काठमाडाैं - लोक गायक फणीन्द्र सुवेदीको लोकगीतको सङ्ग्रह पुर्खादेखि एल्बमकाे गीत सुनकाटी जन्तरै ठेट रोईला गीत हालै यूट्यूबमा सार्वजनिक भएको छ ।
शुभग संगीत प्रतिष्ठानको प्रस्तुति रहेको यो गीत प्रथम पटक २०३४ सालमा लोक गायक फणीन्द्र सुवेदी र वरिष्ठ गायिका तिर्थकुमारीको स्वरमा रेकर्ड भएको थियो ।
त्यसताका यो गीत निकै चर्चित थियो ।
चालिस वर्षपछि यो गीतलाई गायक फणीन्द्र सुवेदी र गायिका माण्डवी त्रिपाठीको स्वरमा पुनः रेकर्ड गरिएको छ ।
यस गीतका संकलक श्री दिपक विश्वकर्मा र श्रीमति मिला सुवेदी हुनुहुन्छ ।
६० वर्षीय सुवेदी भोजपुरको दिङलामा जन्मेर राजधानीमा बसोबास गर्दै गीतसंगीतको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
उहाँले २०३४ सालमा रोइला गीत रेडियो नेपालमा रेकर्ड गराएपछि सुरु भएको गायन यात्रा बीचमा केही वर्षको लागि रोकिएकाे थियो ।
विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुमा काम गर्ने सिलसिलामा व्यस्तताका कारण उहाँले सांगीतिक यात्रालाई केही समय विश्राम दिनुपरेको थियो ।