जातित्वको नाममा डलरको खेती गरि सामाजिक र समग्र समाजलाई बिखण्डनको खेती गर्ने ठेकदारहरुको नाममा

अनलाइन दर्पण 2020-06-15
img

  सुरेश प्रसाद निरौला

असार -१,काठमाडौ “म सरकारको पक्ष वा विपक्ष होइन्”
आदरणीय आमा, बुबा, दाजुभाई तथा दिदी बहिनीहरु साथै फेसबुक, यूट्युब, ट्वीटर लगायतका सामाजिक संजालमा लेख–रचना, ईन्टरभ्यू प्रशारण गर्नेहरु, सडकमा जिन्दाबाद मुर्दाबादको नारामा तल्लीन समुदायहरु, कोरोनाको नाममा राजनीति गर्नेहरु, धमिलो पानीमा माछा मार्न पल्लेकाहरु, अनि केही सासंदहरु साथै दलीतको नाम बेचेर उठेका ठेकेदारहरु, दलितकै नाममा डलरको खेती गर्न पल्केकाको कुरा सुन्दा, लेख हेर्दा यो देशका केही राष्ट्रवादी जनताहरु आफै  कुरी कुरी लाग्ने गरी दिएका अभिव्यक्तीहरुले यहाँहरुको पनि मन छोएका होला तर मेरो सबैमा बिनम्र अनुरोध मात्र हो, बिगत र बर्तमानलाई मुल्याङ्कन गरी सही र गलत छुट्याउने कोशिस गर्यौ भने आखिर के सही र गलत हो भन्ने कुराहरु प्रष्टरुपमा छुट्टिनेछ ।

नेपालीमा एउटा उखान छ “ कागले आफनो  नाम आफ़ै काट्छ रे ”, “ आफु जस्तो छ उसले संसारनै उस्तै देख्छ रे” हो त्यसैले होला यो देशका केही सभासदहरु, नेता वा कार्यकर्ताहरु, ठेकेदारहरु, डलरेहरु, सत्ता प्राप्तीका लागी लागि परेका केही सडके जिन्दावाद– मुर्दावादहरु, साथै आफुहरुलाई विद्ववत बर्ग भन्न रुचाउने मानिसकै नामका केही कलङ्कहरु आखिर के भन्दैछन् त ?

हामी सबै तिन करोड नेपालीहरुलाई यो व्यवस्था मन नपर्न सक्छ, सरकारमा रहेका केही व्यक्तिहरु मन नपर्न पनि सक्ला तर ...................................।
- एमसिसीको बिरोधमा जुलुस निस्कन्छ तर त्यहाँ गणतन्त्र मुर्दावादको नारा लाग्छ । आखिर को हुन् ति व्यवस्थाकै विरुद्धमा उत्रनेहरु ? 
- शान्ति सुरक्षाको नाममा जुलुस निस्कन्छ तर त्यहाँ तोडफोड र अश्लिल शब्दहरुको प्रयोग हुन्छ को कसले र किन यस्तो गर्दैछन् ?
- राष्ट्रियता वा सिमा सुरक्षाको कुरा उठ्छ तर त्यहाँ उल्टै छिमेकी देशका शासकहरु सहि छन् हाम्रो देशको एक ईन्च जग्गा पनि मिचिएको छैन् बरु  नेपालका  शासकहरु नै बेठीक छन् भनिन्छ आखिर को हुन् ति त्यस्तो भन्नेहरु ?
- प्रतिपक्षमा रहेका पूर्व प्रधानमन्त्रीदेखी मन्त्रीहरु नै यो देशमा चैतर्फी भ्रष्टचार नै भ्रष्टचार देख्छन्  के यो पनि “ जस्तो आफु उस्तै च्यापु ” भने जस्तै त होईन र ?
- यो राज्यमा ठाँउ नपाएका केही भोकमरी बिद्धवान भनाउदाहरु  सहि र गलतको मुल्याङ्कन नै गर्न नसकी आफुहरुले खान नपाउदाको पिडाका अभिव्यक्तिहरु चैतर्फी छरिरहेका छन् त्यसैले होला सेतोलाई कालो र कालोलाई सेतो हो भन्दै प्रमाणीत गर्न खोज्दैछन् । अन्तमा यिनिहरु पनि सरकारसंग केही न केही बार्गैनिड्ड गरिरहेका छन् ।
- एकाथरीले खाए आफुहरुले खान पाईएन भनेर सत्ता, मन्त्री हामीहरुलाई चाहियो भन्दै सत्ता प्राप्तिका लागी सडकमा उफ्रने जमात पनि हाम्रै परिवार भित्रकै सदस्यहरु होलान । पहिले पहिलेका सरकारहरु पनि हामीहरुले देखेकै हो, अहिलेको सरकार पनि देखिएकै छ किनकी हाम्रो देशमा न हिजो राम राज्य थियो न आज राम राज्य छ । त्यसैले भनिन्छ नि “ नया“ जोगीले धेरै खरानी घस्छ ” त्यो आखिर त्यहि होला होईन मित्रहरु हो ? झै झगडा गर्नु, हत्या हिंसामा उत्रनु गलत मात्र होइन महागलत हो । हत्याको बदला हत्या नै गर्नु हुदैन् होला । व्यक्ति–व्यक्ति बिचको लडाइलाई दलित र गैह्र दलितका नाममा अफवाह फैलाउदै आफु–आफु बिच मिलेर बसेको समुहलाई जातिय द्वन्दमा लगेर उचाल्न खोज्नु कती सहि र गलत हो बेलैमा सोचौ । नघट्नु पर्ने घटना घटिसक्यो, अब घटनामा समावेस हुनेहरुलाई कानुनको दायरामा ल्याई कानुनी सजाय दिनु नै एकमात्र बिकल्प हो जस्तो मलाई लाग्छ । 

