चालु आर्थिक वर्षमा एक खर्ब ८५ अर्ब वैदेशिक लगानी स्वीकृत

अनलाइन दर्पण 2020-05-26
img

काठमाडौं, १३ वैशाख । सरकारले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक लगानी बढेको जनाएको छ । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैं अर्थमन्त्री डा. युवराज खतिवडाले करिब १ खर्ब ८५ अर्ब लगानी स्वीकृत भएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म उद्योग विभागबाट २९ अर्ब ६७ करोड र लगानी बोर्डमार्फत १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकत भएको अर्थमन्त्री खतिवडाले बताए । उद्योग विभागमार्फत आउने वैदेशिक लगानी १६५.४ प्रतिशतले बढेको छ ।

Related Post

Advertisement