दयाहाङकाे पारिश्रमिक चुलियो

अनलाइन दर्पण 2017-12-21
img

औसत १० लाख रूपियाँमा फिल्म खेल्ने गरेका दयाहाङ रार्इकाे पारिश्रमिक भैरे चलचित्र बाट एकाएक चुलिएकाे छ । फिल्मको कन्टेन्ट भन्दा कलाकारको पारिश्रमिकको बढी चर्चा हुने जमाना छ ।

भैरेमा लिएको पारिश्रमिकको विषयमा दयाहाङ मौन छन् । तर, निर्माण युनिटका एक सदस्यले दयाहाङकै माग अनुरुप १८ लाख दिइएको बताएका छन् । यही फिल्मको सुटिङका लागि उनी उपल्लो मुस्ताङ पुगेका छन् ।

अनमोल केसीलाई ५० लाख दिन निर्माता र वितरकबीच हानाथाप हुन थालेको छ । प्रदीप खड्काले लिलीबिलीबाट २२ लाख रूपियाँ पाए भने विपिन कार्कीले फनफनीबाट झन्डै १८ लाख ।

दयाहाङ पनि किन पछि पर्थे र ? एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहेका यी अभिनेताले भैरेबाट १८ लाख रूपियाँ लिएका छन् ।

पारिश्रमिक जस्तै भैरेले दयाहाङको साख पनि बढाउला नबढाऊला केहि दिन त कुर्नु पर्ने देखिन्छ । ग्लामर नेपाल

सम्बन्धित समाचार

Advertisement