अझै बाँचेको छ मेरो देश

अनलाइन दर्पण 2018-08-14
img

जन्माइदियौ वीर सहिद, तर आज मरेर गए
रोपेका थियौँ शान्तिका फूल तर आज झरेर गए ।
ती वीर आज मरेर के भयो ?
ती फूल आज झरेर के भयो ? 
मेरो देश त अझै बाँचेको छ ।

हार्दा खेरी सहिद हिजो त्यो हार आज सढेर गए 
रोक्दा रोक्दै अशान्तिको युद्ध खै आफ्से आफ बढेर गए ।
त्यो हार आज सढेर के भयो ?
त्यो युद्ध अझै बढेर के भयो ? 
मेरो देश त अझै बाँचेको छ ।

नसताऊ भन्दै थिए गौतम बुद्ध मान्दै मानेनन् झन सताएर गए ।
त्यहीँ घाउ हत्तेरिका फटाएर गए ,
अलिकति सताएर के भयो ? 
थारै घाउ फटाएर के भयो ?
मेरो देश त अझै बाँचेको छ ।

नेपाली हुनुमा गर्व लाग्छ भन्नेहरू सबै देश छाडेर गए,
देशलाई मुटुमा सजाउँछु भन्थे, आज चटक्कै मारेर    गए । 
सबैले देश छाडेर के भयो ?
सबैले माया मारेर के भयो ?
मेरो देश त अझै बाँचेको छ ।

स्वस्तिका थापा
कक्षा  ९,
सुप्रिम एकेडेमी

सम्बन्धित समाचार

Advertisement