यु विल डाइ सिङ्गल 

अनलाइन दर्पण 2020-08-22
img

  हरीकृष्ण साेडारी

शनिवारको दिन, भोलि त छुट्टी छ। बिहान हतार गरेर उठ्नु पर्ने त छैन नी। यस्तै सोचेर शुक्रबार बेलुकी अबेर राती सम्म निदाइन। साथीभाइहरुसङ्ग च्याटमा गफिएँँ। अँँ साची साथी भाइहरु पनि नयाँ । पुरानो साथीहरु आजकाल अलिक बोल्न छाडेका छन । समय र परिवेश सङ्गै साथ दिनेहरु पनि परिवर्तन हुँदा रहेछन । यसो भनिरहदा पुराना साथीहरु सबै बोल्न छाडेका पनि हैनन।जहाँ आत्मीयता प्रगाढ हुन्छ त्यँहा समय र परिवेश गौण हुँदा रहेछन। केही यस्ता साथीहरु पनि छन , समय र परिवेशको अलवा वेलावेला सम्झिन्छन।

आँखामा परेलीको ढकनी घरी लाग्थ्यो घरी उग्रन्थ्यो। हातवाट मोबाइल झर्यो, झसङ्ग भएँँ। दिमागमा यादव सरको तस्वीर आयो,रातको समयमा मोबाइल चलाउदै गर्दा निद्रामा परेको वेला उहाँको हातबाट त्यसरीनै मोवाइल झर्थ्यो।इन्ट्रन्शिप को दौरानमा कलैया बस्दा थाहा पाएको। एकचोटि जिस्किन मन लागेर उहाँलाई मेसेन्जर मा चेक गरेँँ। अफलाइन देखेसी म पनि अफलाइन भए ।

शनिवार बिहान अबेला सम्म निदाउने योजना बनाएर सुतेको म तीन बजे नै बिउँझे । निद्रा हट्यो । उज्यालो भयो। जिउ भारी भएको जस्तो भयो। खाना खाइसके पछि आराम गर्नको लागि बसियो, मोबाइल साथमा भएसी नछोइ बस्न नसकिने। हाम्रो पात्रोको ताजा समाचार हेर्दै थिएँँ अचानक पाखुरा दुखे। फुर्सदमा डाक्टरलाई भेट्नु पर्यो भन्ने सोचेर नागरिक अस्पताल गएँँ। मस्कुलर पेन भएको भनी औषधि लेखाइदिए, औषधि लिएर घर फर्के।

अरनिको राजमार्ग, अलिक पर आकाशे पुल, चोकमा जेब्रा क्रसिङ्ग अनि सडकको छेउमा दुई जना ट्राफिकको दृश्य अवलोकन गरेँँ। जेब्रा क्रसिङ्गबाट बाटो काट्नै लागेको थिएँँ, दुई वर्ष अगाडी कौसलटारको चोकमा ट्राफिक पुलिससगँँ परेको विवादको याद आयो। जेब्रा क्रसिङ्गबाट हिड्दा पनि पुलिसको वचन बेहोर्नु परेको थियो। अब पुलिसको वचन कस्तो हुन्छ तपाइँहरुलाई मैले भनिराख्न पर्दैन जस्तो लाग्यो। अनि अलिक परको आकाशे पुलबाट बाटो क्रस गरेँँ। घर तर्फ आउदै गर्दा वाटोमा दुई महिला अलिक अगाडि म जाँदै गरेको दिशातर्फ हिड्दै गरेको देखेँँ ।

शरीर आकर्षक कपडा र गहनाले सजिएका थिए। लाग्यो अब यसपालिको तीज नजिकिदै छ। शरिरले थेगिनसक्नुको गहना लगाएर गफिदै हिडेका दुई महिलाको आवाज नबुझिदो गरि सुन्न थालेँँ, सायद मेरा पाइला अलि चाडो लम्किए। आवाज यस्तो सुने "छोरी त्यो के भन्छन नि BBA पढेकी छ, अब खै के पो पढ्नु पर्छ भन्दै छ" अर्को महिला ले भनिन "MBA पढ्ने अरे?" जवाफमा " हो त्यही पढ्ने अरे, अब दस लाख लाग्छ अरे, म त दस लाख खर्च गराएर पढाउन सक्ने केटो पाए छोरीको बिहे त्यही सङ्ग गरिदिन्थे"। मेरो र ती महिलाको आँखा जुधे। हतार हतार मुन्टो फर्काएँँ। के छ त विचार दस लाख खर्च गर्ने हो भनिन भने? दिमाग ले सोची हाल्यो। अलिक अगाडि बढ्दै गर्दा अर्को आवाज सुने " छोराको विहे चाहिँ कहिले गर्ने?" उत्तर पनि सुनेँँ "अब MBA सकेर बसेको छ त्यही लेवलको केटि भेटियो भने त्यस्को पनि बिहे गरिदिने हो "। आवाज मधुरो हुँदै गए, भनौ या म धेरै अगाडि बढिसकेँँ।

मनमा तीन जना पुरुषहरूको कल्पना गरेँँ। एक त्यो MBA पढाउनको लागि खर्च गर्ने, अर्को MBA गरिसकेकिलाई भित्र्याउने, र अर्को म आफै । मनले भन्यो पहिलो पुरुषलाई, बिचरा तँँ ।दस लाख खर्च गर्नु पर्ने छ, आफू पढ्दा कति खर्च गरिसहोला। दोस्रोलाई पनि मनले भन्यो त कति भाग्यमानी, कुनै दु:ख गर्नै परेन। आफुले आफैलाई सोधेँ तैले त्यो महिलाको शरिरमा लगाएको गहना हेरिस, MBA पढाउन लाग्ने खर्च त त्यही झुन्डिएकै छ। अनि सोचेँ तीनकी छोरी तिनकै मर्जी । दुनिया कति स्वार्थ छ। कम्तिमा दस लाख अब तत्काल जोरजाम गर्नु पर्ने रहेछ। नत्र केटा यु विल डाइ सिङ्गल। फेरि सम्झेँँ, मलाई विवाह भन्ने शब्द मन पर्दैन भन्दा कसैले भन्थ्यो त्यही वाक्य "यु विल डाइ सिङ्गल"। म पनि जवाफ दिन्थे "मर्ने त आखिर एक्लै हो" ।-लेखक साेडारी नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ ।

Related Post

Advertisement