ए मेरी हुनेवाली

अनलाइन दर्पण 2020-10-18
img

  उज्जल धमला (बिबस)

"म चाहान्छु तिमी र म बिचको दुरी घटोस् ,! कुरो चाँडै होस् ! तिम्रा घरका बाबा आमालाई, पनि छोरी बढेको छनक देऊ न । के गर्नु मेरो घरमा त बाबाले कुरा बुज्नु हुन्न,! आफै ल्या न त भन्ननुहुन्छ,! अनि कता/ कता बा सित सार्है रिस उठ्छ,! अनी के गरम् थात उनकै, जात उनकै,भात उनकै सायद त्यसैले पनी होला केही भन्न सक्दिँन,!

मानिसले दुनियाँ सताँउछ। मैले पनी फोन नउठाएर सताउँछु । फोन नउठाएको तिम्रो कल्पनामा सायद हराएर होला,! संगै पढ्नेहरुका त झनै छोराछोरी पनी भैसके, आत्मा साक्षी राखी भन्न नै चाहान्छु,! कि प्रेम भनेको स्पर्श मात्र होइन आत्मियता पनी हो। त्यही भएर नै मैले तिमिसंग प्रेम गरेँ,! आशा छ तिमिपनी घडीको सुईसंगै मेरो प्रतिक्षामा छौं, तिमीपनी मनको चाहिँ पक्की नै छौं,! प्रतिक्षाको फल पक्कै मिठा हुनेछ,।

धादिङको पशुपती हुँदै नुवाकोट को दुप्चेश्वर सम्म भाकल नै गरेँ,! तर तिमी अाजसम्म आईनौ,! गाँउको आलीदेखी शहरको नालीसम्म धादिङको श्री कृष्ण भिरदेखी पाल्पाको तानसेनसम्म सपनीको रातदेखी उच्च शिक्षाको साथसम्म धादिङको ज्यामरुङ देखी राजधानीको थानकोट सम्मं कहीँ कतै हाम्रो भेट भएको हुनसक्छ,!

तिमी जस्ती भएपनी मेरो रोजाईका अन्यं भन्दा त स्वर्गका हरेक सुख दिन नसकेतापनी अपुर्ब माया छ,! सुनै/ सुनले छाउन नसकेतापनी दोबाटो मा फुलैफुल बिच छाउन नसकेपनी काँडा बिझे निकाल्न सक्ने क्षमता चाँही छ,! सबै जनाले जिस्काँउछन् ,बुढा भईस् भन्छन्।

आमा बिरामी भएर राजधानी आएका छन्,! घरबाट बा ले बिबाह गरेन भनेर कराँउछन् ,त्यसैले सबैको ईख मार्ने गरी तिमी आउ तिमिलाई अचम्म लाग्ला,बिबसले यस्तो लेख्यो भनेर,यो त सब पल्लो घरको बिरे दाईले सिकायो, र अनी लेख्ने जमर्को मात्र गरेको,तिम्रै प्रतिक्षामा मेरा ती राजधानीका कोठा ब्यग्र छ,झनै व्यग्र त मेरो हातको अंगालो छ,। तिमी आएपछी सु:ख/ दु:ख बाड्नु पर्छ, आउ प्रियसी छिटो आउ,,!

Related Post

Advertisement