साहित्य सन्ध्या पुरस्कार श्यामललाई

अनलाइन दर्पण 2017-08-12
img

  www.onlinedarpan.com

काठमाडौँ । यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गरिने भएको छ । नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए । नगद रु दस हजार राशिको उक्त  पुरस्कार साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल रहेको छनोट समितिले सो पुरस्कारका लागि कवि श्यामलको नाम सिफारिस गरेको हो ।

विसं २०३९ मा स्थापित सो संस्थाले २०४२ देखि वार्षिक रुपमा पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी साहित्यकार नर्मदेश्वरी सत्याल र मदन सत्यालको नाममा स्थापित रु दस हजारको छात्रवृत्ति मनोहर मावि, काठमाडौँको कक्षा १२ मा अध्ययनरत सविता रानालाई प्रदान गरिने अध्यक्ष विनयले जानकारी दिए । ती पुरस्कार आउँदो भदौ ३ गते प्रदान गरिनेछ ।

सम्बन्धित समाचार

Advertisement