समाजसेवाको नाममा विद्यालयलाई राजनीतिक थलो बनाउँदै, गाउँपालिका अध्यक्षले नै बाँडे नेविसंघको झण्डावाल कपी र झोला

अनलाइन दर्पण 2018-07-08
img

रामेछाप,२४ असार । । पछिले समय राजनीतिक दलले अफ्नो स्वार्थको लागि विद्यालयलाई राजनीति थलो बनाउँदै आएको छ । यसरी राजनीतिक दलहरूले विद्यालयलाई राजनीतिक थलो बनाउन थलाले पछि शैक्षिक अवस्था दिन प्रतिदिन बिग्रँदै गएको छ ।

विद्यालय पूर्ण रूपमा राजनीतिक निषेधित क्षेत्र हो । तर पनि राजनीतिक दलले विभिन्न तरिकाबाट आफ्नो राजनीतिक थलो बनाउँदै आएको छ । रामेछापका केही विद्यालयमा पनि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विद्यालयलाई नै राजनीति गर्ने थलो बनाएका छन् ।
रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा अवस्थित जलेदवी मा.वि.मा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिती खड्काले संयुक्त रूपमा अभ्यास पुस्तिका र झोला वितरण गरेका छन् ।

केही दिनअघि  विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने नाममा चौलागाईले आफूलाई समाजसेवी देखाउन नेविसंघको झण्डा रहेको कापी र आफ्नै नाममा झोला छपाएर वितरण गरेका हुन् । विद्यार्थीहरूलाई वितरण गरिएको झोलामा महाधिवेशन प्रतिनिधि भरत चौलागाईको नाम र काङ्ग्रेस पार्टीको नाम उल्लेख गरिएको छ ।

समाजसेवाको नाम दिँदै रामेछापको विभिन्न विद्यालयमा महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिता खड्काले अभ्यास पुस्तिका र झोला वितरण गर्दै हिँडेका छन् । यसरी विद्यार्थीहरूको गरिबीको फाइदा उठाउँदै चौलागाईले समाजसेवाको नाममा विद्यार्थीहरूलाई पार्टीको झण्डा सहितको कापी वितरण गरेको खुलेपछि सर्वत्र आलोचना सुरु भएको छ ।

अर्को रोचक कुरा के छ भने, धावा लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । उनले तत्कालीन एमाले र माओवादी गठबन्धनबाट सुनापति गाउँपालिका प्रमुखको चुनाव जितेका थिए । तर जलदेवी माविको भवन उद्घाटन गर्दै काङ्ग्रेसको झण्डा अंकित सामग्री वितरण गरेका थिए ।

जलदेवीमा कक्षा १ देखि १० सम्म अध्ययनरत २११ जना विद्यार्थीलाई वितरण गरिएको उक्त अभ्यास पुस्तिकामा नेपाली कांग्रेसको सैद्धान्तिक नाराहरू लेखिएको छ । महाधिवेशन प्रतिनिधि चौलागाई र खड्काले कापी र झोला वितरणको नाममा विद्यालयमा राजनीति सुरु गरेको अभिभावकहरूले आरोप लगाएका  छन् ।

 

सम्बन्धित समाचार