केही उत्श्रृखंल, अराजक र सामाजिक संजालहरुमा रमाउने फेसबुके भिडहरुको त कुरै नगरौ ती मान्छेका नामका कलङ्कहरु मात्र हुन् । यो रमाइलो गर्ने चिज हो की उपयोग गर्ने भाडो हो ? के यो देश फेसबुकेहरुले नै चलाएको हो ? सरकारका प्रवक्ताहरु पनि यिनै हुन् आफुहरु जस्ता छन् सायद सबैलाई उनीहरुले उस्तै देखेका होलान होईन् र ? नकारात्मक सोचका आधारमा बाँचेका केही मित्रहरुको दिमागमा गलत भन्दा अरु केही देखिदैन भन्थे अग्रजहरु । साच्चिनै देशैभर थोर बहुत यस्ता बर्गहरुको त समुह नै पो रहेछ । साथी हो सबै कुराहरुमा सकारात्मक नभएपनि केही सच्चाई प्रति गरेका कार्यहरुलाई भने अलिकती सकारात्मक भएर बोल्न सिक्ने हो की ? काम गर्न शुरु भएको छैन् भ्रष्टाचार देखीहाल्ने ? पाँच अरबको ठेक्का छ दश अरब भ्रष्टाचार भयो भनि हाल्ने । अनि यो सरकार भ्रष्ट, अनैतिक, अत्याचारी, दुराचारी हेरेकै बोलेकै नराम्रो भनि देख्नेहरुले आफनो कान, आँखा, मुख सबै बन्द गरे भइगयो नि मित्र हो । साथीहरु हो भ्रमबाट मुक्त हुनुहोस् । अहिले नै आकास खसिहाल्ने, पृथ्वी पल्टिहाल्ने, देशनै अर्काको पोल्टामा गइहाल्ने स्थिती आइहालेको जस्तो मलाई लाग्दैन् । यो व्यवस्था वा केही व्यक्ती मन नपरे जनताबाट अनुमोदीत गरी सरकार पनि बनाउन सकिन्छ होला तर बिना सबुत प्रमाण कसैले कसैलाई आरोप प्रत्यारोप भने नगरौ किनकी यो देशमा ति सबै भएका कमी कमजोरीहरुलाई हेर्ने निकाय बिद्धमान छ होइन र ? बरु संगठित हुनुहोस्, संगठन बनाउनुहोस्, त्यसमै तपाईहरुलाई सफलता मिल्नेछ । जनताहरु सक्षम र सचेत छन् यसमा मलाई कुनै शङ्कका छैन् अनि तपाईहरुलाई नि ? हरेक कुराहरुको सिमा अनि प्रणाली हुन्छ, यसैभित्र हिड्न सिकौं । औला ठडियाउन, थुतुनो चलाउन, आरोप प्रत्यारोप गर्न हामी सबैलाई आउछ तर कुरा यतीमात्र होकि “ केले टोक्यो भने के गर्नु हुदैन् भन्ने मात्र हो ” तिललाई पहाड बनाउने, आरोप प्रत्यारोप गर्ने , अश्लिल शब्दहरु प्रयोग गर्ने, अरुको अपमान गर्ने, इज्जत, इमान, धर्म नभएका यि नरपशुहरुको जती कुरा गरेपनि यसको केही अर्थ छैन् । अनि केही पित पत्रकारीताहरुको मात्र कुरा सुन्ने र हेर्ने हो भने अब यो देशमा पञ्चायत आइसक्यो, ज्ञानेन्द्र राजा, सडकेहरु मन्त्री बनिसके, गणतन्त्रको अन्त्य भईसक्यो के यही कुरा सत्य हो ? कुनै चिजको  जन्म भएपछी त्यसको मृत्यु निश्चित छ , यो ध्रुब सत्य कुरा हो । बहुदल हुदै गणतन्त्र आएको पनि ३० वर्ष नाघिसक्यो, जनता र राष्ट्रको अहित हुने कार्य गरे भने केही वर्ष त टिक्लान तर राष्ट्र र जनताको जनहितको कार्य गरे यो सरकार लामै समयसम्म परजान सक्ला तर यो गणतन्त्रबादी पार्टीहरु, नेता वा कार्यकर्ताहरुको कार्यशैलीले तय गर्ने कुरा हो । जनताहरुको मनछुने कार्य गरे केही समय टिक्लान काम गर्न नसके अरु कोही आउलान यो ठूलो कुरा भएन किनकी राज्य संचालन गर्न भारत र चिनबाट आयतित हुने होईन् नेपालभित्रबाटै हाम्रै सन्ततिहरुले राज्य संचालन गर्ने हो ।

