भारत लैजाँदै गरेको ४० क्विन्टल मटर प्रहरीको नियन्त्रणमा

अनलाइन दर्पण 2020-08-31
img

अंगद यादव / नवलपरासी पश्चिम 

१४ भदौ 

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.-३ बाउन्नगढि बाट ४०क्विन्टल मटर प्रहरीले नियन्त्रणमा लिइएको छ । लकडाउनको मौका छोपि तस्करहरुले बाउन्नगढिबाट भारत तर्फ मटर ओसार पसार गर्ने क्रममा शनिवार राति मटर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टले जानकारी गराएका छन । उक्त मटर ३ लाख ८० बराबर मूल्य रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको मटर आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमबाट पछिल्लो समय अवैध रुपमा भारत तर्फ मटर तस्करी हुने क्रम बढ्दो छ । प्रहरीले दैनिक अवैध केराउ बरामद गरे पनि तस्करी हुने क्रम भने रोकिएको छैन ।

Related Post

Advertisement