यसरी दिउँ यसपटक एसएलसी

अनलाइन दर्पण 2017-12-16
img

  बाबुकाजी कार्की

एसएलसी विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागिदार विद्यार्थी भए पनि परोक्षरुपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ 

-बाबुकाजी कार्की

यसवर्षको एसएलसी चैत ३ गते बिहान ८ बजेदेखि सुरु हुँदैछ छ । एसएलसी लेटर ग्रेडिङ मूल्यांकन पद्धतिको अन्योलता र अनविज्ञताले परीक्षार्थीलाई नतिजाबारेमा रणभूल्ल बनाएको छ । गतवर्ष सरकार र सरोकार पक्षबीच प्रचुर संवाद र सहकार्यबिना ल्याइएको मूल्यांकन पद्धतिबारे अझै आमरुपमा स्पष्ट भइसकेको छैन । लेटर ग्रेडिङ मूल्यांकन प्रणालीका विभिन्न पक्षमा अन्योलता अझै जिज्ञासाका विषय नै बनेको छ । कसैले पनि फेलको बिल्ला भिर्नु नपर्ने हौवाको वास्तविकता के हो ?

ग्रेडिङ प्रणालीको नतिजाको रोजगारीमा के हैसियत हुने ? विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको अक्षरांकन लब्धांक पत्रको मान्यताका आधार के के हुन् ? लामो समयदेखि अंकांकन पद्धतिअनुसार विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिशत कटाउन नसकेको वास्तविकता ओझल पार्न मात्र यो प्रणाली ल्याइएको त होइन ? पठनपाठन सुदृढ नगरी मूल्यांकन मात्र परिवर्तन गरेर उन्नत गुणस्तरीय शिक्षा अपेक्षा गर्नु बीरबलको खिचडी नहोला भन्न सकिन्न । परीक्षाको मुखमा आउदासम्म पनि लेटर ग्रेडिङ पद्धतिको कार्यविधि संशोधन गर्नुले सरकार समेतले पर्याप्त गृहकार्य नगरेको पुष्टि हुन्छ ।

हत्पतको काम लत्पत भएर निर्दोष विद्यार्थी र अभिभावकले परीक्षाफल प्रकाशित भएपछि उच्च शिक्षाका लागि अन्योलताका कारण अनावश्यक तनाव र धपेडी खेप्नु नपर्ला भन्न सकिन्न । सरकारी अकर्मण्यता र गैरजवाफदेहिताले विगतका वर्षमा लेटर ग्रेडिङ प्रणालीबाट उत्तीर्ण प्राविधिक धारका विद्यार्थीले थप अध्ययनका लागि लामो समयसम्म भौँतारिनु परेको थियो । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने रोग अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि सल्केको यथार्थता कतिपय शैक्षिक नीति नियम व्यवहारिकताको कसीमा फिका साबित हुनुले पुष्टि गर्दछ ।

एसएलसी परीक्षा अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरुको आहारबिहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाइ सहजता प्रदान गर्ने एवम् उत्साह र ढाडस दिएर मर्यादितरुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो । यसमानेमा एसएलसी.अभिभावकका लागि पनि समझदार अभिभावक भए नभएको जाँचिने  परीक्षा हो भन्दा अन्यथा नहोला ।

विसं १९९८ मा सबभन्दा बढी ७७.७८ प्रतिशत र विसं २०३८ मा सबभन्दा कम १६.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एसएलसी परीक्षाको विषयगत औसत प्राप्तांक हेर्दा अँग्रेजीमा सबभन्दा कम ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिशत नपुग्नुमा विद्यार्थी मात्रै दोषी छन् त ? सतप्रतिशत उपलब्धीस्तर पु¥याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ । शिक्षाक्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थी उपलब्धीमा झन ह्रास आउनु गम्भीर चिन्ताको विषय हो । तथापि फलामे ढोकाका रुपमा चित्रित एसएलसी परीक्षामा अधिकतम अंक ल्याएर उत्कृष्ट स्थान हासिल गर्न परीक्षार्थीले अध्ययन घनिभूत बनाएका छन् । विद्यार्थीको परीक्षा  तयारी अझ सहज र प्रतिफलमुखी बनाउन केही टिप्स प्रस्तुत गरिएको छः  

