तिम्रो घरको आँगनिमा चमेली बसाको झल्को छ
त्यही घरको दैलोमा मैले चिट्ठी खसाको झल्को छ
आँखा गाजलु तिम्रा मान्छे थोरै राम्री
एक ठाउ भनी अर्की ठाउमा लीई फसाको झल्को छ
अहिले समय अघी बढ्यो मोबाईलमा इमो र भाइबर
उतिबेला अक्षर लेखी हसाको झल्को छ
बिस्तारै मनको भाब पलाउने यो अचम्म
तिम्रै छेउको आँगनिमा प्रेम बीज टुसाको झल्को
- मान सिंह ठकुरी