१७ वर्षअघि यसरी घटेको थियो नेपाली इतिहाँसमा कहालीलाग्दो घटना

अनलाइन दर्पण 2018-06-02
img

काठमाडाैं, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । तर यतिका वर्ष वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो भन्ने विषय चाँहि अझै रहस्यकै गर्भमा छ ।

इतिहासको गर्भमा रहस्यकोरुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन भने हुन सकेको छैन ।

तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बन्न पुगेको थियो ।

घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पार्यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझै पत्याएका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि सो प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध  भयो ।

हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भएको बताइन्छ । घटना यतिबर्ष भइसक्दा नारायणहिटी दरबारभित्र हत्याकाण्ड भएको भवन भत्काइसकिएको छ भने अन्य प्रमाणरु सबै नष्ट गरिएको छ ।

दरबार हत्याकाण्ड र त्यसपछिको जनआन्दोलनले २ सय ४० वर्षदेखि शासन चलाउँ आएको राजसंस्थाको जग नराम्ररी भत्कियो । जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर राजा वीरेन्द्रको वंशनाश हुने बित्तिकै दरबारप्रति जनतामा वितृष्णा जाग्दै गयो । दाजुको वंशनाश हुँदा पनि सपरिवार कुसल रहेका र राजा बन्ने भाग्यमानी ठहरिएका ज्ञानेन्द्रले स्व।विरेन्द्र शाहको अवलम्बन गरेको प्रजाातान्त्रिक बाटोलाई बन्द गर्ने चेष्टा गरेपछि जनतामा राजसंस्थााप्रतिको वितृष्णा चरम चुलीमा पुग्यो ।

हत्याकाण्डको एक वर्षभित्रै २०५९ असोज १८ तत्कालीन शेरबहादुर देउवा सरकारलाई असक्षम घोक्षणा गर्दै प्रतिगमनको पहिलो प्रयास गरेका थिए । र सरकारको विघटनसंगै सबै राजनीतिक दलहरु आन्दोलनमा होमिए । २०६१ माघ १९ मा ज्ञानेन्द्र शाह आफैंले प्रत्यक्ष शासन सञ्चालन सुरु गरे । र ज्ञानेन्द्र शाहकै गलत शासनशैलीले गर्दा २०६२ र ६३ सालमा दोस्रो जनआन्दोलन भयो । जनआन्दोलनपछिको संविधानसभाले २०६५ साल जेठ १५ गते राजसंस्थाको औपचारिक बिदाइ गर्दै नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो ।

राजपरिवारका सदस्यहरुलाई जलाउन आर्यघाट लैजाँदा जन आक्रोश थाम्न करंफ्यु लगाउनु परेको थियो 

 

सम्बन्धित समाचार

Advertisement