प्रीय जिन्दगी

अनलाइन दर्पण 2020-09-12
img

  हरिकृष्ण सोडारी

जीवनको यात्रामा आउने अनेकन चाप, ताप र रापको चेपबाट चिहाएर हेर्दा देखिएका तीतो सत्यलाई लेख्दै छु। हरेकका आफ्नै जिउने तरिका छ्न। कोहि मरेर जिउदै छन, कोहि जिएर पनि मरेतुल्य छन, कोहि जिउनु न मर्नुमा छन। आकाश उहि छ, धर्ती एउटै छ। एकले ताप्ने घाम अर्को ले नि ताप्छ। एकले आभास गर्ने जुनको सितलता अर्कोलाई उहिनै छ। फरक यति छ, कोहिलाई घामले पनि सितल दिन्छ भने कोहिलाई जुनको रापले भतभती पोलेको छ। म पनि त्यही भिडमा छु। कोलाहल छ, यहाँ चिनेर पनि चिन्दैनन। बुझेर पनि बुझ्दैनन। देखेर पनि देख्दैनन। सत्य सत्य रहेन । झुट सत्यसावित गराउन तल्लिन छन । हो म त्यही भिडमा छु जहाँ यो मेरो हो भन्दा त्यो तेरो भन्ने आँँट गर्दैनन। यो झुटको दुनिया बाट सम्झिदै छुँ। डियर जिन्दगी, मीठो सम्झना।

हो तिमि गोरेटो थियौ, मलाई राजमार्ग चाहियो। तिमी कलकल बग्ने कुलो थियौ, मलाई समुन्द्र चाहियो। तिमी कंचन हावा थियौ, मलाई बेमौसमी बतास चाहियो। यस्तै यस्तै आवश्यकतामा रुमलिदा मैले गोरेटो त्यागेछु पत्तो भएन। मलाई हिड्न गोरेटो काफी थियो, पिउनको लागि कुलोको पानी काफी थियो। जीवनको अन्तिम क्षणसम्मको लागि एकमुठ्ठी श्वास चाहिन्थ्यो, वतासको आतंक हैन। मुरलीको धुनमा मन्त्रमुघ्न तिम्रा चम्किला मुहारलाई लत्याएर वनावटी धुन बजाउदै अनेकन मुहार चम्काउन खोजेछु, कहिल्यै चम्केनन। डियर जिन्दगी, राधा जस्तो तिमिलाई त्यागेर अनेकन गोपिनी नचाउन पुगेछु, नहास्नेहरुलाई हसाउन खोजेछु। प्रभाव, दबाब र अभावको आतंक छ यहाँ । तिम्रो सङ्गतले भनौ या अरु केही, यी तीन कुरालाई मैले कहिल्यै सम्झौता गरेको छैन।

ठेली लिखित छ, ठेलीको अलिखित अर्थ अर्थ्याउदै ठूलो भिडको गज्जबको ठेलाठेल ले ठेलागाढामा जिन्दगी बाजि थाप्नेको ठेलिएको जीवनकथा सुन्ने फुर्सद कसैलाई छैन यहाँ ।

कति स्वर्ग थियो त्यो बालापन। खुला थियो, उदङ्ग पटक्कै हैन। स्वतन्त्र थियौँँ, अराजक अलिकति पनि हैन। भय र चिन्ता सोचाइको शब्दकोषबाट अलग थिए। कोहिकसैले कोहिमाथि कुनै किसिमको सङ्का गर्थेन। बाबुको काख मायाको भण्डार थियो। वरपर छरछिमेक, साथीभाइ, इष्टमित्र सबै शब्दजस्तै अर्थ दिने थिए। परदेशबाट आउने बटुवा एक अथिती हुन्थ्यो, सत्कार संंस्कार थियो। शिक्षक असलमै गुरु थिए। सारमा भनौ, साच्चै त्यो सस्कृति एक चोखो कृति थियो। हरेकले पढ्दा आफूलाई सफा महसुस गर्थ्यो। कोहि कसैलाई पर्दा र कोहि कसै कहि कतै मर्दा सबैको काँँधमा काँँध हुन्थ्यो। आवाज शक्तिमा रुपान्तरित हुन्थे। यसरी भनौ- डियर जिन्दगी साच्चै दाँँई हुन्थ्यो, मियो विचमा।

यहाँ त भनौ? बाबुको काख काख रहेन। पाठोले आफ्नो घरमा बस्न पाएन। दिन रात जस्तो, रात झनै निष्पट्ट। चारैतिर उदङ्ग छ। स्वतन्त्रताको धज्जी उडेका छन। शब्दकोशको पहिलो पन्ना भय र चिन्ताको अक्षरले ढाकिएका छन। सादार आदरार्थी शब्दका अर्थ परिवर्तित हुन थालेका छन। बटुवाले बास बसेकै आधारमा अंंश खोज्छ। शिक्षकका आँखा धमिला भएका छन, गुरुले चेला देख्दैन अरे। अतिथि दिनदाहडै लुटिन्छ यहाँ । निर्दोष त्यसै चुटिन्छ यहाँ । उकालोलाई ओरालो ओरालोलाई उकालो देखाइ धर्कपट रचिन्छ यहाँ। सस्कृतीको खिचडी भकभक उम्लदै छ। कृतिहरु किर्ते हुँदै छन। व्यवसाय मज्जाले फस्टाएको छ, स्वार्थको व्यवसाय । ठेली लिखित छ, ठेलीको अलिखित अर्थ अर्थ्याउदै ठूलो भिडको गज्जबको ठेलाठेल ले ठेलागाढामा जिन्दगी बाजि थाप्नेको ठेलिएको जीवनकथा सुन्ने फुर्सद कसैलाई छैन यहाँ ।

डियर जिन्दगी, दुखमा मात्र सम्झन्छ नसोच्नु। यात्रा असहज पक्कै हो तर हारेको छैन। अनेकन गोपिनीका साथमा रहेपनी उही राधाका हरेक गुण सम्झदै हरेकको अनुहारमा राधा खोजिरहेछु। समुन्द्रमा तैरिए पनि कलकल कुलोको पानी खोजिरहेछु। वतासको झोँकामा उहीँ कंचन हावाको स्पर्श महसुस गरिरहेको छु। राजमार्गको धरातल गोरेटोनै हो अनुभुत गरेको छु। विकृतिको वि लाई काटेर कृतिलाई संंस्कारी स थपी सुसंंस्कृत समाजको परिकल्पना अझै जिउदै छ। दबावको वहाव र प्रभावको भावलाई आङ्कलन गर्दै अभावको स्वभावलाई दुर गर्न तल्लिन यात्री जुनसुकै बेला तिम्रो आलिङ्गनमा झुलिने छु। डियर जिन्दगी ।-लेखक साेडारी नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ ।

Related Post

Advertisement