म:म सम्बन्धि ५ राेचक तथ्यहरु

अनलाइन दर्पण 2019-09-03
img

काठमाडौं । ‘मेनु पल्टाई–पल्टाई हेर्याे, लास्टा रोज्ने मःम’ याे भनाइ पछिल्लाे समय निकै प्रचलित छ । अफिस होस् वा स्कुल–कलेज चमेना गृह, सबैतिर मःमःकै पारखीको भीड लाग्छ । सामान्य खाजा पसलमा पनि मःम नै रोजाइमा पर्छ । यो अधिकांशले रुचाउने खाजामा पर्छ।

बच्चादेखि पाकासम्म मःमःका पारखी छन् । एउटै स्वादमा मःम खाँदा बोरिङ भएका पारखीले मःमःको थरिथरिका स्वादबाट आनन्द लिन सक्छन् । सामान्यतया मःम भन्नेबित्तिकै पिठोमा मासुको डल्लो राखेर तयार गरिने एक प्रकारको खानाको परिकार भन्ने बुझिन्छ । तर, अहिले मःमःलाई विभिन्न डिजाइन र स्वादमा तयार गरिएको छ । आज हामीले मःम बारे केही प्रसङ्ग उल्लेख गरेका छौँ ।

– अहिलेसम्मको अध्ययन अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिक्ने मःम भनेको बफ मःम हो। त्यसपछि चिकेन मःम बिक्छ ।

– एक अध्ययनअनुसार, काठमाडौँ उपत्यकामा मात्र दैनिक डेढ करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

– मःम पारखीको माग पनि अनेकौं देखिएका छन् । अध्ययनअनुसार, अहिले काठमाडौं उपत्यकामा बनाना मःमको माग एकदमै बढ्दै गएको छ ।

– अध्ययनअनुसार, काठमाडौँमा मःम मात्रै बेचेर करोडपति हुनेको संख्या ६० जनाको हाराहारीमा छ ।

– सबैलाई थाहा नहुने तथ्य के छ भने मःम बनाउन प्रयोग गरिने किमामा मासु जति नै मस्यौरा राखिएको हुन्छ ।

सम्बन्धित समाचार

Advertisement