समृद्ध मुलुक : एक परिकल्पना

अनलाइन दर्पण 2019-12-06
img

  उमेश सापकाेटा

समग्रमा बिकासको खास मापन त्यहि हो जसले समाजमा आधारभूत आबस्यता परिपुर्तिमा सहजता दिन्छ । बिकसित मुलुक आज त्यसैमा सम्बृद बनेका छन् आज सारा मुलुक हरु युरोप, अमेरिका प्रति चकित छन त्यो सबै समयानुकुल बिकास थियो ।सायद सबै कुरा भएर पनि हामि आज पछाडी छौ जसको मुख्य कारण नीति र नियति हो ।

हामी धेरै सम्स्याको चंगुलमा फसेका छौ ।केहि पुराना सन्धि सम्झौत्ता ले पनि आधुनिक बिकास मोडेलमा प्रवेश गर्न पाएका छैनौ ।राजमार्ग को बिकास, जलबिधुत उत्पादन लगाएत अन्य बिभिन्न कामको लागि पनि हामीमा निकै समस्या छ । पुजी भए पनि त्यसको सुरक्षा सरकारले गर्न सकेको छैन । नाफा मुखी भन्दा देखावटी कुरामा हाम्रा रकम छरिएका छन् जुन कुरा अत्यन्तै दुर्भाग्यपूर्ण छ । 

बिकास एक अभियान हो जसमा सबैको हातेमालो आबस्यक छ तै पनि हरेक काममा नीति अनि नेतृत्व को भूमिका अब्बल ठहरिन्छ । हाम्रो मुलुकामा खालि राजनीतिक परिबर्तन भयो जुन आबस्यक थियो बिगतमा भएका काम प्रति अब मुल्यांकन हैन हामीले भबिस्य हेर्ने हो । बिगत भनेको शिक्षा हो तर त्यो सुखद हुन् सकेन त्यसमा कुनै ग्लानि छैन । तर अब हामि सग के गर्ने भन्ने स्पस्ट भिजन छैन जसको कारण अब हामि एक युग अझै अरुकै प्रगतिमा र्याल काट्दै हुनेछौ । रास्ट्रिय तथा अन्तरास्ट्रिय तथ्यांक तथा प्रतिबेदन अनुसार हामि कहिले पनि अपेक्षित उपलब्धिमा पुगेका छैनौ जुन बिकास मापदण्डको एक घातक पक्ष हो ।  

हुनत निर्वाहमुखी जिबनायापनमा हुर्केका हामीलाई बिकासको मूल उपलब्धि अनौठो हुन् सक्छ । सुचना र शिक्षा मा हामीले कहिँ उपलब्धि हासिल त् गर्यौ तर मुलुक लाइ समुन्नतिको बाटोमा अगाडी लैजाने कुनै पनि बिकास मोडेल को फलोअप गर्न सकेनौ । जब बिकसित देशमा औधोगिक क्रान्ति भयो तब मानिसका जीबनयापन मा केहि सुधार भए ।तर हामि राजनैतिक क्रान्तिमै अल्झिरह्यौ जुन बिकास मापदण्ड अनुकल थिएँन फलस्वरूप हामि पछाडी पर्यौ । ८३ हजार मेगावाट बिधुत उत्पादन गर्ने शक्ति हामीमा छ तर अनेक बिघ्न समस्या छ ।पर्यटन हाम्रो अछामको दुधालु गाइ जस्तै हो तर हामी कहा कोहि जिम्मेवार हुन् सकेका छैन ।बिकासका एजेन्डालाई एक कदम मात्र अगाडी लान सकियो भने हामि आर्थिक रुपमा केहि भए पनि आत्मनिर्भर हुने थियौ ।

एक गाउ एक उत्पादन कार्यक्रम हाल नेपालको विभिन्न जिल्लामा संचालन मा छन यसबाट धेरै जनता लाभान्वित हुने अनुमान नेपाल सरकारको छ।यस्ता हजार कार्यक्रम सराकार् ले संचालन गर्न आबस्यक देखिन्छ ।हाम्रो स्थिति सग मिल्दो अनि हामीले सजिलै लाभ लिने तरिका हाम्रो लागि उत्तम उपाय हुने छ ।पुर्बधार बिकास ,सामाजिक सास्कृतिक बिकास मा परिबर्तन गर्न मुलत हामि चेतनामा अब्बल हुन् आबस्यक छ ।

ठुला ठुला भौतिक संरचनाको बिकास हुदैमा राज्य बिकसित हुन्छ जस्तो मलाइ लाग्दैन ।राज्यको बहुआयामिक पाटो बिकास उन्मुख हुन् आबस्यक छ। राज्यलाई बिकसित बनाउन अरुको नक्कल हैन खास धरातल परिबेश अनि बसुस्थिति सुहाउदो नीति लिन आबस्यक छ चौधौ योजना [२०७५/७४-२०७६/७७] को सोच भनेकै स्वाधीन,समुन्नत तथा समाजबाद उन्मुख रास्ट्रिय अर्थतन्त्र एबं सम्मृद्द नेपालि को अपेक्षा हो यी सोचहरु पुरा गर्नका निमित्त पनि लक्ष्य हरुको निर्धारण गरिएको छ । 

बिगतका अभ्यास हरु हर्दा के लाग्छ भने यी सोच हरु पुरा गर्न कठिन छ ।कठिन यात्राबाट नै खास गन्तब्य भेटिन्छ ।बिकास अनि सम्पन्नतामा सबैको हातेमाले आबस्यक हुन्छ । आर्थिक सामाजिक एबं शासकीय सुधार कुशल एबं सार्बजानिक बित्त पारदर्शी एबं जनमैत्री सार्बजानिक सेवा एबं मानब अधिकारको संरक्षण र सम्बर्दन गर्दै समग्र सुशासन प्रबर्दन गर्र्ने े रणनीति को कार्यन्वयन मात्र गर्न सकियो भने पनि केहि उन्नति पथमा लम्कने छौ।बार्षिक आर्थिक ब्रिद्दिदर ०।७७५ भएको मुलुक खास परिबर्तन त् के होला सबै नेपालीले औसत आबस्यकता पुरा गर्दै जिबन धान्ने बातावरण मात्र बन्यो भने पनि हामीले आफुलाई भाग्यमानि ठान्दा हुन्छहुन् त् सपनाहरु ठुलै देख्नु राम्रो हो ।

बिकास भनेको मानिसको चेताशील कला हो जस्तै रुप दियो त्यस्तै आकार बन्छ ।नबिन हुदै आधुनिक हुने रहर कसलाई नहोला र तै पनि माटो सुहाउदो बिकास अनि कृषि मा खास केहि कायापटल मात्र भयो भने पनि विकासले केहि गति लिने पक्का छ । सायद हामीले कोसिस गरेनौ त्यसैले बिकास भएन त्यो यथार्थ हो ।अलि बढी ब्यक्तिबादी भयौ यो साघुरो सोचाइ बाट देस बिकासको परिकल्पना सम्भव छैन। भएको श्रम जनशक्ति सबै बिदेसिएको बेलामा मुलुकले कसरि विकासलाई आत्मसात गर्ला र खै । स्थिर सरकार छैन मुलुकलाई अगाडी लाने बेला मा स्पस्ट भिजन छैन ।यस्ता महत्वपूर्ण कुरामा सबैको दुरगामी साथ् समर्थन को आबस्यकता रहन्छ । 

लेखक:  सानोठिमी क्याम्पस, भक्तपुरका स्वबियु सदस्य हुनुहुन्छ ।

Related Post

Advertisement