  परीक्षा तयारीका समय स्वास्थ्यबारे चनाखो हुनुपर्छ । स्वस्थकर आहनरविहार र सहज परिश्रमप्रति ध्यान दिनुपर्छ ।
 एसएलसी परीक्षा हाउगुजीका रुपमा नलिई सहजरुपमा आत्मसात् गरेर सकरात्मक सोचले दिने मनस्थिति बनाउनुपर्छ ।
  मानसिक एवम् शारीरिक क्षमता भन्दा बढी थकान हुने गरी अनिँदो बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण सोचेजस्तो जाँच दिन सकिन्न ।
 अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रम पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ । किनकी कहिलेकहिँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
 कठीन महसुस विषयमा अलि बढी महत्व दिँदै  दैनिक समयतालिका बनाएर सबै विषयलाई समानुपातिक रुपमा नियमित अध्ययन गर्ने ।
  सहपाठीको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाउने ।
  विगतका प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी नगर्ने ।
 परीक्षा दिन जाँदा राम्रोसँग जाँच दिन्छु र राम्रो  नतिजा आउँछ भन्ने दृढविश्वास एवम् उच्च मनोबलसाथ परीक्षाहल प्रवेश  गर्नुपर्छ ।
  विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्याल्कुलेटर घरबाट हिँड्नुअघि तयार गरेर बोक्नुपर्छ ।
  परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारे अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
  प्रवेशपत्र तथा उत्तरपुृिस्तकामा लेखिएका निर्देशन परीक्षा सुरुअगावै पढिसकी पालना गर्नु पर्दछ ।
 प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बुँदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ ।
 सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको समयमा लेखेका उत्तर पुनः सर्सर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसएलसी परीक्षा अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरुको आहारबिहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाइ सहजता प्रदान गर्ने एवम् उत्साह र ढाडस दिएर मर्यादितरुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो । यसमानेमा एसएलसी.अभिभावकका लागि पनि समझदार अभिभावक भए नभएको जाँचिने  परीक्षा हो भन्दा अन्यथा नहोला ।

त्यस्तै, विद्यालयले  विद्यार्थीको रुची क्षमताअनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताका आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यथार्थता हो । किनकी एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसएलसी ।   

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता  तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजामा असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयता निक्र्यौल गर्दछ । यसप्रकार एसएलसी परीक्षा प्रत्यक्षरुपमा विद्यार्थीका लागि मात्र भएजस्तो लागे पनि परोक्षरुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीतिनियम कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कति योगदान पु¥याए भन्ने कुरा यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो ।

तसर्थ, एसएलसी विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागिदार विद्यार्थी भए पनि परोक्षरुपमा परिवार, समुदाय तथा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ ।

विगतका एसएलसीको टिठलाग्दो शैक्षिक उपलब्धीमा सुधार ल्याउन गम्भीरतापूर्वक आआफनो जिम्मेवारी र जवाफदेहिता बहन गर्न ढिलो भइसकेको छ । एसएलसीलाई मर्यादित एवम् अनुशासितरुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमानदारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न सक्यौँ भने आगामी दिनमा एसएलसीलाई फलामे  ढोका नभएर स्वर्णिम  ढोकाको रुपमा स्थापित गर्न सकिन्छ । किनकी एसएलसी परीक्षाको नतिजा उपलब्धीस्तरको आधारमा विद्यार्थीको भाग्य र भविष्य बनाउने मार्गचित्रको दैलो खुल्छ । तसर्थ विद्यार्थीले परीक्षा कर र डरले नभई रहरले दिने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो ।

विसं १९९८ मा सबभन्दा बढी ७७.७८ प्रतिशत र विसं २०३८ मा सबभन्दा कम १६.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । एसएलसी परीक्षाको विषयगत औसत प्राप्तांक हेर्दा अँग्रेजीमा सबभन्दा कम ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिशत नपुग्नुमा विद्यार्थी मात्रै दोषी छन् त ?

Related Post

Advertisement