कालिन्चोक गाउपालिका वडा ४ मा एमालेको बृहत् चुनावी सभा

अनलाइन दर्पण 2022-05-04
img

  सुशील कार्की

दोलखा ,बैशाख २१ दोलखा कालिन्चोक गाउपालिकामा चुनाबी सर्गर्मी चलिरहदा एमाले ले वडा स्तरिय भेलालाइ तिब्रता दिएको छ ।आज वडा नम्बर चारको भेलामा नेकपा(एमाले)को नेता आनन्द पोख्रेल र पार्बत गुरुङ सहित कालिन्चोक भुगोल भएका प्रदेश नेता बालकृष्ण शिवाकोटी सहित डबल पाण्डे,कालिका पाठक,बिन कुमार थामिले भुगोल नछोडी एमालेको चुनाबी माहोल बनाइ  रहेका छन।आजको कार्यक्रममा नेता आनन्द पोख्रेलले कालोन्चोक को समृद्धि र बिकासको लागि अहिलेको नेतृत्व जनमनले चाहेको एमालेले उठाएको बताउनु भयो भने नेता पार्बत गुरुङले एमालेले २०५४ मा जिबिसमा बसेर बनाएको योजना भौतिक पुर्बधार देखि बिध्यालय भौतिक सुधार र मानबिय आवस्यकताहरु सग सम्बन्धित के हि काम सप्पन्न भएका अझ गर्न बाकी रहेका कुराहरु गाउपालिकामा बसेर गणेश शिवाकोटीले गर्ने र वडामा अध्यक्षका उमेदवार कमल घिमिरेले गर्नका लागि सुर्यमा मतदान गर्नु पर्ने बताउनु भयो भने ।प्रमुखका उमेदवार गणेश शिवाकोटीले पाँच बर्ष गाउपालिकाले गरेका र गर्न बाकी रहेका काम सामुहिकता मा सम्पन्न गर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement