फोहोर सिंहदरबारमा छ बाग्मती सफा गर्दैछौ।
जन्मभुमीलाई बचाउन गोलि खाइ मर्दैछौ ।
भारतलाइ माफी मगाइ घुँडा टेकाउन सकेनौ
त्यसैले राष्ट्र कै ढुकुटी राहत स्वरुप भर्दैछौ।
दिल्लिकै इशारामा कुर्सीपनि छाडिदिन्छौ रे
अनि पो त दाजुभाइ नै आपसमा लड्दैछौ ।
नेपाली हुँ भनेर गर्भ गर्न छोड अब तिमिले
भन बरु कहिले देखि दिल्लितिर सर्दैछौ ?
लाखौंको ज्यान गयो कयौं बिचल्लीछन् यहाँ
कतिन्जेल् यीनै निर्दोष माथी बुर्की छर्दैछौ ?
- अम्बिका कार्की सर्लाही , हाल चितवन