोकोको कारण देखाउदै सडक संचालन हुनमा रोकावट भएकोमा बरु युनेस्कोबाटै बाहिरिन तयार भएको तर जनताकै सक्रियतामा सडक संचालनमा ल्याउने महतको भनाई थियो । 

त्रिवेणी भंसार मुल भन्सारमा रुपान्तरण हुंदा अहिलेको भवन पर्याप्त नहुने हुंदा भवन निर्माणको लागि जग्गा ब्यबस्थापन गर्नु आवश्यक रहेको भन्दै महतले समयमै जग्गा ब्यबस्थापनका लागि पहल हुनु आवश्यक रहेकोमा सांसद महतले जोड दिइएका थिए । 

कार्यक्रममा महेशपुर भन्सार कार्यालयका हेमचन्द्र शर्माको अध्यक्षता संघिय सांसद तिलक महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गण्डकी प्रदेशका सांसद रोशन गाहा, प्रदेश नम्बर ५ का सांसद अजय शाही नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की लगायतले आफ्नो शुभकामना मन्तब्य राख्नु भएका थिए ।

Related Post

Advertisement