हिन्दु सनातन धर्मले मानवीय जिबन संचालनको आधारभुत ज्ञान प्रदान गर्दछ

अनलाइन दर्पण 2020-09-06
img

  सुरेश प्रसाद निरौला

 " धर्मको बारेमा छोटो बिबेचना "

क) अरु अरु क्षेत्रको जस्तै धर्मको क्षेत्रपनि एउटा महासागर हो I यो संसारमा जसलाई जहाँ, जुन ठाउमा हेलिन मन लाग्दछ त्यसले त्यसै ठाउँमा डुब्दै सागर महा-सागर हुदै मुक्ति वा मोक्ष् प्राप्तिका लागि "चिज एक तर नाम अनेक " प्रभु , परमात्मा, परमेश्वर, गड, अल्ला, देबी, देवता, आदि नामले पुकार्दै "धारण" गर्न सक्ने फलामे अनुसासनलाई नै धर्म भनिन्छ जस्तो मलाई लाग्छ I 

जसरी समाजभित्र एउटै लक्ष्य र उदेश्य बोकेर हिडेका पार्टीहरुले भिन्न भिन्न नाम राखेझैँ यो धार्मिक क्षेत्रमा पनि सबैको एउटै उदेश्य-लक्ष्य भएता पनि पार्टीहरु जस्तै धेरै नामकरण गरि संस्थाहरु खोलिएका छन् I यो संसारमा इश्वर एउटै मात्र हुन्छ तर इश्वरलाई धारण गर्नेहरुले भने बिभिन्न नामले पुकार्दछन् I

जन्मिने, जन्माउने, खाने, हिड्ने, गरिने यी आदि इत्यादी कुराहरु पशु र मानबमा उस्तै उस्तै भएता पनि मानिस एक चेतनशील, बिबेकसिल, अद्ध्यनशिल, धार्मिक, ज्ञानगुनले परिपक्क भएको हुदा ऊ मानव कहलिन पुग्यो भने पशुहरुमा अरु माथि उल्लेखित चिजका अभाबले जनावरमा परिणत हुन् पुगे तर जब मानबलेनै जुन दिन देखि पशुसमान ब्यबहार गर्न थाल्दछ त्यसैबेला देखिनै उ मानब भएता पनि उसलाई पशु सरह नै हो भन्ने गरिन्छ I 

ख) धर्मको क्षेत्रमा पनि अरु अरु जस्तै राम्रा र नराम्रा दुवै पक्षहरु हुन्छन, त्यसैले हामीहरु सबैले राम्रा पक्षहरुलाई आत्मासाथ गर्दै समय र परिस्थिति अनुसार नराम्रा कुराहरुलाई छोड्दै जानु पर्दछ I यहाँ नेर पोलिटिकल पार्टीहरु र धार्मिक नामहरु पनि उस्ता उस्तै देखिन्छन् जस्तै :- नेकपा, कांग्रेस, राप्रपा, राजपा, फोरम, माओ, कमुनिस्ट, बिबेकशील आदि आदि भने जस्तै धर्मको क्षेत्रमा पनि निम्बार्क, रामानुज, माधबि, कृपालु वा गौडी, गीता, त्रिडण्डी यस्तै यस्तै नामहरु छन् I   

ग) यसैले जसरी सबै पोलिटिकल पार्टीहरु वा धार्मिक संस्थाहरुको एउटै मेन लक्ष्य र उदेश्यहरु हुन्छन जस्तै :- जनता र रास्ट्रको सर्बोपरी हित, जाति, भाषा, धर्म, संस्कृति, रिति-रिवाजको सम्रक्ष्ण र सम्बर्धन गर्नुको साथै धर्मको रक्षा र पितृ मुक्ति, नैतिकवान समाजको सृजना गर्नु आदि धर्मका लक्ष्य र उदेश्य हुन् I अनि यी दुवै थरिका लक्ष्य-उदेश्यहरु एकातिर छन् भने अर्कोतिर म ठुलो कि त् ठुलो, त् राम्रो कि म राम्रो, भनि उचित अनुचित प्रसंगहरुका नाममा एक धर्मले अर्को धर्मलाई औला ठडियाउने, आरोप-प्रत्यारोप गर्ने कार्यहरु मात्र भएको देखिन्छ तसर्थ मित्रहरु हो जसरि सबै पार्टीहरु एकठाउँमा - एकनाउमा उभिन सकेनन त्यसै गरि यी धार्मिक संस्थाहरु पनि एउटै नाम र ठाउँमा उभिन नसकेका मात्र हुन् I समय र परिस्थितिले भोलि के हुन्छ कसैलाई थाहा छैन I बिज्ञान म ठुलो छु भन्छ भने धर्म पनि म ठुलो हु भन्छ तर जे होस् - सामान्य हामीहरुले भोगेका, देखेका कुराहरु मात्र हेर्ने हो भने पनि ठुलो को हो आफै छुटीन्छ I १०, ५०, १०० बर्ष लगाएर गरेका विकास निर्माणहरु एउटा : भुइचालो, बाढी-पहिरो, रोग-महामारीले क्षणभरमै तहस नहस गरिदिन्छ भने मानबहरुलाई मृत्यु सैय्यामा पुर्र्याइदिन्छ I बिश्वका शक्ति रास्ट्रहरुमा कोलाहल छाउछ, त्यसैले यो निराकार संसारमा धर्मको पनि आफ्नो महत्व छ र विज्ञानको पनि आफ्नै महत्व होला त्यसैले आ-आफ्ना ठाउँमा हामी सबैको आ-आफ्नै खाले महत्व हुने गर्दछ I त्यसैले एकले अर्कोलाई रक्षा, सम्मान र सम्बर्धन गर्न सिकौ र सिकाउ I

