मानिस सर्वाधिकार होइन । तर कानुन भन्दा जो कोही माथि जान खोज्छ, उ कानुन त कठघरामा उभिनुपर्छ, भन्ने मेरो मान्यता हो ।
उसो भए के हरेक दिन ३ जना नारी बलत्कार हुँदै जाने हो ? ८ महिने नानि देखि ७० बर्षे हजुर आमासम्मले घरमा, मन्दिरमा, बाटोमा, शौचालयमा निर्धक्कको साथ जान नपाउने नै हो त ? यस्तो स्थिति कहिलेसम्म ?
त्यहिलेसम्म जबसम्म अपराधिक मानसिकतामा कमि आउदैन। अन्याय र कुर्कमको पश्चताप सयर हुदैन तबसम्म ।
तर यस्को लागि आन्दोलन र नाराबाजी मात्र उपाय हो त ? हैन पक्कै पनि हैन, हुनत म त्यस्तो विज्ञ, जानकार महिला अधिकारकर्मी केहीमा पनि पर्दिन । तर पनि यस्तो हिसांको जरैबाट हल नभएसम्म समाजमा नारीहरु खुल्ला पंक्षि झै हिड्न पाउन्नन् भन्ने मेरो मान्यता हो ।
बलत्कारीलाई नेपाल जस्तो मुलुकमा फाँसि हुनुहुन्न मेरो पनि यस्मा सहमती हो । किनकि फाँसिले मात्र समस्याको समाधान हुदैन । बलात्कारीलाई कडा काहबाही गर्नुपर्छ भन्ने एकदमै राम्रो हो । तर हिजो जस्ति एक समुहले प्लेकाड जुन कुरा लेखेको थियो, त्यो भने एकदम गलत कुरा नै हो । यसरी त संसारनै ठप्प हुन्न ।
बलत्कारको परिभाष के हो ? कस्तो अवस्थामा त्यो भन्ने र नभन्ने ? अब सबैले बुझ्नु पर्ने अवस्था आएको छ, प्लेकाडमा लेखिएको जस्तो ‘मेरो आमाको बलत्कारी बाउ हो’ भने अब कोही पनि बाबुहरुले शीर ठाडो गरेर हेर्ने अवस्था रहन्न ।
तसर्थ यो बिषयमा गम्भिर बहस हुन जरुरी छ । अब पनि सरकार चुप बस्ने हो भने यो अराजक स्थितिले ठुलै रुप लिनसक्छ । यसरी हेर्ने होे भने यहाँ सबै बाबुहरु बलत्कारी भए भन्ने अर्थ लाग्दछ ।
त्यसैले यतिसम्मको मानसिकता पनि नराख्ने पो हो कि ?
म सधै बलात्कारीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ, जेलको चिसो डन्डिमा राख्नुपर्छ भन्ने मान्छे हुँ । तर पैसा र मिलेमतोमा नछाड भन्ने पक्षमा रहेको छु र सदैव रहनेछु ।
तर अहिले कानुन भन्दा पनि धेरै माथिरहेर जसरी प्लेकार्ड बनाइएको छ । यस्को म घोर विरोधि हुँ, किनकि यो त सब डलरको भाउमा देशमा कलह मच्चाउने सिधा सादा महिलालाई उचालेर आफु ढाडमा टेकेर हिड्ने बाहना मात्र हो । बलात्कारको बिरुद्धमा सबैतिरबाट सशक्त आवाज उठाउनु आवश्यक छ । बास्तविक अपराधीहरु को को हुन, बरु कानुनको कट्घेरामा सडाउन आवश्यक छ ।
तर फाँसिनै दिनु जायज हैन यसो गर्दा कानुन अन्धो हुन्छ । कोही पनि निर्दाेष मारीनु हुन्न फेरी अरुलाई मार्नुपनि त अपराध नै हो हामी फाँसिबाट माथि उठेर नैतिकवादको पाठ सिक्न र सिकाउनु जरुरी छ । कसैलाई मार्न राम्रो होइन । एउटा महिलाको अस्मिताको खेलवाड गर्नुपनि ठिक हैन, अनि कसैको चरीत्र हत्या गर्नुपनि ठिक हैन ।
बलात्कार गर्नेहरु १० बर्ष सजाय काट्छ निस्कन्छ, यतिले पुग्दैन बल्तकारीलाई जन्मकैद हुनु अनिवार्य गर सरकार । एक पटक दिमागले सोचौं नारी हो के एक अपराधि जीवनभर जन्म कैद बस्दा उसलाई हुने पीडा ठुलो कि फाँसिबाद ठुलो ? ताकि उस्ले महशुस गरोस नारीलाई चिर्थदाको पीडा त्यसैले मत भन्छु जन्म कैद गर्नुपर्छ फाँसि हैन ।
