पहिला मजा लिएर हेर्छन पछि छि छी गर्छनः सरस्वती लामा

अनलाइन दर्पण 2019-09-03
img

कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । “उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी हुन । सोलुखुम्बु जिल्लाकी सरस्वती लामा हट कलाकारको लिस्टमा पर्ने गर्छिन् ।

उनले गीत लेख्ने देखि लिएर सङ्गीत दिने, भिडियो निर्देशन तथा मोडलिङ पनि आफै गर्छिन् ।

उनले गाएका कतिपय गीत चर्चामा पनि रहेको छ । गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन समेत आफै गर्ने उनी गीत गाएर भन्दा पनि अङ्ग प्रदर्शनले चर्चामा आइरहेकी छन् । उनको सक्रियता गीतमा मात्र छैन मोडलिङमा पनि छ ।

तर, यता धेरै काम गर्दा पनि उनलाई चिन्नेहरु गायिका वा मोडल मात्र भन्दा पनि ‘भल्गर’ गायिका भन्छन् । एक युट्युब च्यानलसँगको कुराकानीमा उनले दर्शकले आफ्नो प्रस्तुतिले मनोरंजन लिन्छन् अनी छिछि भन्दै गाली गर्ने गरेको गुनासो गरेकी छिन्। ‘

धेरै मानिसहरु छन्, जो आउँछन्, सेल्फी खिच्छन् । प्रस्तुतीमा रमाउँछन् । तर पछि तिनैले ‘सरस्वती उच्छृङ्खल छे’ भन्छन् ‘, उनले भनेकी छिन्।

Related Post

Advertisement