१. बुद्ध धर्मले इश्वरलाई मान्दैन् । बुद्धले मानिस आफैँ आफ्नो मालिक हो भन्छ । यही प्रकृतिर जीवन भन्दा बाहिर कुनै अदृश्य शक्ति छैन् भन्छ । बुद्ध धर्म नै प्राकृतिक पूजाको सहि दर्शन हो। मानिसको जीवन मरणको क्रियाकलापलाई कार्यकरणको निर्भरता (प्रतित्यसमुत्पाद)को सिद्धान्तबाट ब्याख्या गरिन्छ ।
२. बुद्धले अनित्य, दु:ख र अनात्माको दर्शन प्रतिपादन गर्नु भयो । यो जीवन र जगत (प्राकृति) नित्य छैन, परिवर्तन भैरहन्छ। हामीले भोगिरहेको दु:ख सत्य हो।हाम्रो जीवन हामी आफैँले संचालन गर्छौ, हामी भित्र कठित ईश्वरको अंस आत्मा छैन् ।
३. बुद्धले भन्नुभयो दु:खको अनुभुती सत्य हो, दु:ख हुनुको कारण हामिमा भएको क्लेश (राग,देश र मोह) हो। यो क्लेश हटाएमा दु:खबाट मुक्त होइन्छ, जसलाई निर्वाण भनिन्छ । दु:खबाट मुक्त हुन आठअंग भएको मध्यम मार्ग अपनाउनु (अष्टागिक मार्ग) पर्दछ । ४. मध्यम मार्गमा शिल (अनुशासन), समाधी (ध्यान) र प्रज्ञा (ज्ञान)का विधिहरु अपनाउनु पर्दछ ।
५. शिलमा न्युनतम पाँचवाट अनुशासन पालन गर्नु पर्दछ — हिंसा नगर्नु , चोरी नगर्नु , झुठो नबोल्नु, र नशालु पदार्थ सेवन नगर्नु ।
६. समाधिमा विपश्यना ध्यानले चित्त एकाग्र गरेर जीवन र जगतको प्राकृतिक शक्ति र कृयाको साक्षात्कार गर्न सकिन्छ ।
७. प्रज्ञाले जीवन र जगतको तत्वज्ञान बोध हुन्छ । बुद्ध धर्ममा अन्धविश्वास छैन् । यो धर्म स्पस्ट ब्याख्या गरिएको (स्वाक्खातो), सान्दर्भिक (सन्दिथिको), समय सापेक्ष (अकालिको), पार्दर्शी (एहिपस्सिको), परिणाममुलक (ओपनयिको), विद्धतजनले आफैले बुझ्ने (पच्चत वेदितब्व विञ्जुहिति) हो । बुद्ध धर्मलाई बैज्ञानिक धर्म भनिन्छ र आईन्स्टाइन र बट्रैण्ड रस्सेल जस्ता बैज्ञानिक र विद्वानहरुले बुद्ध धर्म सबैभन्दा राम्रो धर्म भनेका छन् ।
यो पनि पढ्नुहोस्
जसले अन्धविश्वास ठान्छ, ठूलो भूल हो
महामानव गौतम बुद्धका आफ्नो सिद्धान्त अनुसार धर्मबारे परिभाषा यसरी गरिएको छ– धर्म भनेको समाउनु हो तर के समाउनु भन्दा दुःख र कष्टमा परेका प्राणीहरुलाई मद्धत वा समाएर यथार्थ कुनै उत्तम उपायद्वारा उद्धार गर्नु हो । यसबारे महान गुरु डुक्पा रिन्पोछे भन्नु हुन्छ कि महायानी बौद्ध सिद्धान्तले सबै प्राणीलाई दुःख कष्टबाट कुनै सही र उत्तम उपायद्वारा उद्धार गरी निर्वाणको क्षेत्रमा र्पुयाउन, नराम्रो र दुःखपूर्ण जन्मबाट मुक्ति दिलाउन गरिने महान उपायलाई नै सही धर्म मानिन्छ ।
अहिले विश्वमा विज्ञानका नयाँ नयाँ अविस्कारले निकै चमत्कार गरिरहेका छन् । जल, स्थल र आकाशमा नयाँ नयाँ आविस्कारहरु प्रत्यक्ष देख्न सकिन्छ । जसले गर्दा हामीलाई निकै आकर्षण दिईरहेका छन् । ती सबै चमत्कारहरुले गर्दा हामी आकार्षित भएर हामी भौतिकवादी भइरहेका छौँ र आध्यात्मिक अर्थात् अलौकिक धर्मलाई अन्धविश्वास मानिरहेका छौं । जुन सरासर गलत हो र विशेष गरी बौद्ध धर्मलाई जसले अन्धविश्वास ठान्छ, ठूलो भूल हो ।
