यी हुन् दशैंमा बज्ने उत्कृष्ट गीतहरू (भिडियाे सहित)

अनलाइन दर्पण 2017-09-24
img

हिन्दुहरूकाे महान पर्व दशैं र तिहार नजिकिदै गर्दा रेडियो तथा टिभीमा मंगलधुन बज्ने गर्दछ । त्यसैगरी दसैं र तिहार सम्बन्धि विभिन्न खालका गीतहरु हामीले कयौं वर्षदेखि सुन्दै आएका छाैं । दशैंमा बज्ने यस्ता गीतहरूले हाम्रो मौलिक रितिरिवाज र संस्कृति झल्काउने गर्दछन् ।

दशैं लाग्ने वित्तिकै बज्ने केही गीतहरू : 

१.  दशैं आयो….

बर्ष र दिनकाे रमाइलाे चाड गाउँघरमा अाइपुग्याे                                                                                                                                 नेपालिजनकाे महान पर्व अाँगनमा अाइपुग्याे ।  हाे... दशैं आयो… हाे... दशैं आयो….

नेपाली चलचित्र मुगलानमा रहेको  याे दशैं  आयो बाेलकाे गीत  दसैंमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताका युवाहरुमाझ  चर्चित याे गीतमा  युवापुस्ताहरु दसैंका कार्यक्रमहरुमा रमाईलो संग  नाचिरहेका हुन्छन् । दसैंका बारेमा लेखिएको यस सदाबहार गीतले जो कसैलाई पनि साच्चै घरको याद दिलाउँछ।  यस गीतमा परदेश गएको छोरा घर आएको र एउटी आमाले छोराको बाटो हेर्दै कहिले आउला भनेर औला गन्दै गरेकी एउटी बुढी आमाको वर्णन छ। त्यस्तै दसैंमा पिङ खेल्दै खुशी साटासाट गरि लिङ्गे पिङमा मच्चिदै निधारमा रातो टिका र कानमा पहेलो जमरा लगाएको कुरा यस गीतमा छ।  

पिँढीमा बसी औला भाँची, छोराको आउने दिन गन्दैथिन्, दसैंको दिन ति बुढी आमै, आइपुग्दा छोरा दंगैछिन्।

२.  नमुछे आमा दहीमा टीका….

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर

भारतीय सेनामा कार्यरत लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाई ताका सन् १९९९ मा लेखेकाे परदेशी छोराले घरमा रहेकी आफ्नी आमालाई दसैंमा जमरा नराख्न र दहीमा टीका नमुछ्न आग्रह गरेकाे एक दृष्टिविहीन गायक कृष्णभक्त राइले २०५७ सालमा विभिन्न बाजाहरु राखेर गाएकाे यो गीत जब रेडियोमा गुन्जिन थाल्छ, सायद कसैको आँखा ओभानो रहदैन होला ।  हरेक शब्द भित्र विरह कथा लुकेको हुन्छ, भनेझै दसैंको यो सदबहार गीत रचनाको पछाडि छुट्टै कथा छ।

नफाेरे प्रिया नारीका चुरा झर्याम्म पारेर, जाँदैन दु:ख अाँसुका धारा बरबरी झारेर

३. दशैं नै हो कि यो मेरो दशा…

दशैं नै हो कि यो मेरो दशा फर्की आएको
वर्षनै पिच्छे किन यो मेरो टाउको खाएको,,

विस २०५० ताका संवाद समेत हालेर याेगेश्वर आमात्यले गाएको यो गीत  दसैंको परिचय जस्तै बनेको छ ।  दशैंका समस्याका बारेमा बनाइएकाे गीतले  दशैं आफ्नो गच्छेअनुसार मनाउनुपर्छ। दशैंमा नयाँ लुगा चाहियो, घर सजावट गर्नैपर्‍यो, खसी र च्यांग्राको व्यवस्था गर्ने पर्‍यो ।  अनि टिका राखेर दान दक्षिणा पनि गर्नैपर्‍यो । आवश्यकता असिमित तर पैसा सीमित । बढ्दो महंगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । 

‘पैसा न सैसा टिकी ट्यास ट्यास!’   

  ४. फौजीको दशैं…

किन आउँछ किन दशैं तिहार किन बिदाबार                                                                                                                           फौजीलाई कुन  हाे दशैं कुन हाे चाड तिहार  । 

परदेशीएकाहरू समेत घर फर्किएर सबैले परिवारसँग दशैं मनाइरहँदा सेना प्रहरी भने घर जान पाउँदैनन्। दसैं जस्तो चार्डबार्डमा सबैलाई आफ्नै घर जान पाए हुन्थ्यो जस्तै लाग्छ । तर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन खटिए पनि मन हुन्छ गाउँघरमा।

सशस्त्र प्रहरीका इन्सपेक्टर दीपक कोइरालाले लेखेको यो गीतले यस्तै सुरक्षाकर्मीको कथा बोल्छ। यो गीत सशस्त्र प्रहरीको अडियो भिजुअल सेक्सनले निकालेको हो। गीत भन्छ- हामीलाई दशैं तिहार कहिल्यै आएन। सुरक्षा र सेवा नै हाम्रो कर्तव्य हो। परिवारले घर आउ भनेर पत्र पठाउने र लालाबाला बाटो हेर्ने भएपनि मन बुझाउन भन्नुपर्ने गीतका शब्द छन्। घर आउने झिनो आश राख्न अनुरोध गीतमा छ। 

 कर्तव्य नै हाम्रो दशैं कर्तव्य तिहार,  कर्तव्य नै हाम्रो दशैं कर्तव्य तिहार........

सम्बन्धित समाचार

Advertisement