साम्यवादका सिद्धान्तहरु बुझाउनका लागि वैज्ञानिक साम्यवादका चिन्तक फ्रेडरिक एंगेल्सले यी सात प्रश्नउत्तरमा यसरी व्याख्या गर्नुभएकाे छ ।
सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन् ।
सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो श्रम बेचेर मात्र उसले जीवन–यापनका साधनहरु प्राप्त गर्दछ । यस वर्गको हर्ष र विस्मात् ,जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ । संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदूूरहरुको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो ।
सदैव थिएन । गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए । र प्रायश: श्रमिक वर्गहरु नै गरीब पनि हुने गर्दथे परन्तु भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरु र यस्ता मजदूरहरु अर्थात सर्वहाराहरु सधैँ अस्तित्वमा थिएनन् । यसरी सदैव नै प्रतिस्पर्धा पनि पुर्णतया स्तन्त्र र असिमित थिएन ।
म पनि अन्य मालहरु जस्तै एउटा माल हो । श्रमको मूल्य पनि तिनै नियमहरुद्धारा निर्धारित हुन्छ जसरी जुनसुकै अर्को बस्तुको मूल्य तोकिन्छ । वृहत् उधोगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तगर्त– जे भनेपनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौ –सदैव नै वस्तुको सालाखाला मुल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बरावर हुन्छ । तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ ।
अनि श्रमको उत्पादनको लागत चाहिं जीवन यापनको तिमित्त नभई नहुने साधनहरुको खास त्यो मात्रा हो , जुन मजदूरको लागी उसको कार्यक्षेमता जोगाएर राख्न र मजदूरवर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ । यस उदेश्यको निम्ति जति चाहिन्छ त्यसभन्दा बडि मजदूरले पाउँदैन । त्यसैले गर्दा श्रमको मुल्य अथावा ज्याला ज्यादै नै थोरै हुन्छ । र त्य न्युनतम् साधनको बराबर हुन जानेछ जुन जिवन धान्नको निम्ति अत्यावश्यक नै हुन्छ । कारोवारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ । तसर्थ मजदूरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाँउछ । ठीक त्यसरी नै कारखानाको मालीकले पनि आफ्नो बस्तुको निमित्त कहिले बढि त कहिले कम रकम पाँउछ । यदी नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाको मालिकले आफुनो बस्तुको निमित्त उत्पादनको लागत भन्दा कम या बेसी पाँउदैन,ठीक त्यसरी नै मजदूरले पनि सालाखाला त्यस न्युनतम स्तर भन्दा कम या बेसी पाँउदैन । जति बढि मात्रामा वृहत् उद्योगले श्रमका सबै शाखाहरुमा नियंत्रण जमाउँदै लग्ने छ , त्यति नै कडाईका साथ ज्यालाको यो आर्थीक नियम पनि लागू हुदैं जाने छ ।
दासलाई सदाको निम्ति बिक्री गरीएको हुन्छ । सर्बहाराले चाँहि आफुलाई हरेक घण्टा स्वयं विक्री गरीरहनु पर्दछ । प्रत्यक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो । मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ । त्यसैले दासको जिवन निर्वाहको ग्यारेण्टी हुन्छ । सर्बहाराको श्रम चाँहि त्यसैबेला मात्र किनीन्छ जव कसैलाई त्यो आवश्यक पर्न जान्छ । सर्वहाराको उसको जिविका अनिश्चित हुन्छ । सर्वहाराको पुरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ । दासले प्रतिस्पर्धा गर्नु पर्दैन , परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरुमा रहन्ुापर्दछ र त्यसमा भैरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ । दास चाहिं चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरीक समाजको सदस्यको रुपमा विचार गरीदैन । सर्वहारालाई भने व्यक्तित्व अर्थात् नागरीक समाजको सदस्य मानिन्छ । यसैले सर्वहाराको तुलनामा दासको जिवीका बढी सुगम हुन्छ , तर सर्वहारा चाहिं यस्तो समाजको उपज हो । जुन विकासको बढि उच्च खुड्किलोमा रहेको हुन्छ ,र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्च स्तरमा रहन्छ । दासले आफुलाई त्यतिबेला मुक्त तुल्याउँछ । जव उस्ले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरु मध्य एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मुल पार्दछ र यसको परिणाम स्वरुप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्द छ । सर्वहाराले चाँहि आफुलाई त्यसबेला मात्रै मुक्त गर्न सक्र्दछ जव उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ ।
उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन् । यसको निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ । सर्वहाराले चाहिं अर्काको मातहतमा रहेका उत्पादनका साधनहरुद्धारा काम गर्दछ । र अर्कैको निमित्त काम गरेर यसको सट्ठामा आम्दानीको एक हिस्सा पाउँछ । भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ । भुदासको जीविका सुनिश्चत छ । सर्वहाराको जीविका अनिश्चित छ । भूदास प्रतिस्पर्धा भन्दा बाहिरै रहन्छ ,तर सर्वहारा चाहिं प्रतिस्पर्धाका अवस्थाहरुमा निर्भर रहन्छ भूदासले आफुलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानु पर्छ ,त्यहाँ शिल्पकार बन्नु पर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमीपतिलाई काम अथावा वस्तुको बदला पैसा बुझाउनु पर्दछ ,या त उसले आफ्नो जग्गावाल लाई निकालेर स्वयं नै जग्गा धनि बन्नु पर्दछ । छोटकरीमा भन्ने हो भने उसले आफुलाइृ त्यसवेला मात्र मुक्त तुल्याउँन सक्छ, जुन बेला उ कुनै न कुनै रुपमा सम्पति हुने वर्गको पंत्तीमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ । सर्वहाराले चाँहि आफुलाई त्यतिखेर मात्र मुक्त गर्दछ जब उसले प्रतिस्पर्धा,व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरुलाई नै नामेट पारिदिन्छ ।
सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरुको संचालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तीहरुको हातबाट खोसेर लिईने छ । यसको सट्ठा उत्पादनका सबै शाखाहरु सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन । अर्थात समाजका हितहरुलाइ ध्यानमा राखेर सामाजीक योजना अनुरुप तिनको संचालन गरीने छ,जसमा समाजका सबै सदस्यहरुले भाग लिने छन् । यसरी यो नयाँ सामाजिक व्यवस्थाले प्रतिस्पर्धालाई निर्मूल पारिदिने छ । र त्यसको ठाँउमा एउटा संस्था नै खडा गरिदीने छ । विभिन्न व्यक्तीहरु द्धारा उद्योग–व्यवसायको संचालन गरिनुको अनिवार्य परिणम नै व्यक्तिगत स्वामित्व हो , अनि प्रतिस्पर्धा चाहिं उद्योग–व्यवसाय चलाउने यस्तो पद्धति हो जहाँ त्यसको संचालन विभिन्न व्यक्तिगत सम्पत्ति वालाहरुले गर्दछन् । यसै उसले व्यक्तिगत स्वामित्व उद्योग– व्यवसायको व्यक्तिगत संचालनबाट र प्रतिस्पर्धासंग अभिन्नरुपमा जोडिएको हुन्छ । यसै कारणले गर्दा व्यक्तिगत स्वामित्व पनि निर्मूल पारिनु जरुरी छ । त्यसको ठाँउमा उत्पादनका सबै साधनहरुको साझा उपयोग र सवैको सरसल्ला अनुसार वस्तुहरुको वितरण अर्थात सम्पतिको साझा स्वामित्व लिने छ । व्यक्तिगत स्वामित्वको उन्मुलन नै सम्पुर्ण सामाजीक व्यवस्थाको त्यस परिवर्तनको सब भन्दा छोटो र अति नै सामान्यीकृत अभिव्यक्ति हो जुन औधोगीक विकासको परिणामस्वरुप अनिवार्य नै हुन गएको थियो । तसर्थ कम्युनिष्टहरुले व्यक्तिगत स्वमित्वको उन्मूलनलाई नै आफ्नो मुख्य मागको रुपमा प्रस्तुत गर्नु विल्कुलै सही छ ।
वैज्ञानिक साम्यवादका दोश्रो संस्थापक फ्रेडरिक एंगेल्सको जन्म सन् १८२० नोवेम्वर २८ तारिखका दिन जर्मनीको राइन प्रदेशको वर्मेन शहरमा भएको थियो । कार्ल मार्क्सपछि विश्वका आधुनिक सर्वहारा वर्गको श्रेष्ठ दार्शनिक एवं चिन्तक थिए फ्रेडरिक एंगेल्स । मार्क्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरे ।
फ्रेडरिक एंगल्स कार्लमाक्र्सका सहयोगी मित्र र मार्क्सको निधनपछि उनको मार्क्सवादी सिद्धान्तलाई पूर्णता दिने दार्शनिक हुन् । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिन्छ । उनी मार्क्सवादको प्रर्वतक पनि मानिन्छन् । सन् १८४८ मा दुवै मिलेर कम्युनिस्ट घोषणापत्र तयार गरे । त्यही कम्युनिष्ट घोषणापत्र नै सर्वहारा शिविरको सबैभन्दा ठूलो दार्शनिक हतियार बन्न पुग्यो ।
सन् १८४५ मा मजदुर वर्गको अवस्था र सन् १८४६ मा पवित्र परिवार र जर्मन विचारधारा नामक ग्रन्थहरूका रचनाकार भएका थिए एंगेल्स । उनले सन् १८४७ मा कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा र सन् १८४८ मा कार्ल मार्क्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र आदि ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनका आधारशिला स्थापित गरेका थिए ।
सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल मार्क्सका सहयोगी, तात्कालीन जर्मन पूँजीवादले मार्क्सवादमाथि गरेको हमलाको प्रतिउत्तरमा ड्यूहरिङ्ग मतखण्डन, लुडविक फायरवाख र वालसक्रिय दर्शनके अन्त्य, परिवार, नीजि सम्पत्ति र राज्यको उत्पतिजस्ता विश्वविख्यात पुस्तकका लेखक उनै एंगेल्स थिए । उनको दार्शनिक चिन्तनको क्रान्तिबाटै मार्क्सवाद स्थापित भयो ।
संसार प्रसिद्ध पूँजीको रचना गर्न कार्ल मार्क्सलाई अभूतपूर्ण सहयोग उनै एंगेल्सले गरे । दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणालीहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्नमा दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न एंगेल्सको ठूलो योगदान छ । सन् १८८९ मा दोश्रो इन्टरनेशनलको स्थापना गरेर मार्क्सवादलाई समृद्ध बनाउने काममा नै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।
आधुनिक मजदुर वर्गको मुक्तिको बाटो देखाई दिने एक जना महान चिन्तक थिए । एंगेल्स कार्ल मार्क्सका एक सच्चा साथी थिए । सन् १८८३ मा मार्क्सको निधन भएपछि पूँजीको तेस्रो खण्ड एंगेल्सले नै प्रकाशित गरेका थिए । सर्वहारा वर्गका दार्शनिक एंगेल्सको निधन ५ अगस्त १८९५ मा लण्डनमा भएको थियो ।