काठमाडौं, असोज १६ । यसवर्षको मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कार आज वितरण भएको छ । ललितपुरको पाटननढोकास्थित रातो बंगला स्कुलमा विशेष कार्यक्रम गरी ऐना कथा संग्रहका लेखक रामलाल जोशीलाई मदन पुरस्कार र सर्जक लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कारबाट सम्मानित गरिएको हो ।
दुवै पुरस्कारको राशी दुई लाख रुपैयाँको रहेकोछ । मदन पुरस्कार वर्षभरि साहित्यिक बजारमा आएकामध्ये उत्कृष्ट पुस्तकलाई प्रदान गरिन्छ भने जगदम्बा श्री साहित्यिक योगदानका लागि सर्जकलाई प्रदान गरिन्छ । दुवै पुरस्कार नेपाली साहित्यका सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छन् ।