'बेचिएका कुरा'

अनलाइन दर्पण 2018-08-22
img

'बेचिएका कुरा' 

त्रिभुवन अन्तराष्टिय विमानस्थलमा 
करोडौॅ 'राहदानी' हरु बेचिएका छन् 
राहदानी सँगै कयौको स्वदेशी खुसी 
र युवाहरुको जवानी बेचिएका छन्। 

परिवारलाइ सुखी बनाउने आश 
सुन्दर भविष्यको आश गर्दागर्दै 
आफ्नै सपनालाइ तिलाञ्जली दिएर 
देशले नै परदेशी बनाएका छोराछोरीहरुको
अमुल्य सपनाहरु बेचिएका छन् 
अनि रगत र पसिना सगै 
जिन्दगानी बेचिएका छन्। 

ति बुढा भएका बा को दश ठाउॅमा 
फाटेको कमिजलाइ 
नयाॅ कमिज ल्याइदिने आश 
ति बुढी भएकी आमाको अर्धनग्न 
पाउहरुमा भएका दुइ थरि चप्पललाइ 
नयाॅ बनाइदिने आश 
यस्तै यस्तै समस्याले पिल्सिएर 
खाडिको धुप र अलिकति सुप खाएर 
सङ्घर्ष गरिरहेका हातहरु बेचिएका छन् 

सगरमाथा जस्तै नझुक्ने शिर 
जिम्मेवारीत्वलाइ बहन गर्नुपर्ने पिरले गर्दा 
स्वदेशी माटो, स्वदेशी माया र हाम्रो सिङ्गो इतिहास बेचिएका छन् । 

नदि बेचिए, जमिन बेचिए ,जङ्गल बेचिए , 
पसिना बेचिए ,रगत बेचिए, सिङ्गो जीवन बेचिए, 
सपना बेचिए, सुन्दर भविष्यका महल बेचिए , 
सबथोक बेचिएका छन् मेरो मेरो देशमा। 

सिङ्गो राष्ट बेचिन लागेको छ देशमा 
देशका मेरुदण्डहरु बेचिइसकेका छन् 
तर यति आग्रह 
स्वाभिमानता र राष्ट्यिता नबेचियोस् 
अनि हाम्रा बनिसकेका नागरिकताहरु नबेचियोन् ।।।।।
-शिक्षिका आपगाॅइ

सम्बन्धित समाचार

Advertisement