प्रधानमन्त्री ओलीलाई माग्नेबुढाको सल्लाह- डाक्टरको उपाधि मोदीलाई नै फिर्ता दिनुस तर देशको सिमा जोगाउनुस

अनलाइन दर्पण 2018-04-28
img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो २८ वैशाखमा नेपाल भ्रमणमा आउँदैछन् । मोदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले के-कस्ता मुद्दा उठाउने हुन्, त्यो हेर्न बाँकी छ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले भने प्रधानमन्त्री ओलीलाई सिमा क्षेत्रमा भएका हस्तक्षेपको मुद्दालाई उठाउन सुझाव दिएका छन् ।

प्राय देशका समसामयिक विषयबारे फेसबुकमा आफ्नो भावना पोख्ने माग्नेबुढाले फेसबुकबाटै प्रधानमन्त्रीलाई यो सुझाव दिएका हुन् । उनले आफ्नो स्टाटसमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले पाएको डाक्टर उपाधि फिर्ता गर्नसमेत आग्रह गरेका छन् ।

माग्नेबुढाको स्टाटस यस्तो छ:

केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।

केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस”। — शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।

सम्बन्धित समाचार

Advertisement