नेपाल कम्युनिस्ट पार्टीमा नेतृत्व र कार्यकर्ता बिचको एकता आजको अपरिहार्यता

अनलाइन दर्पण 2020-08-30
img

  सुरेश निरौला

अहिलेको हाम्रो नेकपा अनि नेतृत्व, नेता र कार्यकर्ताहरु :- 

केहि केहिमा देखिएको अहंकार र कुण्ठाले ग्रसित मनस्थिति, हामी होइन, म र मेरो भन्ने प्रवृति बढ्नु , एक अर्कामाथि अविस्वास हुनु , एकले अर्कोलाई आत्मसाथ गर्नै नसक्नु, आत्मियतामा ह्रास आउनु, आफ्नो जिउको भैसी नदेख्नेले अर्काको जिउको भने जुम्रा समेत देख्नु, पार्टी भित्रका आफु समानका नेतृत्व वा नेताहरुलाई आदर सम्मान गर्ने प्रवृतिमा खडेरी पर्नु, पुंजीबादले लिने बिभिन्न रुपहरु मध्य हाल चलिरहेको पुंजिबादले कम्युनिस्टहरुलाई पुंजिबादको बिरोधि होइन त्यसैको दास बनाउन पुंजिबाद सफल हुनु I

नेता कार्यकर्ता भित्र पनि पार्टी कामको प्रतिस्प्रधा होइन त्यो भन्दा पनि आफु लाई कहाँबाट आर्थिक लाभ हुन्छ त्यसै भित्र लाभको प्रतिस्पर्धामा तिब्रता बढेर आउनु, पार्टी भित्र पनि राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राख्न थाल्नु , गुट भित्रको चै हुनुपर्यो उसले जे बोले, लेखे, गरे पनि कारबाही होइन छुट वा पुरस्कृत गर्ने प्रवृतिको हाबी हुनु , पार्टी होइन गुट चलाउन तल्लिन हुनु, पार्टी कामलाई भन्दा पद प्रतिष्ठालाई प्राथमिकतामा राख्न थाल्नु , कसैलाई काखैमा त् कसैलाई पाखैमा फाल्ने कोसिस गर्नु , एउटालाई जिम्मेवारी नै छैन तर अर्कोलाई भने दुई-चार ओटै पगरी थमाई दिनु, आफु बाहेक अरु सम्पूर्णलाई असक्षम, अयोग्य, अपराधी, अनैतिक, अराजक, भ्रष्ट, बिदेशी एजेन्ट आदि देख्न थाल्नु I मन पर्दा मानबलाई देवत्वकरण गर्ने र मन नपर्ने बितिकै रक्षेसीकरण गरि हाल्ने प्रवृतिको हाबी हुनु ।                         

म को हु ? मेरो हैसियत के हो ? भन्ने कुरालाई बिर्सीएर नेतृत्व, नेताहरुलाई तथानाम गाली गलोजमा उत्रीहाल्ने प्रवृतिको हाबी हुनु I पार्टी बिधान , बिधि , पद्तीलाई पन्छाएर म भन्ने विचारलाई प्रसय गर्न खोज्नु , मल्टी पार्टी सिस्टममा पार्टी नै सर्बोपरी हो भन्ने कुरा को ख्याल नगर्नु ,व्यक्ति गौण हो – पार्टी भित्र व्यक्तिहरु आउछन् जान्छन तर पार्टी भने रहीरहन्छ भन्ने कुराको हेक्का नराख्नु , पार्टी वा सरकार भित्र स्वार्थ समूह वा बिचौलियाहरुको हाली मुहाली बढ्नु, जबजलाई जबजको वास्तविक मर्म अनुसारको ब्याख्या गर्नु भन्दा पनि आफ्नो निहित स्वार्थ अनुसारको ब्याख्या गर्न खोज्ने प्रवृतिको हाबी हुन ।                                                                               

कोरोना, बाढि, पहिरो, राहत् , उद्वार आदिको सोलुसन खोज्न छोडी आन्तरिक द्वन्दमा नेता कार्यकर्ताहरु फस्दै जानु, जनता , राष्ट्र र राष्ट्रियताको त् कुरै छोडौ – आरोप प्रत्यारोप मै सबैजना रमाईरहनु आदि I 
अब पनि हामीले समयमै ख्याल गरिएन भने – जन्मे पछि मृत्यु निश्चित छ अलिक अगी र पछि मात्र हो भने जस्तै सरकार त्

