ईतिहास र जिम्मेवारी

अनलाइन दर्पण 2019-12-05
img

  हिमाल कार्की

भौतिक विकासले पचास पूर्णाङ्क पाए मान्छेमा आउने समभावको विकासले बाँकी पचास पूर्णाङ्क पाउँछ। मार्क्सको सिद्धान्तले पनि यही भन्छ कि जति धेरै देशमा बजारिकरण बढ्यो उत्ति गरीब र धनीबीच झनै ठूलो खाडल पैदा हुन्छ। र समाजमा झनै धेरै हिंसामा हुन्छ। 

मान्छेमा समदृष्टि आएन भने, सभ्यता भएन भने ती चिल्ला बाटा, झरिझुट्ट बजार र गगनचुम्बी भवनमा पनि मान्छे एउटा अर्कोलाई दबाउन पाइनँ भनेर र अर्को दबिनुपर्यो भनेर दुःखी भैरहनेछ। विकासको कुनै अर्थ रहनेछैन। तर मान्छेमा आउने समभावले ती भवन,बाटा र बजार भन्दा धेरै खुसीसँग बाँच्ने बनाउँनेछ। यो कुरा नभुलौं कि पृथ्वीमा सबैको बराबरी भाग छ भनेर स्वीकार्य अवस्था मात्र विकासको चरम सूचक हो। 

संजालहरुमा हेर्न पाइन्छ,देशले हामीलाई के दियो भनेर टिप्पणी गरेको भेटिन्छ। त्यो पनि युवाहरुको मुखबाट। युवा त्यो हो जसले राष्ट्रलाई दिन्छ। बच्चाले दिन सिक्दैछ र बूढाले दिन सक्दैन। देशसँग माग्ने होइन, देशलाई दिने देशप्रेमी हो। देशलाई दिए फिर्ता दिने हो देशले नभए लिएर मात्र देशसँग दिने केही बाँकी रहन्न। यो कुरा कहिले बुझ्ने हामीले? 

भवनकै मात्र कुरा गर्ने हो भने पनि हिजोका शासकले निकै कष्टले तयार गरेका छन्। ठूला भवन र मन्दिरहरु कसरी बने? एकैछिन् हेरौँ नत। 

न्यातपोल बनाउँदा जनताको घरमा भएको तामा, फलाम,पित्तल ल्याउन उर्दी गरिएको थियो। त्यतिमात्र हैन छिमेकी राज्यकाले पनि उक्त मन्दिर निर्माणमा सहयोग गरेका थिए। सो न्यातपोल बनाउँदा भक्तपुरका राज्यमा २७ वटा गाउँ टोल र जम्मा ३८७७ जनसंख्या थियो। तर हरेक घरका मान्छेलाई सो मन्दिर निर्माणमा काममा साथ दिन अनिर्वाय थियो। 

कलाले भरिपूर्ण अधिकांश अग्ला र ठूला मन्दिरहरु लिच्छवी र मल्ल कालमा बनेका छन्। भक्तपुरको पाँचतले मन्दिर मल्लकालमै बनेको हो। न्यातपोल राजा भुपतिन्द्र मल्लले १७५८ कार्तिक मा सुरु गरेर १९५९ जेठ सम्म लगाएर निर्माण सम्पन्न गरे। न्यातपोल बनाउँदा जनताको घरमा भएको तामा, फलाम,पित्तल ल्याउन उर्दी गरिएको थियो। त्यतिमात्र हैन छिमेकी राज्यकाले पनि उक्त मन्दिर निर्माणमा सहयोग गरेका थिए। सो न्यातपोल बनाउँदा भक्तपुरका राज्यमा २७ वटा गाउँ टोल र जम्मा ३८७७ जनसंख्या थियो। तर हरेक घरका मान्छेलाई सो मन्दिर निर्माणमा काममा साथ दिन अनिर्वाय थियो। 

जसको निर्माण सम्पन्न भएको उत्सवमा सो मन्दिर निर्माणमा सहयोग गर्नेहरु ६९८ जनालाई बोलाएर खुवाएको भनेर नामसमेत उल्लेख छ। त्यसमध्ये थोरैलाई मात्र एकदमै कम ज्यालामा काम लगाइएको थियो भनि प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित, पाँचतले मन्दिरः न्यातपोल देवलको अभिलेख ग्रन्थको अनुसन्धानात्मक विश्लेषणात्मक अध्ययनमा उल्लेख छ। (सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा, २०६१ नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान,१०-११ पृ.) 