फाँसी हुदैमा घटना रोकिने हो भने साउदी अरेबिया, मलेसिया अनि भारत जस्तादेश्मा पनि त फाँसीको सजाय छतर खोइ रोकिएन यस्ता प्रबृत्ति घटनाहरु, त्यसैले यस्ता कुराहरु ठन्डा दिमागले सोच्नुपर्ने समय भएको छ । बरु बलात्कारीको लिङ्ग काट्नु पर्छ ।साभार:पाेष्टपाटीडटकम
काठमाडौं । बलात्कारीलाई फाँसीको सजाय दिलाउने अभियानमा रहेकी ‘जय नारी’ अभियान्ता सावित्री सुवेदीले बलात्कारीलाई फाँसीको सजाय नभए सम्म बिबाह नगर्ने घोषणा गरेकी छन्। एक अनलाइन संवादमा उक्त कुरा बताएकी हुन्।
उनले भनेकी छन, ‘जबसम्म बलात्कारीलाई फाँसीको सजाय हुँदैन, तबसम्म म यसमै निरन्तर लागिरहन्छु’ । आफ्नो माग पुरा नभए सम्म बिहे नगर्ने बताउदै सुबेदीले भनिन, ‘लेखेर राख्नुहोस्, बलात्कारीलाई फाँसीको सजायँ नभएसम्म बिहे गर्दिनँ’।
सामाजिक सञ्जालमा शावित्री सुवेदीले स्टाटस लेखिन्- ‘बलात्कारीका लिंगमाथि कानुनको टोपी । हत्या र अपराध रोक्न पनि दिनुपर्छ फाँसी ।’ स्टाटस लेखेको ८ घण्टापछि उनी कालो पेटीकोट लगाएर काठमाडौंको माइतीघर मण्डलामा देखा परिन् । र, जोड-जोडले चिच्याइन्- ‘बलात्कारीलाई फाँसी दे !’
शावित्रीको आवाजमा लय मिलाउँदै पृष्ठभूमिमा ‘फाँसी दे’ आवाज चर्कियो । साथमा थिए, उनीजस्तै पेटीकोटधारी तेस्रोलिंगी र पुरुष पनि । पेटीकोट अर्थात भित्री बस्त्र लगाएर ‘टपलेस ज्यान’मा सार्वजनिक भएपछि प्रहरीले हस्तक्षेप भयो ।
लछार-पछार गर्दै उनीहरुलाई भ्यानमा कोचियो । भ्यान अनामनगरतर्फ बत्तियो । महानगरीय प्रहरी वृत्त अनामनगरमा पुर्याएर केही क्षण केरकार गरियो । र, तीन घण्टापछि एक-एक गिलास जुस पिलाएर छाडियो ।
यतिबेलासम्म ‘पेटीकोट कान्ड’ले सामाजिक सञ्जालमा आगो लगाइसकेको थियो । बितेको २४ घण्टायता भाइरल बनेको त्यही प्रंसग र पात्र खोज्दै आइतबार हामी पुग्यौं, अनामनगरमा । घटनाका मुख्य पात्र शावित्री सुवेदी ठूलो ब्याग भिरेर मण्डला नाटकघरमा आइपुगिन् । ‘पुरै जिउ दुखिरहेको छ’ भन्दै ब्याग बिसाएपछि उनले घटनाको बेलिबिस्तार लगाइन्-
कालो पेटीकोट लगाएर सरकार बिरुद्द सडकमा अर्धनग्न उत्रिएर चर्चामा आएकी सुबेदीले बलात्कारीलाई फाँसीको सजाय कानुनमा दर्ज गराउन फरक किसिमको विरोध प्रदर्शन गरेर सरकारलाई ध्यान आकर्षण गराएको समेत बताएकी छन्।
उनको यो अभियानमा घरबाट सपोर्ट नभएको बताउदै, हिजो पनि त्यसरी उत्ताउलो भएको भनेर घरबाट गाली खाएको बताईन तर, मलाई डर छैन । म त घरमा पनि बिद्रोह गरेर निस्किएकी मान्छे, यसरी थपिन ।
सामाजिक संजालमा डलर खाएर कतैबाट परिचालित भएको भन्नेहरुलाई सावित्री सुबेदीले चुनौती दिएकी छिन। बलात्कारीलाई फाँसीको सजाय कानुनमा दिलाएरै छाड्छु, तर संगठन बनाएर, संस्था दर्ता गरेर कुनै मागी खाने भाँडो बनाएर डलर लिन होइन।
आफ्नो मुद्दालाई फितलो बनाउन केहि तत्वहरु सामाजिक संजालमा लागि परेको तर सत्यको जित भएरै छाड्ने सुबेदीको अठोट छ ।