राणाहरुको पनि थियो तर गयो, शाहहरुको त् यहाँहरुले नै फ्यालेकै हो , अनि देशमा यस्तै भइरहे यो गणतान्त्रिक सरकार पनि के हुन्छ भन्न सकिन्न I

सामाजिक संजालभरि फेसबुक , अनलाईन , ट्वीट, आदिमा यहाँहरुले सुन्नु-हेर्नुभएकै होला, कहिले दलित वा छुत् – अछुतको कुरा उठाउने, कहिले जाति-जनजातीहरुको बिषयलाई लिएर अगाडी आउन खोज्ने त् कहिले अल्पसंख्यक वर्गको अनि कहिले छेत्री – बाहुनहरुलाई सत्वसराप गर्दै दिएका अभिव्यक्तिहरु, अनि सबै पार्टीका अगुवा नेतृत् वा नेताहरुको मन-मर्दन गर्दै झन्डा जलाउने , अपसब्द प्रयोग गर्ने, काट्छु, मार्छु भन्ने त् यो सामान्य भैसकेकै कुरा हो I यी सबै कुराहरु सुन्दा यहाँहरुलाई सामान्य नै लाग्ला तर यो तपाईहरुले सोचेजतिमा मात्र सिमित हुन्छ जस्तो मलाई लाग्दैन ।  

यो एउटा भयानक जातियता, क्षेत्रियता, बिविधताको द्वन्दमा परिणत हुन खोज्दैछ I हाल यसको भोलम सानै होला त्यसैले सरकारले पनि यसलाई सामान्य रुपमै लिए जस्तो मलाई लाग्छ तर जब यसले आफ्नो असली रुप लिन्छ नि त्यसपछि सम्हाल्छु भन्दा पनि हाम्रो हात बाट टाढा गैसकेको  हुनेछ I किनकि हिजोका ति दिनहरुलाई सम्झनुहोस् त् हामीहरुनै हिजो कहाँ थियौ र आज कहाँ छौ ? तिनै नेपाली जनताहरु हुन् हिजो पूर्व राजालाई फुलका थुंगाले स्वागत गर्थे तर तिनै जनताहरु हुन् केहि समय बित्न नपाउदै उनैलाई ढुंगाले स्वागत गर्न पुगे I आज हामी भित्र पनि राजसी ठाट-बाट र स्वभाब बढ्न थालेको जस्तो देखिन्छ I देश र जनतालाई भन्दा पनि पद, गुट, म, अनि पार्टी भन्दै मात्र हामीहरु हिडेका छौ तसर्थ खासै आसलाग्ने खालका त्यस्ता कुनै कार्यहरु पनि भय जस्तो देखिदैन अनि हामीहरु र उनीहरुमा के फरक हुन सक्छ र ?

त्यसैले अब नेकपालाई पाटि बाट "पार्टी" बनाउने हो भने यी माथि लेखिएका, देखिएका, गरिएका, लागेका, भएका, भनिएका आदि यी सबै तमाम कुराहरुलाई मध्यनजर गर्दै हाम्रा नेतृत्व-नेता-कार्यकर्ताहरुले अब उप्रान्त सरकार वा पार्टीभित्र रहनुहुने सबैले सचिएर, समालिएर, भएका-गरेका गल्ति कमि-कमजोरीहरुको महसुस गर्दै पुनः यस्ता खाले गल्ति नगर्ने प्रतिबद्ताका साथ अगाडी बढ्ने हो भने मात्र पार्टीले पुनर्जन्म लेला अन्यथा उखानमा जस्तै – " आफ्नो बानि को छोड्छ – अर्काको बानि को लिन्छ " भनि सर्वाङ्ग नांगीएर नाच्न थाल्यौ भने पाटि चाही रहला तर अब " पार्टी " भन्ने चाहि रहदैन I यो खाली एउटा मासबेस पाटिमा परिणत हुनेछ I यदी हामी सबैलाई समयमै यो चेत भया I 

Related Post

Advertisement