राजा भुपतिन्द्र मल्लले भक्तपुरकै पच्पन्नझ्याले दरवार पनि त्यसै गरि जनताको पूर्ण सहभगितामा बनाएका थिए भनेर दरवार परिसरमै भएका शिलालेखमा उल्लेख छ। 

त्यसमध्ये हनुमानढोका दरवारस्क्वायर भित्रको तलेजुको मन्दिर महेन्द्र मल्ले वि. स. १६१७ मा निर्माण गरेका थिए। मन्दिरका तलामा लगाइएका ढुङ्गाका खुट्कीला, मन्दिर अघि, दुईदेखि पाँच मिटर चौडाई अठार २० फुट अग्ला ढुङ्गमा महेन्द्र मल्ल र उनकी रानीहरुको मुर्ती सहितको शिलालेख छ। त्यही शिलालेख अनुसार झण्डै डेढ वर्ष लगाएर बनाइएको थियो सो मन्दिर। जसमा प्रयोग गरिएका निर्माण सामग्री ढुङ्गाहरु भक्तपूर र काभ्रेबाट जनश्रमदानमार्फत् ल्याइएको थियो र निर्माणको समय त्यो निर्माणमा हरेक घरको एकजना काम नसकिउन्जेल काममा आउन उर्दि थियो। हरेक दिन आए नआएको रेकर्ड राखिन्थ्यो। त्यही समय काज किरिया गरेर आउँन नभ्याएकाहरुलाई पछि अन्य सरकारकै काममा लगाइन्थ्यो भन्ने कुरा पनि उल्लेख छ। 

अर्को हामीले देख्ने सिंहदरबार वि सं १९५८ मा एक करोड खर्च गरेर झण्डै तीन बर्ष लगाएर आफै बस्ने दरबार बनाएका थिए चन्द्र शम्शेरले। सो निर्माण गर्दा मान्छे धेरै उपस्थित होउन् भनेर राणाले अत्यन्त निम्न ज्याला पनि दिएका थिए भनेर शिलालेखमा लेखिएको छ। चन्द्र शम्शेरले आफै बस्न बनाएको भएपनि पछि उनले सरकारलाई बेचेका थिए। 

सरकारले बोलाएको ठाउँमा गएर सित्तैमा काम गर्नुलाई झारा भन्ने गरिन्थ्यो। जनतालाई काममा आउन अवहान भने गाउँ गाउँमा तोकिएका या खटिएको उमराव अर्थात कट्वालले गर्दर्थे। उनले जनतालाई काममा ल्याउन नसके र गर्न नगए दुबैलाई देश निकालाको सजाय गरिन्थ्यो। 

मल्लकालमा कुलो, बाटो, पुल, र मन्दिरहरु बनाउन पनि घरै पिच्छेबाट मान्छे जानु पर्दथ्यो। नगए तिन दामसम्म दण्ड तिर्नु पर्दथ्यो भन्ने कुरा १६८३ मा जितामित्र मल्लले लेखाएको शिलालेखमा उल्लेख छ भन्नु हुन्छ इतिहासविद् डा महेशराज पन्त। 

त्यति मात्र हैन त्यो बेला राजाको घरमा कार्जे पर्दा, विवाह बर्तमन हुँदा पनि जनताले आफ्ना जिन्सी सामान सरकारलाई दिनु पर्दथ्यो। भुपतिन्द्र मल्लले आफ्ना युवराजको विवाहको निम्ती बनेपा, ठिमी, श्रीखण्डपुर र नालाबाट११८२ मोहर घर कर, ६७ मोहर किल्ला कर र ३१०१ मोहर जग्गा कर उठाएका थिए। रणजित मल्लले आफ्नो विवाहको समयमाप्रतिव्यक्ति एक देखि ३० मोहरसम्म उठाएका थिए। 

यसरी राज्यलाई चाहिएको खण्डमा अनिवार्य त्यस राज्यमा पर्ने जनता अनिवार्य उपस्थित हुन पर्दथ्यो। युद्ध हुँदा, तथा कुनै पनि निमार्णमा जनताको पुर्ण सहभागि हुन्थ्यो। सरकारको काम परेको बेला घर घरबाट तोकिए बमोजिम सित्तैमा काम गर्न जानु पर्दथ्यो। 

सरकारले बोलाएको ठाउँमा गएर सित्तैमा काम गर्नुलाई झारा भन्ने गरिन्थ्यो। जनतालाई काममा आउन अवहान भने गाउँगाउँमा तोकिएका या खटिएको उमराव अर्थात कट्वालले गर्दर्थे। उनले जनतालाई काममा ल्याउन नसके र गर्न नगए दुबैलाई देश निकालाको सजाय गरिन्थ्यो। 

भक्तपुरको तलेजु चोकको दक्षिण द्धारको तोरण बनाइ राख्न जितामित्र मल्लले बनेपा र पनौतीबाट ७१ धार्नी एक कु र एक अस्त तामा संकन गर्न लगाएका थिए। यसरी मन्दिर, पुल, भवन या अन्य राज्यका काममा जनताको झारा(सित्तैमा काम) लिने गरिन्थ्यो। अनि त्यो सर्वजनिक रुपमा सबैको स्विकार्य पनि हुन्थे ।

Related Post

Advertisement