मेरो देश

अनलाइन दर्पण 2020-09-06
img

  सुरेश प्रसाद निरौला


यो देशको जमिन आज खोसिदैछ 
अन्याय पूर्ण ढंगबाट देशको झन्डा पोलिदैछ I
किन हो कुन्नि एकले अर्कोलाई अपमानित गर्दै 
अनेक अपसब्दहरु सामाजिक संजालै भरि प्रयोग गरिदैछ II

जता हेरौ उतै चेलीहरुको अस्मिता लुटीएको छ 
जाति, भाषा, धर्म, संस्कृतिका नाममा जनताहरुको दिमाग भुटीएकोछ I
कोरोना, बाढी-पहिरो, अस्थिरता र अराजकता एकातिर छ, 
तर जताततै जनताहरु पनि स्याल हुंईयाको पछि पछि दौडिरहेको छ II

लाग्छ अब मलाई यो देशमा कुनै कानुननै छैन 
त्यसैले होला जसलाई जे लाग्छ सामाजिक संजालैभरि मनपरि भनिएको छ I
रास्ट्रपति देखि प्रधानमन्त्री हुदै कोहि कसैलाई छोडीएको छैन, 
म आफैलाई भने अलिक अप्ठ्यारो लाग्छ तर किन हो यो सरकारलाई भने कुनै चिजले छोएकै छैन II

 

यहाँ गणतन्त्र भनेको यस्तै हो भनि - गणतन्त्रकै उपहास गरिदै छ 
अहिले जसलाई जे भन्न, गर्न मनलाग्छ ति कार्य गर्न सबैलाई छूट छ I
गणतन्त्रमा अमर्यादित, अपमानित, अपसब्दहरु जे बोल्दा पनि भयो, 
यी सबै कार्य गर्नेहरुलाई सरकारबाटै लाइसेन्स प्राप्त छ II

को किन को संग डराउने - यो एउटा प्रस्न चिन्ह खडा भयको छ, 
जसले जहाँ जति ब्रम्हलुट गरे पनि हुन्छ, त्यो कार्य गर्न सबैलाई छूट छ I
सरकार बोल्दैन, अख्तियार देख्दैन, सतर्कता केन्द्र बहिरो छ I 
त्यसैले होला यो देशमा अन्याय, अत्याचार, भ्रस्टाचारले सिमा नाघिसकेको छ !

सम्बन्धित समाचार

Advertisement