घ) त्यसैले हामीहरुले जसलाई – जे जसरि मान्दै आएका छौ त्यसैगरी सबैले सबैलाई मान्दै जादा मात्र हामी सबैको कल्याण हुने देखिन्छ अन्यथा धर्मको रक्षा हुनुको साटो यसको बिनास भने निश्चित छ तसर्थ धर्मका नाममा मानिसहरुलाई -

• जबर्जस्ति धर्म परिबर्तन गर्न नलगाउनु होस,

• सबै धर्मको सम्मान गर्ने कोसिस गर्नुहोस्,

• ईश्वर, प्रभु, परमात्मा, देबी, देवता, अल्ला, गड आदि जे भने पनि ईश्वर एउटै हो, खाली यिनका स्वरुपहरुलाई कल्पना गरि धारण गर्ने तौड-तरिका मात्र फरक छन् I 

• जसलाई जे पुकार गर्दा आनन्द आउछ – त्यसले त्यसै गर्दा राम्रो हुन्छ,

• सबै ठाउँहरुमा राम्रा र नराम्रा दुवै गुणहरु बिधमान छन्,

• धर्म भनेको धारण गर्ने एउटा फलामे अनुसासन हो,

• धर्म भनेको एउटा विधान, बिधि, पद्ती, अनुसाशन, सहमति, संबाद र सहकार्यको संस्कृति मिसिएको एउटा प्रणाली हो I

• हामी पनि मनलाग्दा यस भित्र छिरौ – यदी मन लाग्दैन भने यसभित्र नछिरौ तर यसको मान गर्न सक्दैनौ भने यसको अपमान पनि नगरौ I 

• धर्म भनेको – विश्वास, निष्ठा, त्याग, तपस्या र समर्पण हो,

• धर्मका नाममा – मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद जस्ता आदि नामहरुले पुकारिन्छ I

• धर्म – निराकार प्रभु, परमात्मा, ईश्वर, अल्ला, गड, देवी, देवता आदिको नामले कल्पना गरि धारण गर्ने एउटा अलौकिक शक्ति र अनुसाशन हो भने यसभित्र – विश्वास, समर्पण, निष्ठा, त्याग र बलिदानिले आत्मसाथ गरेको हुन्छ, त्यसैले यस भित्र अनन्त गुणहरुपनि लुकेर बसेका हुन्छन तर विश्वास गर्ने नगर्ने भन्ने कुरा भने व्यक्ति व्यक्तिहरुमानै निर्भर पर्दछ I

ङ)   मित्रहरुहो म एक बैदिक सनातनी हु I हाम्रो बेदले के भन्छ भने जस्तै :-

" ऊँ सह नाववतु , सह नौ भुनक्तु

सह विर्य करबावहै, तेजस्वि नाव

धितमस्तु मा बिद्वीषावहै "

" तमस्योर्मा – ज्योतिर्गमय

मृत्योर्मा – अमृतगमय

असत्योर्मा – सत्यगमय "
   
 " सर्बे भवन्तु सुखीन सर्बे सन्तु निरामय 
 सर्बे भद्राणी पस्यन्तु मा कस्ची दुःख भाग भवेत् "

बेदले नै सम्पूर्ण मानव, जीव र जीवाणुहरुलाई सम्रक्ष्ण गरेको छ I यसले कसैलाई काखा र कसैलाई पाखा पनि गरेको छैन I सनातन बैधिक धर्म भनेको पृथ्वीको उत्पति संगै जोडीएर आएको धर्म हो I यसले सबै धर्मावलम्बीहरुलाई समान दृस्टीकोणले हेर्दछ, किनभने यो मेरै घरको एक उदाहरण पनि हो I मेरो पुजनीय हजुरबुवा-हजुरआमा, बुबा-आमा, दाजु-भाउजु, भाई-बुहारी, दिदि-बहिनिहरु साथै सम्पूर्ण परिवारनै आ-आफ्नो धर्मको मार्गमा चल्दै-चलाउदै आउनु भएको छ भने मेरो हजुरबुवा, बुबा, काका, दाजु, भाईहरु ब्यासासनमै बसी पुराण, भागवत्, पाठ, पुजा आदि सबै गर्नु हुन्छ I

तसर्थ धर्मको गहिराईमा नगई माथि माथि पौडीएर मात्रै अल्पज्ञानले अरुहरुलाई आरोप-प्रत्यारोप, अपहेलना गर्ने कार्य किमार्थ नगर्नुहोस I कसैको सम्मान गर्न सक्नु हुन्न भने – अरुको अपमान पनि नगर्नुहोस I धर्मका बारेमा दुई शब्द बोल्नु पर्दा सर्बप्रथम त्यसको गहिराई भित्र छिर्नुस, अनि त्यसको अध्ययन गर्नुहोस्, तर्क-बितर्क सहित तार्किक प्रमाणहरु तयार गर्नुहोस, अनि मात्र बाहिर आएर बोल्दा राम्रो होला नत्र भने नेपालीमा एउटा उक्ति छ नि :- 

"कुण्ड कुण्ड पनि – मुण्ड मुण्ड बुद्धि " भने जस्तै आखिर तपाईहरु पनि त्यहि ठाउँमा पुग्नुहोला – "जय राधे स्याम"

-अस्तु    

सम्बन्धित समाचार

Advertisement