विज्ञानले भौतिक जीव, जगत, ज्योति, भूगर्भ र संसारको सत्य ज्ञान दिन्छ भने धर्मले सर्व विज्ञान आध्यात्मिक दुवै विशेष सम्पूर्ण सत्यलाई बोध गराउँदछ । त्यस्तै विज्ञानले अस्तित्वमा रहेको पदार्थहरुको मात्र ज्ञान दिन सक्छ तर धर्मले अस्तित्वमा रहेको र नरहेको दुवैको सत्य र पूर्ण ज्ञान दिन सक्दछ । तसर्थ, विशेष गरी बौद्ध धर्मलाई अन्धविश्वास भन्नु महामूर्खता हो । विज्ञानले जीवित रहुन्जेल मात्र हित गर्छ तर मृत्यु पश्चातको जीवनलाई केही गर्ने सक्तैन तर धर्मले जीवितका साथै मृत्यु पश्चातको अवस्थालाई पनि राम्रो ज्ञान दिन सक्दछ ।
बौद्ध दर्शन र विज्ञानवादी सिद्धान्त बीच सम्बन्ध
१. विज्ञान भन्छ – कुनै हेतु वा कारण विना कुनै परिणाम आउने छैन । जस्ले पानीको गति प्रवाहबाट मात्र विजुली उत्पादन हुन्छ नत्र सम्भव छैन ।
(बौद्ध दर्शन – प्रत्येक वस्तुहरु गतिशिल छन् । जुन अनित्य हुन । पूरानो ध्वंसपछि मात्र नयाँ निर्माण हुन्छ ।
२. विज्ञान – निम्न रुपबाट उच्च प्राणीको विकास हुर्दै जान्छ ।
(बौद्ध दर्शन – चित्त वा चेतनाको सृष्टि भएको छैन त्यसैले नास पनि हुदैन । यो कतैबाट आएको पनि होइन र जाने पनि छैन ।
३. विज्ञान – कुनै पदार्थको न त सृष्टि भएको छ न त नास नै हुनेछ । (बौद्ध दर्शन – हाम्रो शरिरमा विकासको सिमा रहन्छ र ज्ञानको सिमा रहदैन ।
४. विज्ञान – जति अध्ययन र्गयो उति गहिरो हुदै जान्छ, ज्ञानको सिमा छैन । (बौद्ध दर्शन – यो संसार कुनै कारण र हेतुबाट सृष्टि भएको हो, कुनै शक्ति र ईश्वरबाट भएको होइन ।
५. विज्ञान – यो संसार कुनै समयमा सूर्यको टुक्रा हुनुपर्छ, कुनै ईश्वर वा शक्तिको सृष्टिबाट भएको होइन । (बौद्ध दर्शन – जस्तो विउ त्यस्तै फल हुन्छ । जस्तो कर्म गर्छ फल त्यस्तै प्राप्त हुन्छ वा भोग्नु पर्ने हुन्छ ।
६. विज्ञान – प्रत्यक्ष क्रियाको विपरित प्रतिक्रिया हुन्छ । जस्तैः –क्रिया –कर्म, प्रतिक्रिया (फल) (बौद्ध दर्शन – बौद्ध ग्रन्थ वा बुद्ध वाणीहरु तुरुन्त विश्वास नगर्नू, चिन्तन मनन गरेर मात्र स्वीकार्नु । त्यस्तै विज्ञानले पनि कुनै पनि सिद्धान्त र कुराहरुलाई प्रमाणित वा सिद्ध भएपछि मात्र अपनाउनु भनिएको छ ।
यी कुराहरुले के देखाउदछ भने धर्मको सही रुपले पालना गर्नाले आफू लगायत संसारमा सुख र शान्ति हुनेछ । धर्मले जीवन संचालन गर्ने उपाय सिकाउँदछ । एक अर्को संग मेलमिलाप गरेर बस्ने शिक्षा दिन्छ । रिस, लोभ, घमण्ड त्यागेर करुणामैत्री र अहिंसाको मार्ग हिड्न सिकाउछ । जसले गर्दा अन्धविश्वास होइन कि जीवन ज्ञापन र उन्नतीको मार्गको रुपमा लिनुपर्दछ । त्यसैले माथिका धेरै कुराहरुले प्रष्ट देखाउदछ कि विज्ञान र भगवान बुद्ध दुवैको समान धारणा रहेकोले बौद्ध दर्शनलाई बैज्ञानिक धर्म भनिएको हो ।
भगवान बुद्धले पनि अन्धविश्वासलाई कुनै मान्यता दिएको छैन । त्यसैले बैज्ञानिकहरुले बौद्ध दर्शनलाई बैज्ञानिक धर्मको रुपमा अबलम्बन गरिएका छन् । यसै बीच बैज्ञानिक डा. अल्बर्ट आईन्सटाईन्स भन्दछन,– “व्रम्हाण्डीय धर्म हुनलाई कुनै धर्म छ भने त्यो केवल बुद्धबाद वा धर्म हो ।” त्यस्तै वरटेन्ड रुसेल भन्दछन् “यदि कसैले मलाई कुन धर्म छान भनेर सोधेमा म बौद्ध धर्म मान्नेछु ।”
यस्ता बैज्ञानिक धर्म र विश्वले नै अनुभव र अनुसरण गरिरहेका बौद्ध धर्मका जन्म दाता भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा आज हामी शान्ति र बौद्ध ज्ञान खोजिरहेका छौं यो कस्तो विडम्बना ? (लेखकः ‘बुद्धिजम एण्ड पिस स्टडिज’ मा स्नाकोत्तर हुन् ।)