आज वि.सं.२०७७ साल कार्तिक २४ गते सोमबारको राशिफल

अनलाइन दर्पण 2020-11-08
img

वि.सं.२०७७ साल कार्तिक २४ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–नवमी,४४ घडी ५२ पला,रातको १२ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–मघा,५४ घडी १७ पला,रातको ०४ बजेर ०४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शुक्ल । करण–तैतिल,दिउसो ०१ बजेर ०० मिनेट उप्रान्त गर,रातको १२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०८ पला । विश्व स्वतन्त्रता दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ । आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ । कृषि तथा सहकारि व्यावसाय भने फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेकोछ । आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने लामो दुरिको यात्राको तय हुनेछ । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रा तथा परिणाममुखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्याकलापमा भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्ययमबाट सस्कार परिवर्तन गर्न तपाईको भूमिका महत्वपूर्ण रहनेछ । अध्ययनकै सवालमा यात्रा हुनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । प्रेममा नजिक हुन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफा कमाउन निकैनै समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा मनग्गे समय खर्चिएपनि न्युन सफलता हातलागि हुनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

समय उत्तम रहेकोले व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेशी समानमो व्यापार बाट भनेजस्तो लाभ लिन सकिनेछ । विदेशी लगानी बाट सञ्चालीत सस्थामा काम पाउने गतिलो योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ । तरपनि गलत काम नगर्नुहोला दण्ड तथा जरिवानाको योग पनि रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतिको प्रयोग तथा परिचालन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडि बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारि साधन तथा भौतिक सम्पति प्राप्तीको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेकोछ । व्यावसायमा लागनि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतिको प्रयोग गरि आए बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धीमुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापारको शिलशिलामा छोटो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाँफा कमाउन सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सम्बन्धित समाचार

Advertisement