सुरेश प्रसाद निरौला
हाम्रो देश नेपाल न हिजो, न आज र न भोलि कसैको उपनिवेश थियो, छ वा हुन्छ । त्यसैले तमाम भारतीय जनताहरुसंग हामी नेपालीहरुको कुनै दुश्मनी छैन । हामीहरु दुई देश बीचको रोटि बेटीको सम्बन्ध मात्र होइन जाति, भाषा, धर्म, संस्कृति र संस्कारले पनि हामी दुवैलाई जोडेको छ तर भारतका केही शासकहरुका थिचाहा मिचाहा र हेपाहा प्रवृति भने गलत छन् ।त्यसैले होला उसले सिमाहरुमा चिन, पाकिस्तान, बंगलादेश, नेपाल लगायतका देशहरुसंग बेला बेलामा आफ्नो असली रुप देखाईरहेको बिश्वले नजिकवाट नियाली रहेको छ ।
भारतका केही मिडियाहरु, नेता वा अभिनेताहरु र केही आफुलाई विद्धवान भनाउदा बिध्वत बर्गहरुले दिएका अभिव्यक्तिहरु, सामाजिक संजाल भरि गरेका गाली गलौजहरु, लेख रचना र अन्तर्वार्ताहरु हेर्दा सुन्दा हामीहरु बीच कहिँ कतै भेट हुदा बोल्न पनि आफैलाई लाज लाग्ने गरि दोहोरी चलिरहेको देख्छु ।त्यसैले भनिन्छ नि 'बिनासश्च काले बिपरित बुद्धि'..................यही होला ।
तपाईहरुकाे भनाई नेपाल आमालाई आवश्यक लत्ताकपडा, खाना, औषधी वा अन्य विविध सरसामानहरु हामीहरुले नै खेपिराहेका छौ भन्ने हाे ? अनि हामीहरु ठुला, शक्तिशाली र सम्पन्न पनि छौ, बिद्धवान त् छदै छौ नि भन्ने पनि आदि आदि हाेला । अनि हामीहरुलाई हेप्ने, निहु खोज्ने र चाईनाको आड लिने ? त्यसाे भए अब हामी तिमीहरुलाई देखाईदिन्छौ भन्ने तपाईहरुकाे शब्द कति उचित र अनुचित हो मित्रहरु हो ? तपाईहरुको भनाई तपाईहरुको ठाऊमा ठिकै होला तर हुनेले नहुनेलाई नै दिने हो ।अनि तेरी आमा राम्री पो रैछ भनि त्यो गिद्दे दृष्टिका साथ मेरी आमाको अष्मिता नै लुट्न खोजे के ति छोरा छोरीहरुलाई सैह्रय होला र ? अनि त्यहि कुरा तपाईहरु माथि भए पनि सैह्रय हुन सक्छ र ? आखिर भरथेग थोर बहुत दुवै देशबाट भएकै होला नि होईन् र ?
भलै यहाँहरुको देश पनि ठुलै होला, यहाँहरु पनि शक्तिशाली नै हुनु हुन्छ होला, सम्पन्न पनि हुनुहुने नै भयो, यदी शक्तिकाे ऊन्माद भएकै हाे भने शक्ति सम्पन्न राष्टहरुसंग युद्धकाे घोषणा गरे भैहाल्यो नि । आखिर समयले आफ्नो अस्तित्व आफै देखिहालिन्छ नी होईन् र ? यही दम्भले होला अंग्रेजको उपनिवेशबाट मुक्त हुदा नहुदै आफ्नो विस्तारवादी नीतिले आफु आफैमा चोईटिदै टुक्रा टुक्रामा विभाजित भएकाे बिश्वका सबै मुलुकहरुले नजिकैबाट नियालिरहेका छन् तर जे होस् ..................नेपाल त्यसभित्र धेरै छिर्न चाहदैन ।
भारत सरकारलाई मेरो त् बिनम्र अनुरोध मात्र हो, हामीहरु दुबैका आ आफ्ना सबुत प्रमाणहरु लिएर एउटा टेबलमा बसौ, छलफल गरौ, प्रमाण पुगे आफ्नो हिस्सा लिउ, प्रमाण नपुगे छोडौ, समस्याको सामाधान सहमति, सहकार्य र संवादबाट मात्र हुनसक्छ । गल्लि गल्लीमा भुकाएर, अपशब्द प्रयोग गरेर, आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान हुदैन । छिमेकी राम्रो वा नराम्रो जे भएपनि फेर्न मिल्दैन् ।
तपाईहरुका ब्यवहारले जबर्जस्ती नेपाललाई चाईनाको पोल्टामा जान बाध्य नबनाईयोस् । हाम्रो देश त भारतका धेरै प्रान्तहरु मध्ये एउटा प्रान्त जत्रो मात्र छ त्यसलाई पनि कोट्याई कोट्याई खाने कोशिस नगर, यो तपाईहरुकाे ब्यवहारले तपाईहरुलाई नै महँगो पर्न सक्छ । भनिन्छ नि “मर्ता क्या नही कर्ता ” सके आफै गरौला नसके सहायता त माग्नै पर्यो नि हैन र ?
हाम्राे देश सानो छ तर यो देश आजसम्म कसैको पनि उपनिवेश बनेको छैन र बन्दैन पनि । यो आफैमा स्वाधीन ,स्वतन्त्र र निस्कलंक छ ।नेपालसंग सहनसिलताको क्षमता पनि प्रशस्त मात्रामा छ तर कमजोर भने पटक्कै छैन । एक पटक इतिहासलाई फर्केर हेर त् नेपाल र नेपालीहरुले भारतलाई गरेको सहयोग र सपोर्ट तपाईहरुले यो धर्तिमा कुनै मूल्यमा चुकाएर चुकाउन सक्नुहुन्छ र ?
आपसमा छलफल गरि समस्याको हल गर, तिललाई पहाड बनाउने कोशिस नगर, समस्याको हल तर्साएर, भुकेर होइन प्रमाणले मात्र हुन सक्छ ।नेपाललाई भाइ होइन् मित्रराष्टको ब्यवहार गर्न सिक्नुहोस । ''तपाइँहरु भेडे खुर्सानी हो भने हामीहरु जिरे खुर्सानी हौ ''। यो समस्या समयमै हल गर्न नसके खेल खेल्ने खेलाडीहरुले खेललाई अन्तै लान सक्छन् कतै चेत भया । श्री पशुपतिनाथले हामि सबैकाे कल्याण गरुन । जय हाेस । (यो लेखकको निजी बिचार हो । उहाको निजी बिचारले संस्थाको प्रतिनिधित्व गर्नेछैन )