त्यसैले सरकारमा रहेका सरकारबादीहरुले पनि निर्णय गर्दा घर चलाए जस्तो होईन देश चलाए झै चलाउन सक्नु पर्दछ । सामुहिक निर्णय, व्यक्तिगत जिम्मेवारी, सहकार्य, सहमति र सम्वादलाई प्राथमिकतामा राख्ने, पार्टीभित्र निर्णय गरी सरकारबाट कार्यान्वयन गर्ने बिधी अपनाउने, प्रतिपक्षहरुलाई पनि साथमा लिएर हिड्ने बानि बसाउने, गरेका सबै कामको पारदर्शिता अपनाउने, आरोप प्रत्यारोप, दम्भबाट मुक्त रहने, सरकार जनताको आँखाको तारो होईन आँखाको नानि बनेर चल्न सक्नुपर्छ । यदी यिनै कार्यहरु गरे जुनसुकै सरकार भए पनि लोकप्रिय भई जनताहरुमै समाहित हुन्छ होला जस्तो मलाई लाग्छ  तर केही कान सुन्ने तर बहिराहरु, आँखा त देख्ने तर अन्धाहरु, सबै मान्छे त हुन तर नरपशुहरुको भने कुरै नगरौ यतिसम्म की अफिसको कोठामा राख्ने कार्पेट, पर्दा, सोफा, टेबल, कुर्सी आदीको कुरा उठाउने र राष्ट्रपती, प्रधानमन्त्रीको नाम जोड्नु भनेको दरिद्रताको पराकाष्ठ हो अफिसको प्रणालीको ज्ञानसम्म नभएका, अझ उड्ने देखी गुड्नेसम्मको कुरा उठाउनु भनेको अर्को बहुलट्ठीपन हो, ज–जस्ले यि सबैकुरा उठाइरहेका छन् यि सबै कुरा उठाउनेहरुले नै भोली त्यो ठाउँमा पुगेभने उसले पनि गर्ने त्यही कार्य नै हो । त्यसैले आफुले राम्रो काम गरौं, भ्रष्टाचार नगरौं, पारदर्शी बनौं, योग्यता अनुसारको जिम्मेवारी दिउँ, हाम्रो होईन राम्रो मान्छेको छनोट गरौं, कहिले काही जति गरेपनि सबैको चित्त बुझाउन सकिदैन् त्यसैले भनिन्छ नी.................................................“ काग कराउदै गर्छ–पिना सुक्दै गर्छ ”, “ कुकुरहरु भुक्दै गर्छन्–हात्ती लम्कदै गर्छ ” भन्ने उक्तिलाई आत्मासाथ गरी अगाडी बढौं । अस्तु

Related Post

Advertisement