तिर्थ राज सुवेदी
"बाबा बाबा तिँगानी ले आदपनी कुति मलाइ !" बजार बाट आइपुगेको मात्रै थिएँ। खाना खाइरहेकी छोरी जुरुक्क उठेर रुँदै म भएको ठाउँमा आउँछे । अनि आफ्नी आमा (सिँगानि) को पोल सुनाउछे ।
सिँगानी ठुला आँखा पारेर हामी बाउछोरी लाई हेर्छे ।
"ए सिँगानी मेरि छोरिलाइ किन कुटिस हँ?"
छोरिलाई फकाउनको लागि म सिँगानिलाइ रिसाएर कराए झैँ गर्छु ।
"बाबा हेल्नु त मेलो यो कान पनि तान्दी आद त तिँगानिले !" आफ्नो कान छाम्दै रुन्चे स्वरमा फेरि सुनाउँछे ।
" ल अब मेरि प्यारी छोरिलाइ सिँगानिले कहिले पिट्दिन है ,सिँगानिलाइ मैले कराइदेको छु !"
बजार बाट ल्याएको चकलेट दिँदै छोरिलाइ फकाउँछु ।
"खुक्तिङ् तिँगानी, दिउँछो मलाइ पिटेकी थिच नि, थिक्क पल्यो बाबाले कलाउनु भो !" छोरि चकलेट खाँदै आमालाइ मैले गाली गरेकोमा खुसि हुन्छे ।
"आखिर छोरी कस्की ??" सोध्छु उस्लाइ
"मोलो प्यालो बाबाकी" काखमा लुटपुटिँदै छोरी बोल्छे ।
" छोरिको छेउमा सिँगानी भनेको छ,अब त एस्ले पनि सिँगानी भन्न थाली । कसैले मेरो नाम सोध्यो भने "सिँगानी" नै भन्छे ।"
"हुन त बाउ गत्तिलो भए पो छोरी पनि गत्तिली हुन्छे" छोरिको अवगुण जति सप्पै मलाई खन्याएर सिँगानी बरबराउँछे ।
"बाबा बाबा तिभी हेल्न जाम् न , मोतु पातलु आउने ताइम भैतक्यो के! " छोरी बिचैमा बोल्छे ।
"म टिभी खोल्दिन्छु, तिमि हेर्दै गर है छोरी ! तिम्रो बाबालाई भोक लागेको छ खाना खाएर आउनुहुन्छ हस् !" छोरिलाई सम्झाउँदै टिभी कोठामा पुर्याइदिन्छु ।अनि टिभि खोल्दिन्छु ।
"बाबा एक्लै त दल लाग्त मलाइ माम खाएल चाँदै आउनु है !" टिभि तिर आँखा लगाउँदै मलाइ भन्छे ।
"हस् मेरि प्यारी गुडिया । चकचक नगरी हेर्नू है त टिभी " म भन्छु ।
"हथ बाबा" उ बोल्छे ।
छोरिलाइ त बल्ल फकाएँ अब पालो थियो (सिँगानी)बुढिलाइ फकाउने ।
" ल हौ बुढि खाना पस्कि, सारै भोक लगेको छ !" आग्रहको भावमा अह्राउँछु ।
"सिँगानिलाइ भन्नू नि के मलाई भनिरको" घुर्की लगाउँछे ।
"छोरीलाई फकाउन पो त्यसो भनेको त पगली, हेर त तँलाई त्यति भन्दा छोरि कत्ती खुसी भै !"
सम्झाउँछु ।
"अब सिँगानी त माया गरेर भनेको पो त । तंलाइ त्यत्ती नभनी मेरो चित्तै बुझ्दैन फेरि !" फेरि फकाउँदै भन्छु ।
"था छ था छ , छोरिको छेउमा चाहिँ किन भन्नू पर्यो त !" उ बोल्छे ।
"भैगो त अब , गल्ती भयो माफी गर्देन, जस्तो भए नि तेरै बूढो हुँ क्यारे । "
"ल खाना पस्कि । खाएर सुत्नु पर्छ । बिहान चाँडै उठेर तल कोपि गोड्न जानुपर्छ ।सबै झारले खाइसक्यो होला ।" फेरि अह्राउँछु ।
"अब देखि छोरिको छेउमा कहिले त्यसो भन्दिन भन्नू अनि मात्रै खाना पस्किन्छु !" सर्त राख्छे ।
"ल भन्दिन बाबा भन्दिन,तेरै जित भयो ।अब त पस्की ...!" उस्को सर्त मन्जुर गरेँ ।
उस्ले खुसि हुँदै खाना पस्की । दुई बुढाबुढी खाना खएर धन्दा सक्छौँ अनि बेडरुम तिर जान्छौं ।
छोरी टिभी कोठामा गुन्द्री मै निदाइ सकिछ ।
सिँगानिले छोरिलाइ सरक्क बोक्छे । निधारमा चुप्पा गर्छे अनि लगेर ओछ्यानमा सजिलो गरि सुताइदिन्छे । (त्यो देखेर म आफ्नी आमालाइ झलझली सम्झिन्छु ।)
"के भो फेरि ?? किन एकोहोरो हुनुभको ? " ओछ्यान मिलाउँदै सोध्छे ।
म झसङ्ग हुन्छु ।
"आउनु सुत्न ।बिहान चाँडै उठ्नुछ भनेको हैन !" बिहान उठ्ने कुरा सम्झाउँदै भन्छे सिँगानि ।
"छोरिलाइ तँ कत्ती धेरै माया गर्छेस है !" बेडमा बस्दै भन्छु ।
"उम हजुर ले जति त अलिक हैन के, म र छोरी जति भाग्यमानी त साँच्ची कोहि छैन । जस्ले हजुर जस्तो माया गर्ने बूढो अनि बाबा पाएका छौँ ।" लाडिदै अंगालो मा आइपुग्छे ।
"म पनि त कत्ती भाग्यमानी छु नि पगली । जस्ले तँ जस्ती माया गर्ने श्रीमती पाएको छु।" अंगालोमा कस्दै भन्छु ।
"लभ यु बुढा । सधैँ यसरी नै माया गरिरख्नु है जीवन भरी !" सिँगानी आँखा जुधाउँदै भन्छे ।
" लभ यु टु सिँगानी ।मेरो जिन्दगी भन्दा प्यारि त छोरि र तँ छेस। अनि तिमिहरुलाइ माया नगरी कस्लाइ माया गर्नु त पगलि ।" मुटुभरिको माया पोखिदिन्छु ।
उस्ले बलिरहेको बत्तिको स्विच तन्किदै थिचिदिन्छे ।बत्ति झ्याप निभ्छ । कोठा अँध्यारो अनि सुनसान हुन्छ । हामी एकार्कामा हराउँदै निन्द्रदेबिको शरणमा पर्छौँ ।
........भनेर यसैगरी लेख्ने दिन कहिले आउला भौमान ।- तिर्थ राज सुवेदी "तिर्थु", इलाम
( हेर्नोस त कल्पना गरिएको कुरामा त यत्ती धेरै खुसिहरु भेटिन्छ। भने मात्रै यत्ती नै कुराहरू दैनिक ब्यावहारमा उतार्ने हो भने आफ्नो परिवारमा कत्ती खुसी ल्याउन सकिन्छ होला !
खुसिहरु साना साना कुराहरुमा भेटिन्छ बस खोज्न मात्रै जान्नुपर्छ
पढ्नुहुने सबैजनामा धेरै धेरै धन्यवाद !