कागेस्वरी -मनोहरा वडा ९ मा एमालेको घरदैलो कार्यक्रम बृहत

अनलाइन दर्पण 2022-05-04
img

  सुशील कार्की

काठमाडौ ,बैशाख २१ कागेस्वरी मनोहरा नगरपालिका चुनाबी माहोल ताती रहदा एमाले ,काग्रेस-माओवादी गठबन्धन ,एकीकृत समाजबादी र राप्रपाको उमेदवारको घरदैलो कार्यक्रम गर्दै छन त्यसै मध्य आज एमालेको घरदैको कार्यक्रम बृहत र व्यापक जनसमुदायको बिचमा कोण सभा बाट सुरु भएको कार्यक्रम ९ नम्बर वडाको परिक्रमा पछि सम्पन्न भएको थियो                       वडा नम्बर ९ बाट पहिला पनि एमाले लाई मेयर जिताएको र पुरानो बस्तिमा पनि एमालेको गढ भएको नया बस्तीमा रहेका दिग्गजहरु देखि सामान्य सबै एमालेको समर्थक रहेको नेता मदन थापा बताउछन ।एमाले ले समाजसेबि महिला नेत्री सान्ता थापालाइ नै उपमेयर को उमेदवार बनाएकाले ९ वडाको गर्भको विषय रहेको जिल्ला नेता कला घिमिरे बताउछिन ।त्यस्तै मेयर को उमेदवार राम शरण ढुङ्गानाले सम्बोधन गर्नु भएको थियो उहाले ब्यबस्थित सहर जनसहभागितामा आधारित बिकास र अपन्त्व महसुस हुने खालका काम गर्ने र घोषणा पत्रमा भएका कामहरु वडा देखि नगर सम्म ब्यबस्थित गर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement