सातै प्रदेश सरकारले आज प्रदेश सभामा बजेट पेश गर्दै

अनलाइन दर्पण 2021-06-15
img

काठमाडौं, १ असार ।  सातै प्रदेश सरकारहरुले आज प्रदेशसभा समक्ष आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै छन् । असार १ गते प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानूनी व्यवस्था अनुसार सातै प्रदेशले प्रदेशसभामा आगामी आर्थिक बर्ष ७८/८९ बजेट प्रस्तुत गर्न लागेका हुन ।

प्रदेश सरकारहरुले आगामी आर्थिक बर्षको बजेटमा कोरोना महामारीको रोकथाम नियन्त्रणकालागि प्रदेश र स्थानीय तहका सह लगानीमा स्वास्थ्य पुर्वाधारको विकास,  जनशक्तीको क्षमता अभिवृघि, रोजगारी सृजना र आर्थिक पुनउत्थालाई प्राथमिकतामा राखेका छन् ।

यसैगरी प्रदेशस्तरका ठुला आयोजना, कृषिको आधुनिकरण, युवा लक्षित कार्यक्रम, सामाजिक सुरक्षा सेवाको सहज उपलब्धता, खाध्य तथा फलफुलमा प्रदेशको आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमहरुमा बजेट केन्द्रित गरिने प्रदेश सरकारहरुले बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement