रक्षा श्रेष्ठको भिर्ने झोलामा के छ ? भिडियो सहित

अनलाइन दर्पण 2019-10-22
img

काठमाडौं / अखेली दाजु भाइको उत्कृष्ट गीत भिर्नी झोला सार्वजनिक भएकाे छ । धौलागरिमा जन्मिएका लोकप्रिय सर्जक शिव अखेलि र कृष्ण अखेलिको संयुक्त प्रस्तुति नया गीत भिर्नि झोलामा  सार्वजनिक भएको छ ।

सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको सो गीतमा माया प्रेमलाई विषय बनाइएको छ । गीतलाई शिवले शव्द सिर्जना गरेका छन् भने कृष्णको लय सिर्जना रहेको छ ।

कृष्ण र सरस्वती लामिछानेको आवाज रहेको सो गीतको भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतमा सुनिल क्षेत्रीको निर्देश रहेको छ भने रक्षा श्रेष्ठ र सुनिल क्षेत्री साथै साथीहरुको अभिनय रहेको छ ।

गीतलाई तिर्सना म्युजिक ले बजार व्यवस्थापन गरेको छ । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको हुँदा श्रोता दर्शकले पनि पराउने हामी पनि आशावादी छौं ।

Related Post

Advertisement